×

NMB BANK
NIC ASIA

गृहमन्त्रीको गृहनगरमा कांग्रेस कार्यकर्ताले कुटे एमालेका कार्यकर्ता, २ जना घाइते

बैशाख २७, २०७९

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमामा कांग्रेस कार्यकर्ताहरूले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । 

Muktinath Bank

कांग्रेस कार्यकताको आक्रमणमा परेर तिलोत्तमा–१६ का सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन् । सन्जीव र सागर एमालेका कार्यकर्ता हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । रेग्मीको अवस्था भने सामान्य छ । घाइते भण्डारीको अहिले क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

सोमवार राति साढे ११ बजेतिर आएका स्थानीय सन्जीव भुसाल, प्रवीन खड्का, ईश्वर केसी, लक्ष्मण रानालगायतको समूहले उनीहरूमाथि आक्रमण गरेको एमालेका कार्यकर्ताहरूले बताएका छन् । 

Vianet communication

आक्रमण गर्ने भुसाल वडा नं. १६ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेका झविलाल भुसालका छोरा हुन् । 

एमाले तिलोत्तमा नगरपालिकाका निर्वाचन परिचालन कमिटी संयोजक वासुदेव घिमिरेले पराजयको डरले कांग्रेस कार्यकर्ता आक्रमणमा उत्रिन थालेको आरोप लगाए । 

इलाका प्रहरी कार्यालय, मंगलापुरले उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरीक्षक लक्ष्मण डाँगीले घटनाका विषयमा मंगलापुर प्रहरीमा उजुरी लिन नमिल्ने भएकाले उजुरीका लागि बुटवल जान आग्रह गरिएको बताए ।

उनले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको स्वीकार गर्दै यस विषयमा अनुसन्धानपछि मात्र विस्तृत थाहा हुने बताए । घटना रातिको भए पनि अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन ।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो । गृहमन्त्री अहिले गृहजिल्लामा नै छन् । 

तिलोत्तमामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट गृहमन्त्री खाणका भाइ रामकृष्ण खाण र एमालेको तर्फबाट मोहन चापागाईं नगर प्रमुखमा उम्मेदवार बनेका छन् ।

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले गृहमन्त्री खाणकै गृहनगरमा विपक्षी पार्टीका कार्यकर्तामाथि आक्रमण शुरू भएपछि शान्ति सुरक्षामै गम्भीर प्रश्न उब्जिएको बताए । उनले यस्ता घटना तत्काल रोक्न आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x