×

NMB BANK
NIC ASIA

मधेशीको किल्लामा चुनावी गोल गर्न मैदानमा उत्रिएका यी कान्छा उम्मेदवार

बैशाख २७, २०७९

NTC
Premier Steels

रूपन्देहीको कोटहीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट श्यामसुन्दर यादव उम्मेदवार छन् । उनी उमेरले २१ वर्षका भए ।

Muktinath Bank

चुनावी प्रतिस्पर्धामा ७० वर्षमाथिसम्मका उम्मेदवार समेत रहेका पालिकामा यादव सबैभन्दा कान्छा उम्मेदवारमा पर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको मधेश बाहुल दक्षिणी क्षेत्र कोटहीमाईमा पाका र पुराना पुस्तको भीडमा उनी कान्छा उम्मेदवार यादव सबै दलका लागि चुनौती बनेर उभिएका छन् । पालिकामा कुनै दलको पनि चुनावी तालमेल छैन, दलहरू छुट्टाछुट्टै रूपमा चुनावी मैदानमा होमिएका छन् । समाजमा देखिएको विकृति र भ्रष्ट आचरणलाई परिवर्तन गर्न आफू राजनीतिमा होमिएको उम्मेदवार यादवले बताए ।


Advertisment
Nabil box
Kumari

उनको आक्रामक चुनावी प्रचार शैली देखेर कोटहीमाई गाउँपालिकामा कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरू त्रसित छन् । यादवले केही समयअघिसम्म राजनीति गर्छु भन्ने सोच समेत बनाएका थिएनन् । 

Vianet communication

‘तराई मधेश केन्द्रित नेताहरूले जनतालाई प्रयोग गरेर नेताहरूले आफ्नो गोजी भरे,’ यादव भन्छन्, ‘विकासको प्रमुख आधार शिक्षा, स्वास्थ्य, यातायातमा तराई यति पछाडि छ कि प्रतिशतमा भन्नुपर्दा १ प्रतिशत पनि काम भएको छैन । यी कामको सुधार गर्न लागि राजनीतिमा आएँ ।’ चुनाव प्रचारप्रसारको अन्त्यतिर उनी घरदैलोमा व्यस्त छन् ।

‘समाजमा देखिएको विकृति र भ्रष्टाचारलाई युवाहरूले राजनीतिमा लागेर परिवर्तन गर्नुपर्छ भन्ने सोच आयो,’ यादव भन्छन्, ‘सबै दलका एजेण्डा र सिद्धान्त पढे पनि राम्रो चाहिँ एमालेको लाग्यो । एमालेको नीति, सिद्धान्त र विचारले मन छोयो । त्यसपछि एमाले पार्टी रोजेर राजनीतिमा होमिएँ । पार्टीले टिकट पनि दियो ।’ स्थानीय तहमा धेरै भ्रष्टाचार देखिएको उनले बताए ।

कोटहीमाई गाउँपालिमा २०७४ सालको निर्वाचनमा जसपाबाट अध्यक्षमा चन्द्रभुषण यादव र उपाध्यक्षमा मानमति बानिया विजयी भएका थिए । बानिया अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा लागेकी छन् ।

पालिकाका जनप्रतिनिधिले विगत ५ वर्षमा गरेको व्यवहारले पालिकावासी दिक्क भएकाले यसपटक युवा उम्मेदवारलाई पालिकावासीले रोज्ने उनको विश्वास छ । आइतवार एमाले अध्यक्ष केपी शर्मा ओली बुटवलमा चुनावी सभामा आउँदा सबै पालिकाका उम्मेदवारको परिचय कार्यक्रममा कान्छा उम्मेदवारका रूपमा यादव सबैको नजरमा परेका छन् । 

सबै दलका उम्मेदवार जस्तै उनी पनि मतदाताको घरघरमा पुगेर मत माग्ने अन्तिम दौडधुपमा व्यस्त छन् । ‘बुढापाकाले आफ्नो गोजी मात्र भरे, युवा आए गाउँको विकास हुन्छ भनेर घरदैलामा पुग्दा जनताले भनेका छन् । म जित्नेमा ढुक्क छु । समुदायका मतदाताले माया गर्नुभएको छ, मैले समाजमा गरेका काम देख्नुभएको छ,’ उनले भने ।

सुन्दर विगतमा कुनै पार्टीमा सक्रिय थिएनन्, परिवारका सबैको सहयोग पाएपछि आफू राजनीतिको मैदानमा आएको उनले बताए । ‘युवाले पढेर भ्रष्टाचार अन्त्य हुने होइन रहेछ, राजनीतिमै लाग्नुपर्ने रहेछ,’ उनले भने, ‘समाज बदल्ने सपना बोकेर राजनीतिमा होमिएको छु, हेरौं के हुन्छ ?’

गाउँमा निःशुल्क एम्बुलेन्स सेवा, किसानलाई निःशुल्क बिउबिजन र सामुदायिक विद्यालय सुधार्न अब्बल शिक्षक ल्याएर पठनपाठन सुधार गर्ने योजना उनले ल्याएका छन् । उनी पार्टीको गाउँ कमिटी सदस्य रहेका छन् ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले श्यामसुन्दरमा ठूलो राजनीतिक सम्भावना भएको युवा देखेकाले कलिलै उम्मेदवारमा उम्मेदवार बनाइएको बताए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेले माया साहनीलाई अगाडि सारेको छ । साहनी सबैको रोजाइकी नेत्री भएकाले कोटहीमाईमा जीत निकाल्ने दाबी गरे । अध्यक्ष केसीले एमालेले जिल्लाका १४ पालिका सहज रूपमा जित्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x