२७ जेठ २०८३, बुधबार

एक मत बन्दुकभन्दा पनि शक्तिशाली हुन्छ भन्दै रविन्द्र मिश्रले मागे ‘तराजु’मा भोट

बैशाख २७, २०७९
एक मत बन्दुकभन्दा पनि शक्तिशाली हुन्छ भन्दै रविन्द्र मिश्रले मागे ‘तराजु’मा भोट

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीलाई मत दिन मतदातालाई अपिल गरेका छन् ।

मंगलवार भिडियो सन्देश जारी गर्दै उनले पार्टीको चुनाव चिह्न ‘तराजु’मा भोट हाल्न मतदातालाई अपिल गरेका हुन् । 

‘मतदाताको एक मत संसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुन्छ, हामीले जितेको क्षेत्रमा हामी विज्ञहरूको टोली खटाएर ती क्षेत्रलाई देशको नमूना क्षेत्रको रुपमा विकास गर्न चाहन्छौँ, यो हाम्रो प्रतिबद्धता हो,’ उनले भने, ‘हामी पार्टी निर्माणको प्रसव पीडाबाट गुज्रिरहेका छौँ तर हामीले इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता गुमाएका छैनौँ ।’

salt training

कमेन्ट गर्नुहोस्