×

NMB BANK
NIC ASIA

पूजा र आकाशको ‘सम्झना बिर्सना’ रिलिज हुने मिति सर्‍यो, अब कहिले ?

बैशाख २८, २०७९

NTC
Premier Steels

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ । 

Muktinath Bank

आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको निर्देशक निमेष प्रधानले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार स्थानीय तह निर्वाचनको माहोललाई मध्येनजर गर्दै जेठ ६ मा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरिएको हो । 


Advertisment
Nabil box
Kumari

‘अहिले सबैतिर निर्वाचनको माहोल छ । यो माहोलमा हामीले चलचित्रको प्रमोशन गर्ने समय पाएनौं । हामीलाई पनि रिस्क देखियो’ निर्देशन प्रधानले लोकान्तरसँग भने, ‘सोही कारण चलचित्र जेठ ६ गतेबाट पोस्टपोन्ड गरेका छौं ।’ 

Vianet communication

आज (बुधबार) वितरकसँग छलफल रहेको बताउँदै भोलिसम्ममा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने उनले बताए । 

उनका अनुसार अब चलचित्र लगत्तै प्रदर्शनमा आउने सम्भावना भने एकदम कम छ । ‘अन्य चलचित्रहरूले प्रदर्शनका लागि डेट हालिसकेका छन् । उनीहरूसँग जुधाउन त मिलेन,’ प्रधानले भने, ‘कुनै पनि नेपाली चलचित्रलाई असर नहोस् भन्ने सोच हो । त्यसैले अब सोहीअनुसारको डेट मिलाउँदा केही महिना नै पछाडि धकेलिन्छ होला ।’

प्रेमकथामा निर्माण गरिएको चलचित्रको कथा निर्देशक प्रधान स्वयंमले लेखेका हुन् । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय छ ।

‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । 

भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा यो चलचित्रको छायांकन गरिएको हो । स्थानीय तह निर्वाचनका कारण आगामी शुक्रबार कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आउने छैनन् । अर्को शुक्रबार अर्थात जेठ ६ मा भने ‘सम्झना बिर्सना’ प्रदर्शनमा नआउने भएपनि अर्को चलचित्र ‘लाइफ इन एलए’ भने प्रदर्शन हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x