×

NMB BANK
NIC ASIA

प्रदेश १ मा २८ हजार प्रहरी परिचालन, ३२१ मतदानस्थल ‘अति संवेदनशील’

बैशाख २८, २०७९

NTC
Premier Steels

प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

Muktinath Bank

तराईका जिल्ला तथा सदरमुकाम आसपासका मतदान केन्द्रबाहेक सबै पालिकामा निर्वाचन सामग्री पुगिसकेको प्रमुख निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् । प्रदेश १ का १३७ वटै पालिकामा एकैसाथ चुनाव हुने प्रदेश निर्वाचन आयोगले जनाएको छ । ‘मतपत्र, स्वस्तिक छापलगायत सबै पुगिसकेको छ,’ अधिकारीले भने, ‘विना अवरोध काम भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ । 

Vianet communication

कतिपय अवस्थामा हेलिकप्टरबाट गस्ती गर्ने तयारी पनि नेपाली सेनाले गरेको छ । १९ हजार कर्मचारी मतदानस्थलमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेश १ मा ३२१ मतदानस्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरिएको छ । 

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राईले जानकारी दिए । उनका अनुसार  प्रदेशमा  ८४९ वटा संवेदनशील र ७०७ वटा सामान्य रहेको बताए । संवेदनशील रहेको मतदानस्थलमा सुरक्षाकर्मी बढी रहन्छ ।

स्थानीय तह निर्वाचनमा अतिसंवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । ३ प्रहरी ८ म्यादी मतदानस्थल भित्र रहन्छ । बाहिर ४५ जना सुरक्षा कर्मचारी परिचालन हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । प्रहरीसँग बाहिरी घेरामा नेपाली  सेना र सशस्त्र प्रहरी पनि रहनेछन् । हरेक मतदान स्थलमा १५ देखि २० मिनेटमा पुग्ने गरी स्टेनवाइ सुरक्षाकर्मी पनि रहने उनले बताए ।

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी राईले जानकारी दिए । सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।

यसबाहेक मोबाइल, प्रोटेल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्नेछ । मतगणनास्थल सुरक्षा र इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनको थ्रेट नभएको १ नंंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी अरूणकुमार जिसीले बताए । उनले मतदानस्थल र केन्द्रमा संगठित समूहको ‘थ्रेट’ नभएको बताए । 

प्रदेश १ का ४ वटा जिल्लाको सीमानाका पनि गएरातिदेखि बन्द गरीएको छ । इलामको पशुपति नगर, झापाको कारभिटा, भद्रपुर मोरङको जोगमनि, सुनसरीको भन्टावारि भारतसँग जोडिएका मुख्य नाका हुन् । यस्तै संखुवासभाको किमाथान्का नाका भने बन्द नै रहेको छ । 

सीमा बन्द भएको समयमा अतिआवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपालमा भने प्रवेश गर्न नपाउने प्रदेश १ का डीआईजीज जिसीले जानकारी दिए । 

मोरङमा ‘एकीकृत सुरक्षा योजना’

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘एकीकृत सुरक्षा योजना’ लागू गरिएको छ । मोरङ प्रशासनले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

यो योजना निर्वाचनअघि र निर्वाचनपछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनले निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएको समेत बताए । 

निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी परिचालन भएका छन् । 

प्रदेश १ मा १० हजार ५९१ प्रहरी र १७ हजार ४२८ म्यादी प्रहरी परिचालन गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । 

मोरङमा मात्र नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राष्ट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ ।

जिल्लामा ३०० मतदानस्थल तथा ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजनाअन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाइमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।

उनका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न नाकामा दिए पनि ३० गते नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारीसाधन आवतजावत गर्न निषेध गरिएको छ ।

मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कूल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन् । पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा एक हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको संख्या ३९ छन् । तर, उम्मेदवारी फिर्ता लगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता संख्या सात लाख १५ हजार २२३ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x