×

NMB BANK
NIC ASIA

हेटौंडा उपमहानगरको नेतृत्वको लागि ३ पक्षीय भिडन्त, आज रातिबाटै मतगणना शुरू हुने

बैशाख ३०, २०७९

NTC
Premier Steels

आज (शुक्रवार) भएको स्थानीय निर्वाचन अन्तर्गतको हेटौंडा उपमहानगरपालिकाको निर्वाचनको मतगणना शुरू आजै रातिबाट हुने भएको छ । 

Muktinath Bank

कुल १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेको उपमहानगरमा १९ वटा वडा रहेको छ । उपमहानगरको कुल मतदाता संख्याको अनुमानित ६५ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने ‘सबै वडाहरूबाट क्रमश मतपेटिका आउने क्रम जारी छ ।’


Advertisment
Nabil box
Kumari

सबै मतपेटिका आइसकेपछि मात्र मतदान भएको संख्या यकिन हुने बताए । त्यस्तै आजै राति करिब १०–११ बजेबाट हेटौंडा २ स्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा मतगणना शुरू गर्ने तयारी रहेको समेत उनले बताए ।

Vianet communication

बागमती प्रदेशको एक मात्र उपमहानगरको नेतृत्वको लागि मुख्यतया ३ पक्षीय भिडन्त रहेको छ । 

केन्द्रीय गठबन्धन दलका नेतृत्वको सहमति अनुसार गठबन्धन दलले उपमहानगरको नेतृत्वको लागि नेकपा (एकीकृत समाजवादी) तर्फबाट मेयरमा मिना लामा र कांग्रेसको तर्फबाट उपमेयरमा राजेश बानियाँ चुनावी मैदानमा रहेका छन् । 

यस्तै नेकपा एमालेको तर्फबाट मेयरमा पूर्व संविधान सभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले चुनावी मैदानमा रहेका छन् । त्यस्तै राप्रपाको पनि मेयरमा दिपकबहादुर सिंह र उपमेयरमा इन्दिरा डल्लाकोटी चुनावी मैदानमा रहेका छन् । 

विगतमा भएका निर्वाचनलाई फर्केर हेर्दा नेकपा एमालेले २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुई वटा निर्वाचन २०४९ र २०५४ सालमा विजयी भएको थियो ।

राज्य संघीयता आएसँगै २०७४ मा भएको पहिलो निर्वाचनमा पनि एमाले विजयी भएको थियो । 

गत स्थानीय निर्वाचनमा उपमहानगरको १९ वडाहरू मध्ये १२ वटा वडामा एमाले विजयी भएको थियो । 

नेपाली कांग्रेस ५ र  नेकपा माओवादी केन्द्र २ वटा वडामा विजयी भएको थियो । 

त्यसैले पनि नेकपा एमालेले आफनो विरासतलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा होमिएको थियो ।

उता सत्तारुढ गठबन्धन दल नेकपा एमालेको किल्लाको रुपमा रहेको उपमहानगरलाई भत्काउने रणनीतिका साथ अघि बढेको थियो । 

त्यस्तै यो पटक राप्रपाले पनि गठबन्धनमा भएको बेमेलको फाइदा उठाउने रणनीतिका साथ चुनावी मैदानमा होमिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x