×

NMB BANK
NIC ASIA

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजान अग्रणी भूमिका

बैशाख ३१, २०७९

NTC
Premier Steels

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

Muktinath Bank

२०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी  इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई वर्ष अघि संचालनमा आए संगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत  रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिट्यान्स पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।

Vianet communication

हाल, यस कम्पनीका मुलुकभर १८ हजार भन्दा धेरै संख्यामा एजेन्ट नेटवर्क रहेका छन् । इसेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सक्छन् । यति मात्र नभएर देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाख भन्दा धेरै एजेन्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन् । साथै, इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै आकर्षक क्यास व्याक अफरहरु सञ्चालन गर्दै आएको छ । 

दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “कार्य संचालनको २ वर्षमै इसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक वर्ग लगायत सम्पूर्ण शुभचिन्तक हरुलाई दिन चाहान्छु”। आफ्नो सेवा विस्तारका बारे कोइरालाले थप्नुभयो, “हामी आउँदा दिनहरुमा थप अन्तराष्ट्रिय साझेदारसँग समन्वय गर्दै थप नेपालीसम्म आफ्नो सेवा विस्तार गर्दै लैजानेछौँ र उनीहरुलाई रेमिट्यान्स कारोवारमा थप सुविधा पुर्याउने छौँ”।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x