×

NMB BANK
NIC ASIA

सुन्दरी प्रतियोगिता शोषण प्रकरण- गगन थापाको आग्रहपछि सरकारलाई सभामुखको रुलिङ

जेठ ६, २०७९

NTC
Premier Steels

सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् । 

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएपछि सापकोटाले रुलिङ गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा राख्नुभएको यौन हिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानविन गरी, सत्यतथ्य पहिचान गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु,’ सापकोटाले भने ।


Advertisment
Nabil box
Kumari

त्यसअघि कांग्रेस महामन्त्री थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । 

Vianet communication

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा महामन्त्री थापाले यत्रो विषय सार्वजनिक भइसकेको अवस्थामा अभियोग लागेको व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् । 

‘हिजो साँझ घर जाँदाखेरी श्रीमती र २ वटा साना साना छोरीहरू सामाजिक सञ्जालमा आएको भिडियो हेरिरेहका थिए, जसमा एकजना नौजवान युवतीले ८ वर्ष अगाडि आफूलाई बलात्कार गरेको घटना बताइरहेकी थिइन् । त्यो हेरिरहँदा उनीहरूको प्रतिक्रिया उनीहरूको अनुहारमा परिरहेको र मेरो छोरी डराएको सम्झन्छु,’ थापाले संसदमा भने, ‘सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, यत्रो विषय सार्वजनिक भएको अभियोग लागेकाले तत्कालै अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्न चाहन्छु । संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून, फाैजदारी संहिताको हदम्याद सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिनका लागि अनुरोध गर्दछु ।’ 

सुन्दरी प्रतियोगितामा सहभागी भएबापत आफूमाथि चरम शोषण भएको भन्दै एक युवतीले सामाजिक सञ्जाल मार्फत घटना बाहिर ल्याएकी थिइन् । बलात्कारसम्बन्धी मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न माग गर्दै बालुवाटारमा शुक्रवार स्वतःस्फूर्त प्रदर्शन भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x