असार १०, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरि...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत रहन अपिल गरेको छ।
विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन संघले अपिल सुझाव दिएको छ ।
विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिकालगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केसहरू भेटिएका छन् ।
पोर्चुगल, स्वीडेन, नेदरल्याण्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमितहरु भेटिएका छन् ।
डा सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए ।
ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट शुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिदै जान्छ । त्यसपछि रेसाहरु पानी भरिएको फोकामा परिणात हुन्छन् ।
मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७ – १४ दिन हुन्छ। मंकिपक्सको लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केसहरू हल्का र आत्मसीमित हुन्छन् ।
यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकाहरूलाई मंकिपक्सले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जसले मृत्यु समेत हुन सक्ने डा सापकोटाले जानकारी दिए ।
बिफरविरुद्धको खोप मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यद्यपि त्यस्ता खोपहरू आपूर्तिमा सीमित छन् र थोरै देशहरूमा मात्र उपलब्ध छन्।् अन्य भाइरल रोगहरूको लागि काम गर्ने एन्टिभाइरल औषधिहरूले पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ।
यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलो पटक देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये १ जनामा मृत्यु भएको देखाइएको छ। प्रारम्भिक खोजमा बाँदरबाट यो भाइरस भेटिएकाले यसको नाम मन्किपक्स राखिएको हो ।
'म विश्वभरका नेपालीहरूलाई विश्वसनीय जानकारी स्रोतहरूबाट यो रोगको बारेमा जानकारी र अपडेट रहन र मंकिपक्स पुष्टि भएको वा शंकास्पद मानिस वा जनावरको सम्पर्कमा नपर्न आग्रह गर्दछु,' डा सापकोटाले भने, मंकिपक्सबिरूद्ध उत्तम रणनीति भनेको कोरोना भाइरसको लागि जस्तै रोकथाम हो। तर जो कोहीलाई मंकिपक्स संक्रमण भएको आशंकामा भए वा माथिका भनिएको लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरि...
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै...
आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न...
बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरूमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि १५ शय्याको अस्पत...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...