×

NMB BANK
NIC ASIA

एसिया पसिफिक क्षेत्रको बदलिँदो भूराजनीति

प्रशान्त क्षेत्रका टापुको बदलिँदो भूराजनीति: अस्ट्रेलिया झस्किनेगरी किन सक्रिय हुँदैछ चीन ?

जेठ १६, २०७९

NTC
Photo : Leon Lord/ AFP
Premier Steels

चीनले प्रशान्त क्षेत्रका टापुराष्ट्रहरूसँगको आर्थिक तथा सुरक्षा सम्बन्ध बढाउनुलाई एसियामा आइरहेको भूराजनीतिक परिवर्तनको राम्रो उदाहरण मान्न सकिन्छ । 

Muktinath Bank

त्यही सम्बन्ध विस्तारका क्रममा चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले १० दिनमा आठवटा प्रशान्त टापुराष्ट्रहरूको भ्रमण गर्ने कार्यक्रम छ । सोलोमन आइल्यान्ड्स, किरिबाटी र सामोआको भ्रमण सकेर उनी अहिले फिजी पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार (३० मे) उनले फिजीको राजधानी सुभामा चीन–प्रशान्त टापुराष्ट्रका परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठकको सहआयोजन गरेका छन् । भोलिसम्म फिजीमा बसी उनी त्यसपछि भानुआटु, पापुआ न्यु गिनी, टोंगा र पूर्वी टिमोर जाने कार्यक्रम छ ।


Advertisment
Nabil box
Kumari

प्रशान्त टापुराष्ट्रहरूको भ्रमणको उद्देश्यबारे चर्चा गर्दै चीनले ती मुलुकहरूसँग चार प्रतिबद्धतालाई पालन गर्ने वाङले बताएका छन् । 

Vianet communication

पहिलो, एकअर्कालाई समान रूपमा व्यवहार गर्ने । ठूला वा साना सबै मुलुक बराबर रहेको चीनको मान्यता छ । प्रशान्त टापुराष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्ध विकसित गर्ने क्रममा चीनले साझा चासोको सम्बोधनका क्रममा न्याय गर्ने वाङको भनाइ छ । 

दोस्रो, चीन पारस्परिक सम्मानमा प्रतिबद्ध छ । प्रशान्त टापुराष्ट्रहरूको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतालाई चीनले सदैव सम्मान गरेको र उनीहरूको राष्ट्रिय अवस्था अनुकूल हुने गरी विकासको बाटो पहिल्याउन सहयोग गरेको वाङले बताए । ती मुलुकहरूको आन्तरिक मामिलामा चीनले कहिले पनि हस्तक्षेप नगरेको र भूराजनीतिक स्वार्थ साँध्न पनि नखोजेको उनको भनाइ छ । 

तेस्रो, सबैको जीत हुने गरी सहकार्य गर्ने । चीनले प्रशान्त टापुराष्ट्रहरूको विकासको सधैं पैरवी गर्ने वाङले बताए । उनीहरूको अर्थतन्त्र विकसित गर्न, जनताको जीवनस्तर सुधार्न, आत्मनिर्भर विकास क्षमता बढाउन र चिनियाँ विकासको प्रतिफल त्यस क्षेत्रका मानिससँग साझा गर्न चीनले चाहेको उनले बताए । 

चौथो, खुलापन र समावेशिताप्रतिको प्रतिबद्धता । प्रशान्त टापुराष्ट्रहरूलाई कठोर प्रतिस्पर्धा गर्ने थलो भन्दा पनि सहकार्यको मञ्च बनाउन चीनले चाहेको वाङको भनाइ छ । ती राष्ट्रले अन्य मुलुकहरूसँग राखेको सम्बन्धलाई चीनले सम्मान गर्ने तथा अन्य मुलुकसँगको त्रिपक्षीय सहकार्यलाई सधैं स्वागत गर्ने उनले बताए ।

पूर्वी टिमोरका राष्ट्रपति होसे रामोस होर्टाले मुखै फोरेर अस्ट्रेलियाको बेवास्ताका कारण आफूहरू चीनसँग नजिकिएको बताए ।  हुन पनि अस्ट्रेलियाले ती मुलुकहरूलाई समकक्षी नमानेर आफ्नो प्रभावक्षेत्रमा रहेको ब्याकयार्डका रूपमा व्यवहार गर्दै आएको छ । 

वाङले प्रशान्त टापुराष्ट्रहरूसँग चीनको बाक्लिँदो सम्बन्धका आधारका रूपमा यी प्रतिबद्धताहरू व्यक्त गरेको त्यहाँ आफ्नो प्रभाव बढाउनका लागि नै हो । त्यसै पनि ती मुलुकहरूसँग चीनको आर्थिक सम्बन्ध अन्य मुलुकहरूको भन्दा बढी नै छ । 

तर अहिले उसले सुरक्षा सम्झौतामा समेत जोड दिनुमा रणनीतिक सोच महत्त्वपूर्ण छ । चीनका राष्ट्रपति सी चिनपिङले गत अप्रिल महिनामा बोआओ फोरममा प्रस्ताव गरेको विश्वव्यापी सुरक्षा पहल (ग्लोबल सिक्योरिटी इनिसिएटिभ) पनि त्यही बृहत् रणनीतिक अभीष्टप्राप्तिका लागि ल्याइएको स्मरणीय छ ।

फिजीमा भइरहेको भर्चुअल सम्मेलनमा हस्ताक्षर गराइन खोजिएको सम्झौताको रणनीतिक चरित्र देखिन्छ । फ्रान्सेली समाचार संस्था एएफपीले उक्त गोप्य सम्झौताको मस्यौदा सार्वजनिक गरेको छ । त्यसमा उल्लेख भएअनुसार, चीनले प्रशान्त टापुराष्ट्रहरूको स्थानीय प्रहरीलाई तालिम दिने, साइबर सुरक्षामा सहभागी बन्ने, ती मुलुकहरूसँगको राजनीतिक सम्बन्ध विस्तार गर्ने, संवेदनशील जलक्षेत्रको नक्सांकन गर्ने तथा ती मुलुकहरूको स्थल र जलक्षेत्रमा रहेको प्राकृतिक स्रोतहरूमा बढी पहुँच पाउने प्रावधानहरू सम्झौतामा छन् । 

त्यस क्षेत्रका राष्ट्रहरूको स्रोतमा पहुँचको पारितोषिक स्वरूप चीनले उनीहरूलाई लाखौं डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउनेछ । तत्कालका लागि कोभिड राहतको नाममा सहायता रकम उपलब्ध हुनेछ । त्यस्तै चीन र प्रशान्त टापुराष्ट्रहरूबीच खुला व्यापार सम्झौताको प्रस्ताव पनि गरिएको छ । अनि चीनको ठूलो बजारमा ती मुलुकहरूलाई पहुँच दिने प्रस्ताव पनि छ । 

चीनको यस प्रस्तावलाई सबै प्रशान्त टापुराष्ट्रहरूले सोलोडोलो मान्ने सम्भावना देखिँदैन । फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाका राष्ट्रपति डेभिड पानुएलोले चिनियाँ सम्झौताका कारण क्षेत्रीय शान्ति, सुरक्षा तथा स्थिरतामा चिरा पर्ने प्रतिक्रिया दिएका छन् । 

तर उक्त क्षेत्रका कतिपय राष्ट्रहरूले चीनको क्षेत्रीय सम्झौताका केही प्रावधानलाई स्वीकार गरेर त्यसमा हस्ताक्षर गरिसकेका छन् । जस्तो, सामोआले चिनियाँ लगानीको प्रहरी तालिम केन्द्रमा राखिने ‘औंठाछाप विधिविज्ञान प्रयोगशाला’का विषयमा सम्झौता गरेको छ । 

त्यसअघि सोलोमन आइल्यान्ड्सले चीनसँग सुरक्षा सम्झौता गरिसकेको छ । त्यसले चिनियाँ सेना र प्रहरीलाई सोलोमन आइल्यान्ड्समा उल्लेख्य पहुँच दिनेछ । सम्झौता हुनुभन्दा धेरै अघिदेखि उक्त देश नजिकको जलक्षेत्रमा चिनियाँ जनमुक्ति सेनाको उपस्थिति बाक्लिएको छ । 

चीनले यसरी प्रशान्त टापुराष्ट्रहरूसँग सुरक्षा सम्झौता गर्दा त्यसबाट आफूहरूलाई जोखिम आइलागेको अनुभव उक्त क्षेत्रको ठूलो मुलुक अस्ट्रेलियाले गरेको छ । चीनले सोलोमन आइल्यान्ड्समा सैन्य अड्डा बनाउने र त्यहाँबाट अस्ट्रेलियालाई रणनीतिक जोखिम तुल्याउने आशंका क्यानबेराले गरेको छ । चीनले भने सोलोमन आइल्यान्ड्समा सैन्य अड्डा बनाउने कुनै लक्ष्य नरहेको बताएको छ ।

तर कतिपय विश्लेषकहरूले सोलोमन आइल्यान्ड्ससँगको सम्झौताबमोजिम चीनले आफ्ना जहाजहरूमा बन्दोबस्तीका सामान लाद्न वा विश्राम गर्नका लागि उक्त देशको भूमि प्रयोग गर्नु वस्तुगत रूपमा सैन्य अड्डा बनाएजस्तो हो भनिरहेका छन् । अमेरिकी जलसेनाले पनि कतिपय देशमा उपस्थिति जनाउँदा त्यहाँ आफ्नो सैन्य अड्डा नरहेको भन्ने गरेको उनीहरू स्मरण गराउँछन् । 

चीनले स्पष्ट घोषणा नगरेको भए पनि पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई विस्थापित गरी आफ्नो प्रभाव कायम गर्न चाहेको देखिन्छ । सोलोमन आइल्यान्ड्स लगायतका प्रशान्त टापुराष्ट्रहरूसँग चीनले सुरक्षा सम्झौता गर्नुका पछाडि दीर्घकालीन रणनीतिक सोच देखिन्छ । 

प्रथम टापु शृंखला भनिने जलक्षेत्रीय घेराबन्दीलाई तोड्नका लागि चीनले यो कदम चालेको हो । पंक्तिकारले यस विषयमा अघिल्लो लेखमा पनि चर्चा गरिसकेको छ ।

 


अझ चीनले प्रशान्त टापुराष्ट्रहरूसँगको क्षेत्रीय सम्झौता गर्न सफल भएमा अहिलेको भन्दा एक कदम अघि बढेर अस्ट्रेलिया र न्युजील्यान्डलाई घेराबन्दी गर्न सकिने गरी प्रथम टापुशृंखला बनाउन सफलता पाउनेछ । त्यसैले गर्दा अस्ट्रेलिया र न्युजील्यान्ड यसबाट बढी आत्तिएका हुन् ।

चीनले प्रशान्त क्षेत्रका मुलुकहरूलाई आर्थिक तथा सुरक्षा सम्झौताका साथ प्रभावित बनाई आफ्नो रणनीतिक स्वार्थ पूरा गर्नका लागि अमेरिका र अस्ट्रेलियाले त्यस क्षेत्रका मुलुकहरूप्रति लामो समयदेखि देखाएको उदासीनता पनि जिम्मेवार छ । पूर्वी टिमोरका राष्ट्रपति होसे रामोस होर्टाले मुखै फोरेर अस्ट्रेलियाको बेवास्ताका कारण आफूहरू चीनसँग नजिकिएको बताए । 

हुन पनि अस्ट्रेलियाले ती मुलुकहरूलाई समकक्षी नमानेर आफ्नो प्रभावक्षेत्रमा रहेको ब्याकयार्डका रूपमा व्यवहार गर्दै आएको छ । 

सोलोमन आइल्यान्ड्सको कुरा गर्दा जलवायु परिवर्तनका कारण सोलोमन आइल्यान्ड्सको अस्तित्व नै संकटमा परेको भनी चिन्ता व्यक्त गर्दै समाधानका लागि पहल गरिदिन भन्दा पनि अस्ट्रेलियाले बेवास्ता गरिरह्यो । 

बेलायतको उपनिवेश रहेको र अझै पनि बेलायतकी महारानीलाई राष्ट्रप्रमुख मान्ने अस्ट्रेलियाले उपनिवेशी सोच राख्दै सोलोमन आइल्यान्ड्सलाई आफ्नो सम्पत्ति जस्तो ठान्ने गरेको छ । उक्त राष्ट्रको हितको चिन्ता आफूले गर्ने अनि चीनले त्यहाँ आएर प्रभाव जमाउनु खतराको विषय भएको सोच अस्ट्रेलियाले राख्ने गरेको छ । सार्वभौम मुलुकलाई यसरी निम्छरो रूपमा हेर्ने अस्ट्रेलियाको विभेदकारी सोच नै उसको प्रभाव घट्नुको कारण हो । 

चीनले सुरक्षा सम्झौता गरेपछि गहिरो निद्राबाट उठेको अस्ट्रेलियाले सोलोमन आइल्यान्ड्स तथा अन्य प्रशान्त टापुराष्ट्रहरूसँग सम्बन्ध सुधारका लागि पहल गरिरहेको छ । अस्ट्रेलियाकी नवनियुक्त परराष्ट्रमन्त्री पेन्नी वोङले गत साता फिजी पुगेर चीनसँग सतर्क रहनका लागि अनुरोध गरिन् । तर यति ढिलो गरी भएको पहलले सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्न सकिन्न ।

माथि पनि उल्लेख गरिएअनुसार, चीनले प्रशान्त टापुराष्ट्रहरूको सार्वभौमसत्ता तथा आन्तरिक मामिलामा अहस्तक्षेपको नीति ल्याएर प्रभावित पारेको हो । त्यसमाथि विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग सुमधुर सम्बन्ध राख्न प्रशान्त टापुराष्ट्रहरू लालायित हुनु आश्चर्यको कुरा हैन । 

अझ, अमेरिका र अस्ट्रेलिया जस्ता मुलुक अनि विश्व बैंक र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय निकायले झैं चीनले आर्थिक सहायतामा शासन सुधारको शर्त तेर्स्याउने गरेको छैन । आर्थिक स्रोतको अभाव झेलिरहेका प्रशान्त टापुराष्ट्र जस्ता मुलुकका लागि यसरी चीन आकर्षक आर्थिक सहयोगी बनेको छ र सार्थक सुरक्षा सहयोग गर्न पनि चासो देखाइरहेको छ ।

द्विध्रुवीय विश्वका शक्तिशाली राष्ट्रहरूको प्रतिस्पर्धाबाट लाभ लिने रणनीति साना मुलुकहरूले बनाउन थालिसकेका छन् । प्रशान्त टापुराष्ट्रहरूले चीनसँग विभिन्न सम्झौता गरेर त्यही रणनीतिको कार्यान्वयन गरेका हुन् । 

विश्वको केन्द्र युरोप–अमेरिकाबाट क्रमशः सरेर एसिया–प्रशान्त क्षेत्रतर्फ केन्द्रित भइरहेको सन्दर्भमा अमेरिका र चीनले यस क्षेत्रमा प्रभाव बढाउनका लागि तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । शीतयुद्ध शुरू भइसकेको अवस्थामा अमेरिका र चीन दुई ध्रुवका प्रतिनिधि महाशक्तिका रूपमा विभाजित हुँदै गएको र त्यस द्ध्रिुवीयतातर्फको संक्रमणमा अहिले बहुध्रुवीयताको स्थिति रहेको छ । 

द्विध्रुवीय विश्वका शक्तिशाली राष्ट्रहरूको प्रतिस्पर्धाबाट लाभ लिने रणनीति साना मुलुकहरूले बनाउन थालिसकेका छन् । प्रशान्त टापुराष्ट्रहरूले चीनसँग विभिन्न सम्झौता गरेर त्यही रणनीतिको कार्यान्वयन गरेका हुन् । 

चीनलाई पनि यस सम्झौताबाट एसिया–प्रशान्त क्षेत्रमा प्रभुत्व कायम गर्न तथा अमेरिकाको घेराबन्दी तोड्न योगदान पुग्नेछ । त्यसैले चीनका परराष्ट्रमन्त्री वाङ यीले प्रशान्त टापुराष्ट्रहरूको तुफानी भ्रमण गरेका हुन् । 

तर जलवायु परिवर्तनका कारण प्रशान्त टापुराष्ट्रहरूको अस्तित्व नै संकटमा पर्न लागेकाले तिनको सहायताका लागि चीन र अमेरिकाको प्रतिस्पर्धा भन्दा पनि सहकार्य आवश्यक रहेको तथ्यलाई अंगीकार गर्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x