×

NMB BANK
NIC ASIA

युक्रेन युद्ध

युक्रेन युद्धको गम्भीर पाटो: उच्च प्रविधियुक्त रुसले किन जोगाउन सकेन ठूला सैन्य अधिकृत ?

जेठ २४, २०७९

NTC
Photo: AP
Premier Steels

आइतवार (मे ५मा) रुसी सेनाका मेजर जनरल रोमन कुतुजोभ युक्रेनविरुद्धको युद्धमोर्चामा मारिएका छन् । 

Muktinath Bank

कुतुजोभ डोनेत्स्क जनमिलिसियाको प्रथम आर्मी कोर्प्सका कमान्डर थिए । लुगान्स्क जनगणतन्त्रको निकोलाएभ्का बस्ती नजिक युद्धका दौरान उनको मृत्यु भएको हो । मृत्युको विस्तृत विवरण उपलब्ध गराइएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुतुजोभले सिरियाली भूमिमा गरिएका अनेकौं सैन्य कारवाहीमा सहभागिता जनाएका थिए । उत्कृष्ट सैन्य बहादुरी देखाएबापत कुतुजोभलाई विभिन्न सम्मान र विभूषणले सम्मानित गरिसकिएको छ । 


Advertisment
Nabil box
Kumari

पाँच दिनअघि (जुन २मा) रुसी वायुसेनाका सेवानिवृत्त मेजर जनरल कानामात बोताशेभ पनि लुगान्स्क जनगणतन्त्रको आकाशमा सैन्य कारवाहीको क्रममा मारिएको खबर आएको थियो । 

Vianet communication

रुसी सैन्य संवाददाताहरूका अनुसार, बोताशेभले युक्रेनमा लडिरहेका रुसी सैनिकहरूको एक आक्रमण टुकडीलाई उद्धार गर्दै थिए । उनले निकै तलबाट विमान उडाउँदै युक्रेनी सेनामाथि प्रहार गरेका थिए ।

युक्रेनी सेनाको घेराबन्दीमा परेका रुसी सैनिकहरूलाई घेराबाट भाग्न बोताशेभले सहायता गरेका थिए । आक्रमणका क्रममा उनको विमान एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र हानेर खसाइएको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बोताशेभलाई मरणोपरान्त ‘हिरो अफ रसिया’बाट विभूषित गरेका थिए । 

रुसलाई गुप्तचरी तथा गोप्य र उच्च प्रविधियुक्त सैन्य सञ्चारको अग्रणी मुलुक मानिन्छ तर युक्रेनमा उसको सञ्चार विफल भएर जनरलहरू धमाधम मारिँदा विश्वभरिको सैन्य समुदाय आश्चर्यमा परेको छ । रुसको सैन्य सूचना आदानप्रदान क्षमतामा गोप्यता नरहेको यसबाट स्पष्ट हुन्छ ।

युक्रेनविरुद्धको सैन्य कारवाहीमा क्रममा अहिलेसम्म पाँचजना रुसी जनरलहरू मारिएको पुष्टि भइसकेको छ । उता युक्रेनले चाहिँ रुसका २० भन्दा बढी जनरलहरू मारिएको दाबी गरेको छ । तर मरेका भनिएका कतिपय रुसी अधिकृतहरू पछि जिउँदै भेटिएर तस्वीर समेत सार्वजनिक भएकाले युक्रेनको दाबीलाई पूरै पत्याउन नसकिने स्थिति छ ।

समग्रतामा रुसका लगभग ४०० सैन्य अधिकृतले युक्रेनमा ज्यान गुमाइसकेको र तीमध्ये एकतिहाइ मेजर, लेफ्टिनेन्ट कर्नेल र कर्नेल भएको रुसी सञ्चारमाध्यम मिडियाजोनाले खबर दिएको छ ।

रुसले अहिलेसम्म लडेको कुनै एक युद्धमा यति धेरै उच्च दर्जाका सैन्य अधिकृतहरू शहीद भएका थिएनन् । कसरी यस्तो स्थिति आयो भनी सैन्य वृत्तमा विश्लेषण गर्न थालिएको छ । 

युद्धको अग्रपंक्तिमा रुसी जनरलहरू मारिनु भनेको उनीहरू तल्लो दर्जाका सैनिकहरूसँगै खटिएका छन् भन्ने अर्थ लाग्छ । अर्थात्, उनीहरू आफू चाहिँ सुरक्षित स्थानमा बसेर आदेश दिने अनि तल्लो दर्जाका सैनिकलाई बलिको बोको बनाउने गर्दैनन् । 

उता युद्धमा खटिएका युक्रेनी सेनाका जवानहरूले आफूलाई सैन्य कमान्डले छोडेर गएको भनी बिलौना गरेका बग्रेल्ती भिडियोहरू सार्वजनिक भएका छन् । 

रुसी कमान्डरहरू युक्रेन आक्रमणलाई गति दिनका लागि अग्रपंक्तिमा खटिएको पश्चिमी अधिकारीहरूको विश्वास छ भनी बीबसीका सुरक्षा संवाददाता गोर्डन कोरेरा लेख्छन् । उनका अनुसार, यी कमान्डरहरूले युद्धभूमिमा आफ्नो व्यक्तित्व लाद्न खोजेका छन् तर त्यसो गर्दा उनीहरू ठूलो जोखिममा परेका छन् ।

अन्य सैन्यविद्हरू पश्चिमी सेनाको तुलनामा रुसी सेनाका अधिकृतहरूलाई अग्रमोर्चामा बढी जान लगाइने गरेकाले उनीहरूको मृत्युसंख्या उच्च रहेको बताउँछन् । बेलायती थिंकट्यांक रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका सैन्य विश्लेषक साम क्य्रानी–इभान्सका अनुसार, जनरलहरू तल्लो अधिकृतबाट सूचना पाएनन् भने आफैं युद्धभूमिमा पुग्ने गर्छन् । 

त्यसो त उच्च दर्जाका सैनिकहरू ठूलो संख्यामा मारिनुमा रुसी सेनामा जनशक्तिको कमी रहेको संकेत पनि दिने सैन्य विश्लेषकहरू बताउँछन् । पर्याप्त सैनिक परिचालन नगरी उच्च दर्जाका सैनिकहरूलाई पनि लड्न पठाउँदा रुसले सैन्य कारवाहीका लागि ‘रिइन्फोर्समेन्ट’ गर्न नसकेको देखिन्छ ।

अनि युक्रेनी सेनालाई रुसीहरूका बारेमा अमेरिकाले उपलब्ध गराएको गोप्य सूचनाले पनि रुसी जनरलहरूको मृत्युमा योगदान गरेको देखिएको छ । द न्युयोर्क टाइम्समा जुलियन ई बार्न्स, हेलेन कूपर र एरिक स्मिटले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, बाइडन प्रशासनले युद्धभूमिको तात्तातो (रियलटाइम) सूचना युक्रेनी सेनालाई उपलब्ध गराउने गरेको छ । 

अमेरिकाले रुसी सेनाको चलायमान जंगी अड्डाको ठेगाना तथा अन्य जानकारी युक्रेनलाई उपलब्ध गराइरहेको छ । त्यसका आधारमा युक्रेनी सेनाले रुसका उच्च दर्जाका सैनिकहरूलाई तारो बनाइरहेको हो । 

अमेरिकी सूचनाका साथै युक्रेनीहरूको आफ्नै सूचनाले पनि रुसी जनरलहरूलाई निशाना बनाउन मद्दत गरिरहेको छ । उनीहरू रुसी सेनाका अधिकृतहरूको संवाद गोप्य रूपमा (इन्टरसेप्ट) सुनेर आर्टिलरी तथा अन्य माध्यमले आक्रमण गरी रुसी अधिकृतहरूलाई मारिरहेका छन् । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग निकट रहेका एक अधिकारीले द वाल स्ट्रीट जर्नललाई बताएअनुसार, रुसका सैन्य अधिकृतहरूलाई तारो बनाउनका लागि युक्रेनले गुप्तचर टोली खटाएको छ । ती गुप्तचरहरूको सूचनाका आधारमा सेनाले युद्धको अग्रमोर्चामा रहेका रुसका कमान्ड तथा नियन्त्रण इकाइहरूमाथि गोलीबारी गरिरहेका छन् । 

अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ ग्रेग मायरका अनुसार, रुसले अत्यन्तै सामान्य तथा इन्क्रिप्सन नगरिएको रेडियो कम्युनिकेसन गर्ने गरेकाले युक्रेनी तथा अन्य पक्षले रुसी सैनिकहरूको संवाद सुन्न सकेका हुन् । 

त्यससँगै रुसीहरूले युक्रेनमा आफ्नो मोबाइल फोन ल्याएको थाहा पाएपछि युक्रेनीहरूले रुसी नेटवर्क अवरुद्ध गरिदिए । अनि रुसी सैनिकहरूले युक्रेनी नागरिकको मोबाइल फोन खोसेर संवाद गर्न थाले । युक्रेनी मोबाइललाई इन्टरसेप्ट गर्न युक्रेनी सैनिकहरूलाई सजिलो भयो । 

युक्रेनी सञ्चार उपकरणहरूलाई क्षेप्यास्त्र प्रहार गरेर रुसले ध्वस्त पारेको भए यो समस्या आउने थिएन होला । तर रुसले युक्रेनी भूभाग ओगटेर बस्दा पछि सञ्चार उपकरणहरू उपयोगी हुनेछन् भनी तिनको विनाश नगरेको हुन सक्ने सैन्य विश्लेषकहरूको अनुमान छ ।

रुसलाई गुप्तचरी तथा गोप्य र उच्च प्रविधियुक्त सैन्य सञ्चारको अग्रणी मुलुक मानिन्छ तर युक्रेनमा उसको सञ्चार विफल भएर जनरलहरू धमाधम मारिँदा विश्वभरिको सैन्य समुदाय आश्चर्यमा परेको छ । रुसको सैन्य सूचना आदानप्रदान क्षमतामा गोप्यता नरहेको यसबाट स्पष्ट हुन्छ ।

युक्रेनविरुद्धको रुसी सैन्य कारवाही सुस्त हुनुमा जनरल तथा उच्च दर्जाका अन्य सैन्य अधिकृतको मृत्यु पनि महत्त्वपूर्ण कारण हुन सक्छ । सैन्य अधिकृतको मृत्यु भएपछि नयाँ कमान्ड स्ट्रक्चर बनाउन समय लागेकाले युद्धमा ढिलो प्रगति भएको विश्लेषकहरूको अभिमत छ ।

त्यसो त युक्रेनले पनि भारी संख्यामा शीर्ष सैन्य अधिकृत तथा जवानहरू गुमाइसकेको छ । तर उसले आफ्ना मारिएका सैनिकको संख्या निकै घटाएर प्रस्तुत गर्ने गरेको छ अनि उसको कुरा पश्चिमी सञ्चारमाध्यमहरूले जस्ताको त्यस्तै दोहोर्‍याउने गरेका छन् । 

त्यति हुँदाहुँदै पनि युक्रेनभन्दा कैयौं गुणा शक्तिशाली रुसले आफ्ना शीर्ष सैन्य अधिकृतहरूको ज्यान जोगाउनका लागि पर्याप्त प्रयास गर्न नसक्नु ठूलै कमजोरी हो । सेनाको जनरल नै मारिँदा युद्धको गति सुस्त बन्छ र सैन्य इकाइ हतोत्साहित समेत हुन्छ । 

अनि सामान्य सैनिकको मृत्यु जस्तो गरी कमान्डरको मृत्युको समाचार लुकाउन पनि गाह्रो हुन्छ । रुसी जनरलहरूको मृत्युको खबरले युक्रेनी प्रतिकारलाई थप गति दिइरहेको बताइन्छ ।

उच्च दर्जाका सैन्य अधिकृतहरूको मृत्युका विषयमा रुस दोधारमा परेको सैन्य विश्लेषकहरू बताउँछन् । रुसीहरू सेना तथा सर्वसाधारणको हौसला कायम राख्नका लागि मृत्युको दुःखद समाचार लुकाउन पनि चाहन्छन् तर सैन्य अधिकृतहरूले युद्धभूमिमा देखाएको बहादुरीको सार्वजनिक उत्सव पनि मनाउन खोज्छन् । यस दुविधाले रुसी सेनालाई तनाव दिइरहेको बताइन्छ । 

युक्रेनविरुद्धको रुसी सैन्य कारवाही सुस्त हुनुमा जनरल तथा उच्च दर्जाका अन्य सैन्य अधिकृतको मृत्यु पनि महत्त्वपूर्ण कारण हुन सक्छ । सैन्य अधिकृतको मृत्यु भएपछि नयाँ कमान्ड स्ट्रक्चर बनाउन समय लागेकाले युद्धमा ढिलो प्रगति भएको विश्लेषकहरूको अभिमत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x