×

NMB BANK
NIC ASIA

संसदमा प्रतिपक्षी दलको आवाज

चोलेन्द्र विरुद्धको महाअभियोग अगाडि बढाउन संसदमा एमालेको माग

जेठ २५, २०७९

NTC
फाइल फोटो
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउन माग गरेको छ ।

Muktinath Bank

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका सांसद खगराज अधिकारीले महाअभियोग प्रस्ताव अगाडि बढाउन माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महाअभियोगको प्रस्ताव असरल्ल पार्न ल्याएको हो कि फैसला गर्न ल्याएको हो ? त्यो तुरुन्त अगाडि बढाइयोस् । जोडदार माग गर्न चाहन्छु,’ अधिकारीले भने ।  


Advertisment
Nabil box
Kumari

नेकपा एमालेले मंगलवार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि महाअभियोग प्रस्ताव अगाडि बढाउन माग गरेको थियो । पदीय आचरण विपरीतको काम गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत प्रतिनिधि सभाका ९८ सांसदले फागुन १ गते चोलेन्द्रविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका थिए ।

Vianet communication

महाअभियोग प्रस्तावबारे छानबिन गर्न प्रतिनिधि सभाले ढिलो गरी फागुन २२ गते समिति बनाए पनि प्रस्ताव समितिमा गएको छैन । समितिमा एमालेका ४, कांग्रेस र माओवादीका २–२ तथा नेकपा एस, जसपा र लोसपाका १–१ सदस्य छन् ।

समिति गठन गरेको ३ महिनाभित्र महाअभियोगबारे सिफारिस गर्नुपर्ने प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको व्यवस्था छ । महाअभियोग दर्ता भएको आगामी सोमवार ३ महिना पुग्दैछ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत नहुँदा महाअभियोगको प्रस्ताव अगाडि बढ्न सकेको छैन । महाअभियोग पारित गर्न संसदमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x