×

NMB BANK
NIC ASIA

लोसपाको मत

उपेन्द्रजीको भरोसा छैन, पार्टी फुट्न लागेकाले एकताको कुरा गर्नुभएको होला– राजेन्द्र महतो [अन्तर्वार्ता]

जेठ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीमा आफू संकटमा परेकै कारण एकताको कुरा गरेको महतोको जिकिर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै, उनले सरकारमा सहभागिताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाबाट औपचारिक प्रस्ताव नै नआएको बताएका छन् ।


Advertisment
SBL

लोकान्तरसँगको कुराकानीमा उनले आगामी चुनावमा कांग्रेस नेतृत्वको गठबन्धन वा एमालेमध्ये कुनै एकसँग चुनावी तालमेल हुने पनि खुलाएका छन् । 

Vianet communication
Laxmi Bank

उपेन्द्र यादवको एकता प्रस्ताव, सरकारमा सहभागिताको चर्चा, आसन्न निर्वाचनमा तालमेलको सम्भावना लगायतका विषयमा वरिष्ठ नेता महतोसँग लोकान्तरका लागिअजय अनुरागी कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि निरन्तर आह्वान गरिरहनुभएको छ । यसमा तपाईंहरूको धारणा के हो ?

– उपेन्द्रजीसँग एकताको कुरा अहिलेसम्म हामीकहाँ आएकै छैन, न त पार्टीमा औपचारिक छलफल नै भएको छ । जब उपेन्द्रजी क्राइसिसमा फस्नुहुन्छ, जब उहाँको पार्टी संकटमा पर्छ, तब उहाँलाई पार्टी एकताको कुरा याद आउँछ । पार्टी एकता भइसकेपछि फेरि पार्टी विभाजन गरिदिने उहाँको पुरानै धन्दा हो। यसअघि अनि उहाँको पार्टी विभाजन हुन लागेको अवस्थामा रातारात उहाँकै प्रस्तावमा एकता गरेर संकट निवारण गरिदिएका थियौं।

त्यही रात पार्टी एकता नभएको भए उहाँको पार्टी विभाजन हुने निश्चित थियो। हामीले उहाँको पार्टी जोगाइदियौं। पार्टी एकता भएपछि पार्टीभित्र केही विवाद भयो। कांग्रेस र एमालेको विषयमा पार्टीभित्र सैद्धान्तिक मतभिन्नता, मतान्तर हुँदा पार्टीभित्र समाधान खोज्नुपर्नेमा उहाँले निर्वाचन आयोगमा आधिकारिक रूपमा मुद्दा दिएर पार्टी विभाजन गर्नुभयो। जसरी अंशवण्डाको लागि दाइभाइबीच अदालतमा मुद्दा दिइन्छ, त्यसरी नै उपेन्द्रजीले निर्वाचन आयोगमा मुद्दा दिएर पार्टी विभाजन गराउनुभयो। 

उहाँको पार्टीभित्र केही गडबडी भइरहेको छ । अहिले पनि पार्टी फुट्ने अवस्थामा आएको हो कि ! त्यसकारण उपेन्द्रजीले पार्टी एकताको कुरा गरिरहनुभएको हो कि ! आफ्नो पार्टीभित्रको विवादलाई म्यानेज गर्नकै लागि उहाँले एकताको कुरा गर्नुभएको हुनुपर्छ ।

आज फेरि उपेन्द्रजी पार्टी एकताको कुरा गरिरहनु भएको छ। एकता नै गर्नु थियो भने विभाजन किन गर्नुभयो? पार्टीभित्र विवाद भएपछि पार्टी नै विभाजन गरिदिने हो ? अहिले पनि उपेन्द्रजीको पार्टी विभाजन हुँदैछ भन्ने कुरा मिडियामा आइरहेको छ।

उहाँको पार्टीभित्र केही गडबडी भइरहेको छ । अहिले पनि पार्टी फुट्ने अवस्थामा आएको हो कि ! त्यसकारण उपेन्द्रजीले पार्टी एकताको कुरा गरिरहनुभएको हो कि ! आफ्नो पार्टीभित्रको विवादलाई म्यानेज गर्नकै लागि उहाँले एकताको कुरा गर्नुभएको हुनुपर्छ ।

विभाजनका कारण स्थानीय चुनावमा दुवै पार्टीलाई घाटा भयो । संघ र प्रदेशको चुनावअघि नै मिलौं भन्ने उहाँको प्रस्तावलाई स्वाभाविक नै मान्न सकिन्न र?

– पार्टी विभाजन गर्नुभन्दा पहिले पनि उहाँले यो कुरा सोच्नुपर्थ्यो। स्थानीय निर्वाचनमा यस्तो परिणाम आउनसक्छ भन्ने कुरा त उहाँले पहिले नै सोच्नुपर्थ्यो नि ! पार्टी विभाजन गर्न नमानेका, पार्टीमा फरक मत राख्ने नेताहरूलाई उहाँले कारवाही गर्नुभयो । मधेशका नेताहरूमाथि कारवाही गर्न सक्ने उपेन्द्र यादवको हैसियत नै छैन।

राजनीतिमा असम्भव त केही पनि छैन, तर उपेन्द्रजीको व्यवहार, सोच र चिन्तन अराजक छ । विश्वसनीय नै छैन । त्यसकारण एकता हुन सजिलो छैन । उहाँले विश्वास र भरोसा गुमाइसक्नुभएको हुनाले पनि पार्टी एकता निकै जटिल विषय बनेको छ ।

केही नेताहरूले उपेन्द्रविनाको जसपासँग एकता गर्न सकिन्छ भनिरहनुभएको छ । जसपा विभाजन होस् अनि हेरौंला भन्न खोज्नुभएको हो?

– अहिले जसपा विभाजित भएकै छैन, त्यसकारण त्यस विषयमा अहिले नै कुरा गर्नु उचित हुँदैन । अहिलेको मितिसम्म उपेन्द्रजीको नेतृत्वमा  एकीकृत पार्टी नै हो । तर उहाँको नेतृत्वको पार्टीसँग एकता अत्यन्त कठिन छ ।

उहाँको विगतको व्यवहारका कारण लोसपा पार्टीभित्र उहाँमाथि गम्भीर अविश्वास छ । जुन दिन उहाँको पार्टी विभाजन हुन्छ, त्यो दिन हामीले त्यस विषयमा टिप्पणी गर्ने हो । अहिले त्यो अवस्था आएकै छैन ।

अर्कातर्फ वर्तमान सरकारमा लोसपा पनि सहभागी हुने चर्चा छ नि!

– त्यस्तो कुनै प्रस्ताव सरकार पक्षबाट आएको छैन, मिडियामा त्यसै हल्ला भइरहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेदेखि नै हामी सरकारमा जान लागेको भनेर हल्ला भइरहेको छ।

पाँच पार्टीको सत्ता गठबन्धनलाई आफैं मन्त्रालय पुगेको छैन त्यस्तो अवस्थामा हामीलाई कहाँबाट मन्त्रालय दिने हो ? त्यसै त गठबन्धनमा मारपिट भइरहेको छ ।

भित्रै मारामार भइरहेको अवस्थामा अर्को पार्टीलाई सरकारमा लैजानका लागि सरकारसँग मन्त्रालय नै छैन ।

हामी सरकारमा जान लागेको कुरा बजार हल्ला मात्र हो । प्रधानमन्त्री देउवाले औपचारिक प्रस्ताव गर्नु भएकै छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि तपाईंहरूको भेटघाट चलिरहेको छ । अब कोसँग गठबन्धन गरेर जाने हो?

– सरकारमा सहभागिता एउटा कुरा हो, जसको आधिकारिक र औपचारिक प्रस्ताव सरकार पक्षबाट आएकै छैन।

अर्कातर्फ पार्टीको माग र मुद्दाको कुरा गर्नुपर्दा सरकारलाई हामीले समर्थन गर्दा नै प्रधानमन्त्रीज्यूले माग पूरा गर्ने वचन दिनुभएको थियो ।

यतिका दिन भइसक्दा पनि उहाँले हाम्रो माग सम्बोधन नगर्नुभएकाले हिजो  (मंगलवार) ११ बुँदे ध्यानाकर्षण पत्र दिएर स्मरण गराएका छौं। त्यो हाम्रो अधिकारकै कुरा हो। नागरिकता विधेयक, बन्दी रिहाइलगायतका मुद्दा सम्बोधन गर्ने कुरा उहाँले त्यतिबेलै सकारेकोले हामीले आफ्नो अधिकारअन्तर्गत नै स्मरण गराएका हौं।

पाँच पार्टीको सत्ता गठबन्धनलाई आफैं मन्त्रालय पुगेको छैन त्यस्तो अवस्थामा हामीलाई कहाँबाट मन्त्रालय दिने हो ? त्यसै त गठबन्धनमा मारपिट भइरहेको छ । भित्रै मारामार भइरहेको अवस्थामा अर्को पार्टीलाई सरकारमा लैजानका लागि सरकारसँग मन्त्रालय नै छैन ।

आगामी संसदीय चुनावमा लोसपाले कुनै न कुनै पक्षसँग गठबन्धन गर्ने नै हो। गठबन्धन गरेर नै हामी पनि चुनावमा जान्छौं। यस सन्दर्भमा गठबन्धन गर्न एमालेले पनि हामीलाई प्रस्ताव गरेको छ भने नेपाली कांग्रेसका सभापति देउवाले पनि प्रस्ताव गर्नुभएको छ। 

तर अहिलेसम्म प्रस्ताव गम्भीरतापूर्वक आएका छैनन् । त्यसको समय पनि आइसकेको छैन। समय आइसकेपछि त्यस विषयमा पार्टीले चुनावी तालमेल र सिटको एड्जस्टमेन्टबारे निर्णय गर्छ।

विगतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएजस्तै जसपासँग तालमेल गर्ने सम्भावना कति छ ?

– अहिले त सत्तापक्षीय पाँचदलीय गठबन्धन एउटा ध्रुव छ भने एमाले नेतृत्वको गठबन्धन अर्को ध्रुव छ । गठबन्धन भयो भने कि त देउवा नेतृत्वको गठबन्धनसँग हुन्छ, कि त ओली नेतृत्वको एमालेसँग हुन्छ ।

रह्यो जसपासँग मात्रै पनि तालमेलको कुरा त त्यसका लागि पहिले जसपा अहिलेको पाँचदलीय गठबन्धनबाट बाहिर आउनुपर्‍यो नि !

अहिले त जसपा आफैँ पाँचदलीय गठबन्धनमा आबद्ध छ । जसपासँग छुट्टै गठबन्धन हुने कुरै भएन। जसपा यदि उक्त गठबन्धनबाट बाहिरियो भने त्यसपछि त्यस विषयमा पार्टीले विचार गर्न सक्छ।

जसपा अहिले स्वतन्त्र नै छैन । उसले एक्लै अन्य कुनै पार्टीसँग गठबन्धन गर्न सक्दैन । जसपा त अहिले आफैं परतन्त्र छ ।

पहिले गठबन्धन छाडेर बाहिर आउनुपर्‍यो, त्यसपछि प्रस्ताव गर्नुपर्‍यो । अनि हाम्रो पार्टीले त्यस विषयमा निर्णय गर्न सक्छ। दुवै पार्टीको इच्छा भयो भने त्यसपछि चुनावी तालमेल हुन सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x