×

NMB BANK
NIC ASIA

घुमघाममा माननीय

सांसदको जम्बो टोली बेलायत भ्रमणमा, कसले बेहोर्‍यो खर्च ?

असार १०, २०७९

NTC
Premier Steels

गैर सरकारी संस्थाको प्रायोजनमा प्रतिनिधि सभाको अर्थ समितिका सदस्यहरू बेलायत भ्रमणमा गएका छन् ।

Muktinath Bank

संसद् सचिवालयले खर्च व्यहोर्न नसक्ने भनेपछि गैरसरकारी संस्थाको प्रायोजनमा उनीहरू बेलायत भ्रमणमा गएको स्रोतले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतको संसदीय ट्रेजरी कमिटीको अवलोकन गर्न भन्दै अर्थ समितिको जम्बो टोली बेलायत गएको हो ।


Advertisment
Nabil box
Kumari

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसहितको टोलीमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, कांग्रेस नेता एवं सांसद डा. मीनेन्द्र रिजाललगायत छन् । 

Vianet communication

अर्थ समितिका सदस्य एमाले सांसद पदम गिरी, नेपाली कांग्रेसकी प्रमिला राई र समिति सचिव सुरेन्द्र अर्याल पनि टोलीमा छन् । 

टोलीमा माओवादीका श्याम श्रेष्ठ, जसपाका रामबाबुकुमार यादवलगायत समेटिएका छन् ।

१० जना सांसद बेलायत भ्रमणमा जाने निर्णय भएकोमा नेकपा एसका मेटमणि चौधरी र निरादेवी जैरुले भ्रमण स्थगित गरेका थिए ।

असार ४ देखि १५ सम्म १२ दिनको कार्यक्रमका लागि उनीहरू बेलायत भ्रमणमा गएको सचिवालयका एक अधिकारीले बताए ।

समितिले बेलायत भ्रमणका लागि सचिवालयसँग प्रस्ताव गरेपनि राज्यकोषबाट जान सम्भव नभएपछि गैरसरकारी संस्थाको स्रोतबाट बेलायत भ्रमणमा गएको सचिवालयका एक अधिकारीले बताए । 

कोरोना संकट शुरू भएपछि सरकारले राज्यकोषबाट खर्च हुने वैदेशिक भ्रमण कटौती गरेको थियो ।

जनार्दन शर्मा अर्थमन्त्री बनेर आएपछि आर्थिक पारदर्शिताको नीतिअनुसार भ्रमण खर्च कटौती गर्ने नीति लिएका छन् ।

‘सांसदहरूको बेलायत भ्रमणका लागि सचिवालयले कुनै खर्च व्यहोरेको छैन, सचिवालयका तर्फबाट नभई गैरसरकारी संस्थाको व्यवस्थापनमा गएकाले भ्रमण भत्ता पनि दिने कुरा भएन,’ सचिवालयका एक अधिकारीले भने । 

गैरसरकारी संस्था एनडीआईको प्रायोजनमा गएको संसदीय टोलीलाई लण्डनस्थित बेलायती दूतावासले बिहीवार रात्रिभोजको आयोजना गरेको थियो ।

सभामुखको भ्रमणका लागि अर्थसँग बजेट माग

सचिवालयले सभामुख अग्नि सापकोटाको भ्रमणको लागि भने अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । 

अन्तरपार्लियामेन्ट्री युनियनको कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा जुलाई २३ देखि अजरबैजान जाने तयारीमा छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका एक–एक सांसद र एक कर्मचारीसहित ४ जनाका लागि खर्च माग गरिएको स्रोतले बतायो ।

उनीहरूका लागि हवाई टिकट, खाना र भ्रमण भत्ताको लागि बजेट माग गरिएको स्रोतले बतायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x