×

NIC ASIA

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

असार १०, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् । 

उनले  समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त सीपसहित, प्रविधिमैत्री, नैतिकवान जनशक्ति उत्पादन गर्ने जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।


Advertisment
Rupse Holidays
Nabil box

उनले  यसका निम्ति बौद्ध धर्म, संस्कृति, कला साहित्यलाई प्रवद्र्धन गर्दै पर्यटनमार्फत आर्थिक विकास गर्न आवश्यक छ भने। 

Vianet communication

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले आज लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ सभालाई सम्बोधन गर्दै इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययनको लागि अनुपम स्रोतको रूपमा रहेका छन्  भने। 

सांस्कृतिक पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिएर यसैलाई मनन गरी विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययन, अध्यापन, संरक्षण तथा सम्वद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

उनले  बुद्धभूमि र तपोभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र भएको र यसको प्रवद्र्धन गर्ने दायित्व हामीसँग नै रहेको छ भने। उनले  बौद्ध संस्कृति, कला तथा विहार, गुम्बालगायतका सम्पदा संसारकै लागि आकर्षणका विषयवस्तु रहेको भन्दै यिनलाई आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्दा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने सम्भावना प्रवल रहेको बताए । 

उनले  विश्वमा व्याप्त वैमनस्यता, विध्वंसात्मक हतियारको उत्पादन तथा युद्धको भयबाट मुक्त भई व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रियलगायत विश्वमै शान्ति र सद्भाव फैलाउने मार्ग पहिल्याउन सकिने बुद्धले प्रतिपादन गर्नुभएका आर्यअष्टाङ्गिक मार्ग सम्यक दृष्टि, वचन, कर्म, व्यायाम, आजीविका, स्मृति, ध्यान, समाधि आजको २१ औँ शताब्दीमा पनि सन्दर्भिक रहेको छ भने। 

आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम र बजेटमा छलफल गरी विश्वविद्यालयको विकास तथा सञ्चालनको लागि अगाडि बढ्ने योजनासहितको सो सभामा प्रधानमन्त्री देउवाले नेपाललगायत विश्वका बौद्ध समाजको आस्था तथा श्रद्धाको केन्द्र एवं नेपालको गौरवपूर्ण निधिको रूपमा रहेको लुम्बिनीमा स्थापित यस विशिष्टिकृत बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन र शिक्षामा आधारित भएर नेपालको मौलिकतालाई समेट्दै शान्ति, समृद्धि र सुखी जीवनयापनको लागि ठोस योगदान दिने शैक्षिक कार्यक्रम चलाइ नेपाललाई बुद्धको देशको रूपमा विश्वलाई चिनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

उनले  यसको लागि सर्वप्रथम लुम्बिनी बौद्ध विश्वविद्यालयले देशभरका सबै नागरिकलाई बौद्ध दर्शन र ज्ञानबारे जानकारी दिने, त्यसमा गहन अध्ययन गर्ने, त्यसअनुसार उच्च आदर्श, मूल्य र मान्यतासहित जीवनयापन गर्न अभिप्रेरित गर्नुपर्दछ र प्राज्ञिक वातावरण र व्यवस्थाको विकास गर्नुपर्छ भने।

साथै, विश्वविद्यालयले आवश्यक व्यवस्थापन, पाठ्यक्रमगत अध्ययन अध्यापन प्रक्रिया, भौतिक संरचना, समाज एवं सरोकारवालासँगको सम्बन्ध र सहकार्य विद्यार्थीको उचित सुपरिवेक्षण र सहयोगको व्यवस्था, स्रोत परिचालन आदिको लागि तथ्यमा आधारित भएर उपयुक्त योजनासहित अघि बढ्नु आवश्यक रहेको उनले  बताए  ।

विश्वविद्यालयले बौद्ध शिक्षाको माध्यमबाट सरकारले अङ्गिकार गरेका वातावरण तथा दिगो विकासको नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन अध्यापन तथा अनुसन्धानको माध्यमबाट वातावरणसम्बन्धी विश्व अभियानलाई मूर्तरूप दिन आवश्यक छ भने। 

प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा व्याप्त अनेकथरी समस्या, विकृति तनाव र द्वन्द्व निदानको एकमात्र अचुक उपाय बुद्ध शिक्षानै रहेको बताए । उनले  बुद्ध शिक्षा तथा दर्शनलाई मार्गदर्शक सिद्धान्तको रूपमा अनुशरण गरी आज विश्वमा दिगो शान्ति स्थापना गर्न सकिन्छ भन्नेमा सम्बद्ध पक्ष सहमत भएको धारणा व्यक्त गरे । यस विश्वविद्यालयले बौद्ध दर्शन, शिक्षा पद्धतिको अध्ययन तथा अनुसन्धान गरी आकर्षक शैक्षिक कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा विकास गर्न सक्नुपर्नेमा उनले  जोड दिए ।

उनले  विश्वकै लागि आदर्श तथा प्रेरणाको स्रोत शाक्यमुनि बुद्धद्वारा प्रतिपादित जीवन दर्शन, ज्ञान, शील, प्रज्ञा एवं पद्धतिबाट प्रकाशित तथा निर्देशित भई उपलब्ध साधन स्रोतको परिचालन गरी विश्वविद्यालयलाई उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आपसी समझदारी, सहयोग र सहकार्यलाई तीव्रताका साथ अभियानकै रूपमा अगाडि बढाउनु जरूरी रहेको पनि बताए ।

उनले  नेपाल बुद्धको जन्मभूमि भएको कारणले देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका नागरिकलाई बुद्धको आधारभूत शिक्षाको लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए 

प्रधानमन्त्री देउवाले देशको सर्वाङ्गिण विकासको लागि शिक्षाको महत्वलाई मध्यनजर गरी सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउँदै लगेको बताउँनुभयो । उनले  यस विश्वविद्यालयले विश्व समुदायलाई बौद्ध शिक्षा दर्शन, इतिहास, साहित्य अध्ययन अध्यापनमा आकर्षित गर्दै देशको उन्नतिका लागि परिचालन गर्ने र यसको माध्यमबाट नेपाललाई विश्वसम्म चिनाउने  प्रयास हुनुपर्नेमा जोड दिए ।

त्यस्तै विश्वविद्यालयले आगामी दिनमा अनुसन्धानलाई आधार बनाउँदै शैक्षिक गुणस्तरलाई अझ सुधारेर आर्थिक विकास र समाज रुपान्तरणका लागि उपयुक्त हुने खालका पाठ्यक्रमलाई समावेश गर्दै देश विकासका लागि बलियो कदम चाल्ने विश्वास व्यक्त गरे । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x