साउन २६, २०७९
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित नेपाली गजल , टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। परिषदद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार गजल प्रतियोगि...
हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्दै मृतकका आफन्तले प्रहरीलाई सम्मान गरेका हुन् ।
जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजी लक्ष्मी सापकोटाले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिन्।
नेपालमा घटेका कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाँडै अपराधी पक्राउ गरेर मृतकको आत्मालाई शान्ति हुने काम गरेकाले हौसलास्वरूप सम्मान गरिएको सापकोटाले बताइन् ।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातिले हजुरआमालाई साथमा लिएर सुनसरीबाट वैशाख २६ गते खोटाङतर्फ हिँडेका थिए । नातिसँगै हिँडेकी तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी नदीको बगरमा खाल्डोभित्र शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
घटनापश्चात् फरार रहेका नाति नीरकुमारलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका नीरकुमारलाई प्रहरीले यही असार ९ गते दिक्तेलस्थित कार्यालयमा ल्याएर सार्वजनिक गरेको थियो ।
हजुरआमाको हत्या गरेको भन्दै नीरकुमारविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो । पक्राउ परेका कारण नीरकुमारले हजुरआमाको हत्या पारिवारिक विवादका कारण गरेको बताएपछि उनलाई कानूनी कारवाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित नेपाली गजल , टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। परिषदद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार गजल प्रतियोगि...
रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८र०७९ को ...
बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसु...
भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वि...
गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला...
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन् । वन दिवस २०७९ का अवसरमा बुधवार वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...