×

NMB BANK
NIC ASIA

‘नमूना युवा संसद’मा सभामुख सापकोटा पनि सहभागी, निर्वाचन प्रणाली विकृत बनेको गुनासो

असार २५, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उक्त अभियान युवाहरूको नेतृत्वमा हुनुपर्ने उनको भनाइ छ । 

Muktinath Bank

राष्ट्रिय युवा परिषदले शनिवार आयोजना गरेको ‘संघीय नमूना युवा संसद अभ्यास’मा सहभागी भएका सभामुख सापकोटाले नेपालको निर्वाचन प्रणालीमा विभिन्न प्रकारका विकृति देखा परेको बताए । उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाइएको दाबी गर्दै त्यसको अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरूलाई अपिल गरे । आगामी निर्वाचनमा असल उम्मेदवारलाई जिताउन पैसाको चलखेलजस्तो विसंगतिको अन्त्य गर्नुपर्ने उनको जोड छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख सापकोटाले युवाहरूको अर्थपूर्ण सहभागिताले पैसा खर्च नगरी पनि चुनाव जितिन्छ भन्ने आत्मविश्वास बढ्ने बताए । काठमाडौं, धरान, नेपालगन्ज लगायतका स्थानको उदाहरण दिँदै उनले युवाहरूले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान सञ्चालन गर्ने हो ‘पैसा खर्च नगरी निर्वाचन जितिन्छ’ भन्ने प्रमाणित हुने बताए । 


Advertisment
Nabil box
Kumari

अहिले राजनीतिक दलहरूसँग जनता सन्तुष्ट नरहेको उनको दाबी छ । स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानको मतपरिणाम त्यही असन्तुष्टिको परिणाम भएको उनको भनाइ छ । उनले भने, ‘जनताले आफ्नो असन्तुष्टि भद्र र शालीन ढंगले चुनावको माध्यमबाट अभिव्यक्त गरेका छन् ।’ नेताहरू जनताको अभिमतलाई बुझेर अघि बढ्नु पर्ने उनको सुझाव छ । 

Vianet communication

युवा परिषदले संसदीय व्यवस्थाको बारेमा युवाहरूलाई जानकारी दिन नमूना युवा संसदको अभ्यास गराउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x