×

NMB BANK
NIC ASIA

सुकुमबासीको नाममा चलखेल

७० लाख प्रकरणले विवादका तानिए कानुनमन्त्री कार्की, मेयर–उपमेयरलाई अनुचित दवाव !

असार २५, २०७९

NTC
Premier Steels

विराटनगर महानगरपालिकाका मेयर र उपमेयरलाई अनुचित दवाव दिएको खुलासापछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादमा तानिएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधिन  ‘महानगर आवास परियोजना’ का लागि प्रदेश सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँ नौ दिनमा खर्च भएको कागज बनाउन मन्त्री कार्कीले दवाव दिएको खुलासापछि विवादमा तानिएका हुन् ।

Muktinath Bank

सुकुमबासीहरुका लागि वडा नम्बर १२ मा महानगर आवास परियोजनामार्फत घर निर्माण भइरहेको छ । असार १६ गते काम रोकिएको भन्दै आर्थिक मामिला मन्त्रालयले बजेट बिनियोजन गरेको थियो । तर, बजेट विनियोजन भएको नौ दिनमा काम नै नभइकन ७० लाख रुपैयाँ खर्च भएको कागज बनाउन विराटनगर महानगरपालिकालाई कार्कीले दवाव दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, मन्त्री कार्कीले दिएको दबाब मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अस्वीकार गरेका थिए । महानगर आवास परियोजनाका लागि प्रदेश सरकारले असार १६ गते महानगरपालिकालाई सशर्त अनुदान शीर्षकमा ७० लाख रुपैयाँ निकासा गरेको थियो । सो बजेट शुक्रबारसम्ममा खर्च गरिसक्नु पर्ने भएपनि अन्तिममा समयमा बजेट आएको भन्दै महानगरपालिकाले बजेट खर्च गर्न नसक्ने बताएको थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

यहीबीचमा काम सम्पन्न देखाउनका लागि असार २१ गते महानगरमा कार्कीले ताकेता गरेका थिए ।  तर, महानगरले खर्च गर्न नसक्ने बताएपछि बिहीबार निर्माणाधीन आवास क्षेत्रका स्थानीयले महानगरपालिका घेराउ समेत गरेका थिए ।  चालु आर्थिक वर्षमा सोही बस्ती निर्माण गर्नका लागि ४० लाख बिनियोजन भएको थियो । उक्त बजेटकै काम अझै सकिएको छैन । महानगरपालिकाका अनुसार पुरानै बजेटको १५ प्रतिशत काम हुन बाँकी रहेको छ ।

‘यसअघि विनियोजन भएको ४० लाख बजेटको काम अझै करिब १५ प्रतिशत हुन बाँकी रहेको छ,’ महानगरपालिकाका इन्जिनियर गोपाल पोखरेलले भने,‘ ढिलो गरी नयाँ बजेट आएका कारण खर्च गर्न सक्ने अवस्था सकिएन ।’मन्त्री कार्कीले पहिला महानगरका इन्जिनियरहरूलाई दबाब दिएका थिए । कर्मचारीले नमानेपछि मेयर कोइरालालाई उपमेयर कार्कीलाई दवाव दिएका थिए ।

यस विषयमा उपमेयर कार्कीले आफू अनुगमनमा जाँदा पुरानै काम नसकिएको पाइएकाले सोही अनुसार मेयरलाई जानकारी गराएको बताइन् । ‘मलाई मेयरसा’बले के भएको हो भनेर सोध्नु भएको थियो । मैले अनुगमन गरेर आउँछु भनेको थिएँ’, उनले भनिन्, ‘अनुगमन गर्न जाँदा अघिल्लो पटक विनियोजन भएको बजेटकै काम सकिएको रहेनछ । मैले मेयरसा’बलाई त्यही भनेँ । उहाँले पनि बदनाम हुने काम गर्नु हुँदैन भनेर भन्नुभयो ।’

स्वार्थ पूरा गर्न मन्त्री कार्कीले घरमै मान्छे पठाएर दवाव दिनदेखि सुकुमबासीबस्तीका केही मान्छेलाई उठाएर कार्यकक्षमै घेर्न समेत लगाएको उनले आरोप लगाइन् ।

यता मन्त्री कार्कीले भने यो आफूले कसैलाई दबाब नदिएको दाबी गरे । ‘मैले मेयरलाई सम्झौता गराइदिनु भनेको हुँ’, उनले भने, ‘मेयरले पनि हुन्छ भन्नुभयो तर सम्झौता गराउनु भएन । महानगरसँग बजेट छैन भनेकाले आफ्नो पहलमा प्रदेशबाट बजेट बिनियोजन गरेको उनले बताए । महानगरकै योजना महानगरकै असहयोग भएको समेत उनले गुनासो गरे ।

 वडा नम्बर १२ मा महानगरपालिका, ह्बीटाट फर ह्युमानिटी र प्रदेश सांसद कार्कीबीच ६ बिगाहा १६ कट्ठा जग्गामा १४५  घर  निर्माण गर्ने सम्झौता भएर काम भइरहेको छ ।

 बस्तीमा घर निर्माणका लागि प्रतिघर सात लाख २५ हजार लाग्ने अनुमान छ । जहाँ भूईँ ढलानसहित टिनको  छानो भएको एउटै डिजाइनका तीन कोठे घर निर्माण हुँदैछन् । महानगर आवास परियोजनाका फोकल पर्सन  पुनम दाहालका अनुसार प्रतिघर एक लाख ९५  हजार रुपैयाँ हेबीटाटले उपलब्ध गराएको छ भने बाँकी रकम महानगर र संसद कार्कीले व्यवस्थापन गर्ने सम्झौता थियो ।  दाहालका अनुसार बस्तीका बासिन्दा सबैलाई जीवन विकास  समाजको ऋण सहयोगमा जग्गा उपलब्ध गराइएको छ ।

बस्तीमा दुई करोेड ३० लाख खर्च भइसकेको छ । निर्माण सम्पन्न हुँदा १५ करोड खर्च हुने अनुमान रहेको उनले बताए ।  २०७८ जेठ १३ गते विनियोजन भएको एक करोड रूपैयाँबाट पहिलो चरणको काम भएको थियो ।  दोस्रो चरणमा ९० लाख र तेस्रो चरणमा ४० लाख रुपैयाँ विनियोजन भएको थियो । साइड इन्जिनियर पुष्पक प्रधानका अनुसार ९० लाख रुपैयाँको काम सम्पन्न भइसकेको छ । ४० लाख रुपैयाँको काम केही प्रतिशत बाँकी छ । उनका अनुसार ९० वटा घरको जग बसाइएको छ । ४७ वटा  घर निर्माणको अन्तिम चरणमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x