×

NMB BANK
NIC ASIA

आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन उद्योगमन्त्री बडूको आग्रह

असार २९, २०७९

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्त्वपूर्ण भएको बताएका छन् ।

Muktinath Bank

नेपाल निर्यात व्यवसायी महासंघले बुधवार आयोजना गरेको ‘निर्यात प्रवद्र्धनका लागि राजदूत एवम् व्यवसायी बीचको अन्तर्क्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्त्वपूर्ण भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरू लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सके मात्र नेपालको व्यापार घाटा कम हुने उनको भनाइ छ ।

Vianet communication

उद्योगमन्त्री बडूले निर्यात प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैं सकारात्मक रहेको उल्लेख गरे । राष्ट्रिय उत्पादन बढाएर निर्यात प्रवद्र्धनमा सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ । उनले निर्यात क्षेत्रलाई बढावा दिन सरकारले व्यवसायलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गरेको बताए ।

मन्त्री बडूले नेपालमा उत्पादित वस्तुलाई प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई विदेशमा सजिलै निर्यात गर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगको महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘निर्यात प्रवद्र्धनका लागि राजदूतसँगको अन्तर्क्रियाले सहयोग पुग्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ,’ उनले भने ।

उनले विदेशमा रहेका नेपालका ४० कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रालयले ६/६ महिनामा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

उनले नेपालको निर्यात प्रवद्र्धनका लागि अर्थ, परराष्ट्र, उद्योग, कृषि, वन मन्त्रालयका प्रतिनिधि र व्यवसायी सम्मिलित स्थायी संयन्त्र बनाउनुपर्ने, स्वदेशी कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने, निर्यात व्यवसाय सञ्चालनका लागि पूर्वाधारमा निःशुल्क वा ५० प्रतिशत लगानी गरी सरकारी तथा निजी साझेदारीमा निर्यात प्रवद्र्धनका लागि संयुक्त रणनीति बढाउन सरकारलाई आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x