२६ जेठ २०८३, मंगलबार

लेखा समितिका सभापतिले प्रतिवेदन पेश गर्ने क्रममा संसदमा एमालेको आपत्ति, सरकारको छाया देखिएको टिप्पणी

लेखा समितिका सभापतिले प्रतिवेदन पेश गर्ने क्रममा संसदमा एमालेको आपत्ति, सरकारको छाया देखिएको टिप्पणी
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापति कांग्रेसले नछाडेकोमा संसदमा आपत्ति जनाएको छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकका सभामुख अग्नि सापकोटाले समितिका सभापति भरत शाहलाई प्रतिवेदन पेश गर्न समय दिएलगत्तै एमालेले आपत्ति जनाएको थियो । 

सभामुखसँग समय लिएर एमालेका राजेन्द्र गौतमले सरकारमा गएको एक वर्षसम्म पनि लेखा समिति नछाडेकोमा आपत्ति जनाए । ‘हाम्रो अभ्यास परम्परा, मूल्य र मान्यताको हिसाबले लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले पाउनु पर्छ’ गौतमले भने, ‘समितिको सभापतिमा सरकारको छाया देखेका छौँ ।’

एमालेले लेखा समितिको नेतृत्व सम्बन्धमा प्रतिपक्षी दलले उठाएको विषयमा आफ्नो मेरो ध्यानाकर्षण भएको बताएका थिए । एमालेको विरोधका बावजुद सभापति शाहले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्