×

NMB BANK
NIC ASIA

एसपीपी पत्राचार विबाद

सरकारले लुकायो एसपीपीसम्बन्धी सूचना– पत्राचारको विवरण उपलब्ध गराउन अस्वीकार !

साउन ५, २०७९

NTC
Premier Steels

अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धमा भएका सम्झौता र पत्राचारको विवरण दिन सरकारले अस्वीकार गरेका छन् ।

Muktinath Bank

‘अर्को मुलुकको सहमति आवश्यक रहेको’ कारण देखाउँदै परराष्ट्रले सूचना दिन अस्वीकार गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न मितिमा नेपाल र अमेरिकाबीच भएका पत्राचारबारेको कागजात माग गर्दा परराष्ट्र र रक्षा मन्त्रालय दुवैले सूचना उपलब्ध गराउन अस्वीकार गरे ।


Advertisment
Nabil box
Kumari

२०७९ असार २७ गते परराष्ट्र मन्त्रलायले लोकान्तर प्रतिनिधिलाई दिएको लिखित जवाफमा कूटनीतिक पत्राचार सार्वजनिक गर्न अर्कोे मुलुकको सहमति आवश्यक रहेको हुनाले सूचना दिन नसकिने उल्लेख गरेको छ । 

Vianet communication

‘स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धी पत्राचारका सम्बन्धमा दुई मुलुकबीच आदान–प्रदान भएको कूटनीतिक पत्र सार्वजनिक गर्न अर्को मुलुकको सहमति आवश्यक हुने व्यहोरा जानकारी गराउँदछु,’ परराष्ट्र मन्त्रालयका सूचना अधिकारी रीता धितालले लोकान्तरलाई दिएको लिखित जवाफमा उल्लेख छ ।

लोकान्तरले रक्षा मन्त्रालयसँग पनि सोही व्यहोराको सूचना माग गरेको थियो । रक्षाले सूचना संकलन एवं ती सूचनाको आधिकारिकता लगायतको विषयमा अध्ययन र अनुसन्धान भइरहेको भन्दै सूचना दिन अस्वीकार गरेको छ । 

‘माग गरिएको सूचना संकलन एवं ती सूचनाको आधिकारिकता लगायतको विषयमा अध्ययन र अनुसन्धान भइरहेकाले हाललाई मागबमोजिम सूचना उपलब्ध गराउन सकिने अवस्था नरहेको व्यहोरा जानकारी गराइन्छ,’ रक्षा मन्त्रालयका सूचना अधिकारी फणिन्द्रप्रसाद पौडेलले दिएको जवाफमा उल्लेख छ ।

रक्षा मन्त्रालयको जवाफ

लोकान्तर डटकमको तर्फबाट सूचनाको हकसम्बन्धी ऐनको आधारमा २०७९ असार १६ गते परराष्ट्र र रक्षा मन्त्रालयसँग सूचना माग गरिएको थियो । 

अमेरिकी राज्य साझेदारी कार्यक्रम (स्टेट पार्टनरसीप प्रोग्राम)बारे अमेरिकासँग नेपालले गरेको शुरूदेखिको पत्राचारका सन्दर्भमा सूचना माग गरिएको हो ।

कुन–कुन मितिमा पत्र आदानप्रदान भएको हो त्यसको जानकारी र पठाइएका तथा प्राप्त भएका पत्रको प्रमाणित छायाँप्रति (प्रतिलिपि)  माग गरिएको थियो। 

त्यसैगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा प्रतिनिधि सभाबाट पारित व्याख्यात्मक घोषणाबारे अमेरिकासँग भएको पत्राचार र अमेरिकाबाट आएको जवाफको प्रमाणित प्रतिलिपि समेत लोकान्तरले परराष्ट्र मन्त्रालयसँग माग गरेको थियो ।

परराष्ट्र मन्त्रालयको जवाफ

एसपीपी कुन सरकारको पालमा भएको भन्दै राजनीतिक दलका नेताहरूबीच आरोपप्रत्यारोप चलिरहेको छ । 

केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेको २०७२ सालमा सेनाले एसपीपीमा सहभागिताका लागि अमेरिकालाई पत्राचार गरेको थियो । 

ओलीले भने आफू प्रधानमन्त्री हुनुभन्दा पहिले सुशील कोइराला सरकारको पालमा भएको निर्णयानुसार सेनाले पत्राचार गरेको बताउँदै आएका छन् । 

सरकारले एसपीपीमा सहभागी नहुने भनेर निर्णय गरेपनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको भन्दै संसद्मा दिनहुँ विरोध भइरहेको छ । हिजो मात्रै एमाले सांसद भीम रावलले रोस्ट्रम कब्जा गरेर विरोध गरेका थिए । 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x