कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भदौ २, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
००००
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठकले सिट बाँडफाँटको प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेको छ । बुधवारको बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटबारे अहिलेसम्मको प्रगति शीर्ष नेतालाई जानकारी गराउने सहमति भएको जानकारी दिए ।
बैठकमा सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव नआएपछि गठबन्धनले बनाएको कार्यदलको बुधवारको बैठक अनौपचारिक रूपमै सकिएको छ । कार्यदलका संयोजक तथा कांग्रेसका नेता कृष्ण सिटौलालाई सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो । उनलाई दिइएको २ दिनको समयमा सिटौलाले शीर्ष नेतालाई भेटेनन् । सोही कारण उनले प्रारम्भिक प्रस्ताव तयार गर्न सकेनन् ।
००००
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । पार्टी एकता संयोजन समितिमा एकीकृत समाजवादीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू रहनुपर्ने सुझाव पनि बैठकले दिएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
००००
नेकपा माओवादी केन्द्रले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय तहका समितिमा रहने नेताहरूको नाम टुंगो लगाएको छ ।
स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलका अनुसार अब माओवादी केन्द्रको स्थायी समिति ४३ जनाको हुनेछ । त्यसैगरी पोलिटब्युरोमा १२५ जना सदस्य रहनेछन् भने २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य रहने भएका छन् ।
माओवादी केन्द्रले ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको पोखरेलले बताए । केन्द्रीय कमिटीमा खाली रहेका ६ जनाको नाम पनि बुधवारको बैठकबाट टुंगो लागेको उनले बताए ।
००००
आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा सुमन सायमिले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी काठमाडौं महानगरपालिकाको उम्मेदवार रहेका थिए ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताएकी छन् । बुधबार नेपाल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री भुसालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
००००
सर्वोच्च अदालतले बुधबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको बुधबार बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो ।
००००
पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । मंगलबार उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । हिमानीमा घाँटीको समस्याका साथै ज्वरो रहेको बताइएको छ।
००००
सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार बुधवार १३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गरेका हुन् ।
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले संसदले एकपटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको गम्भीर महत्त्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
००००
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।
‘केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ’, लामिछानेले बुधबार भने, ‘निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ ।’ जनताको सुझावअनुसार आफूहरु अहिलेकै संरचनामा प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको लामिछानेको भनाइ छ।
००००
चुनाव घोषणा भइसकेपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदले नियमित काम गर्न नपाउने माग गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ता गर्नका लागि २०७९ साउन २९ गते निवेदन दिँदा कायममुकायम रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका थिए ।
दरपीठ आदेश बदर गरी पाउँ भन्दै उपाध्यायले उत्प्रेषण सहितको रिट दिएपछि साउन ३१ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले दरपीठ आदेश नमिलेको भन्दै रिट निवेदन दर्ता गर्न आदेश गरेको हो ।
००००
दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा बुधबार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतिक विष्टले जनाकारी दिए ।
००००
नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ३६ अंकले ओरालो लागेर २ हजार ४० दशमलव ७० अंकमा सीमित भएको छ ।
००००
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छलफलमा वित्तीय तथा बैंकिङ क्षेत्रको सुधारका विषयमा आवश्यक छलफलसमेत भएको शर्माले सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् ।
००००
महाअभियोग सिफारिस समितिको बुधवारको बैठकमा सांसदहरूले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् । सिंहदरबारमा बुधवार समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे समय छोटो भएको हुनाले जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।
००००
निर्वाचन आयोगले मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । जसअनुसार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सुरक्षा योजना बनाएर पेश निर्देशन दिएको हो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...