×

NMB BANK
NIC ASIA

प्युठानमा पुराना पार्टीका सेन्टर भत्किए, गठबन्धनले काम गर्दैनः सूर्य थापा

भदौ ८, २०७९

NTC
Premier Steels

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले आउँदो मंसिरको निर्वाचनमा प्युठानमा गठबन्धनले काम नगर्ने दाबी गरेका छन् । उनले गठबन्धन दलको सेन्टर भत्किएको भन्दै प्युठानको निर्वाचन एमालेले जित्ने दाबी गरेका छन् । 

Muktinath Bank

बुधवार बुटवलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले भने, ‘स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा गठबन्धन दलको मतभन्दा हामी ९ हजार मतले पछाडि हो । त्यसपछि ५ हजारभन्दा बढी जनमोर्चा, माओवादी र कांग्रेसका नेता/कार्यकता एमालेमा प्रवेश गरेका छन् । आउँदो निर्वाचनसम्म एमालेको मत गठबन्धन भन्दा बढी हुँदै निर्वाचन जित्नेछ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको मत परिणाम गठबन्धनको ४८ हजार १७१ र एमालेको ३९ हजार १२८ रहेको थापाले डाटासमेत प्रस्तुत गरे । ‘मोहनविक्रम सिंहको पुर्ख्यौली सेन्टर भत्किएको छ । सबैभन्दा बढी पार्टी छाडेर एमालेमा आउने क्रम राष्ट्रिय जनमोर्चाबाट छ । जनमोर्चाका नेता अर्जुन विक, मोहन रोका, माओवादीका हिमाल पौडेल, मोहनविक्रम सिंहकी बैनी अजिता सिंहसमेतका नेताहरु एमालेमा आइसकेका छन्’, उनले भने, ‘चुनाव एमालेले जित्छ ।’


Advertisment
Nabil box
Kumari

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले सर्वसम्मतिमै प्युठानमा एमालेले उम्मेदवार टुंगो लगाउने दाबी गरेका छन् । प्युठानमा निर्वाचनका लागि आफूले पाँच फन्को मारेको भन्दै पार्टीमा गुणात्मक सुधार आएको उनको भनाइ छ । 

Vianet communication

प्युठानबाट आउँदो निर्वाचनमा एमालेबाट सूर्य थापा, मणिचन्द्र थापा र हरि रिजाल प्रतिनिधिसभाका लागि आकांक्षी रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x