×

NMB BANK
NIC ASIA

अख्तियारको सक्रियता

पूर्वराजाका भान्जासहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा

भदौ ९, २०७९

NTC
Premier Steels

पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार खड्ग विक्रम शाह तथा भान्जा दिवश विक्रम शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Muktinath Bank

अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरी सार्वजनिक भोगचलन गरेको भन्दै अख्तियारले विशेष अदालतमा बिहीवार मुद्दा दर्ता गरेको हो । सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम, नाप नक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्ने मालपोत तथा नापी कार्यालयका तत्कालीन प्रमुखहरू सहित ३१ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।


Advertisment
Nabil box
Kumari

पूर्वराजाका भिनाजु कुमार खड्ग विक्रम शाहको नाममा ८ बिघा १० कठ्ठा १२ धुर सार्वजनिक जग्गा दर्ता गरिएको अनुसन्धानबाट खुलेको छ । उनले गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीसमेतलाई प्रभाव र प्रलोभनमा पारी आफ्नो नाममा गैरकानूनी रूपमा दर्ता गराएको अख्तियारको दाबी  छ । उनको मृत्यु भए पनि सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने भन्दै २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ निजको नाममा नै हाल रहेको सम्पत्तिबाट वा निजको नामबाट निजको हकवालाको नाममा सम्पत्ति गएको भए तिनीहरूबाट असुल उपर गर्न माग दाबी लिइएको छ ।​

Vianet communication

हाल ती जग्गामध्ये केही जग्गा उनका छोरा दिवशविक्रम शाहको नाममा कायम रहेको तथा उनले केही अन्य स्थानीयलाई बिक्री गरेको हुनाले ती सबैविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरिदिने गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, मालपोतका तत्कालीन खरिदार जगदेव कामतीसहित आफ्नो नाममा दर्ता गराउने ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x