×

NMB BANK
NIC ASIA

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोजपुर छाड्ने संकेत, उनको नाम सुनसरी १ बाट सिफारिस

भदौ ११, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

Muktinath Bank

उनको गृहजिल्ला भोजपुर हो । उनी यसअघि भोजपुरबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेका तर्फबाट प्रदेशसभामा निर्वाचित उनी पार्टी विभाजनपछि नेकपा एसतर्फ लागेका थिए । यसपटक उनले भोजपुर छाड्ने देखिएको छ । हाल कायम सत्तारुढ गठबन्धन कायम रहेको अवस्थामा भोजपुरबाट नेकपा माओवादी केन्द्रका सुदन किराती नै पुनः उम्मेदवार बन्ने संभावना रहेको बताइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, उनको नाम सिफारिस भएको क्षेत्रबाट गठबन्धनका तर्फबाट जनता समाजवादीका अशोक राईले दाबी गरिरहेका छन् । उनले सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने सार्वजनिक रुपमै बताइसकेका छन् । अशोक राईको दाबी रहेको अवस्थामा मुख्यमन्त्री राईले टिकट पाउने संभावना कमजोर बन्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ । 

Vianet communication

जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले बताए । 

यस्तै, दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन् । 

सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x