×

NMB BANK
NIC ASIA

फोहर व्यवस्थापनको उपाय खोज्दै बालेन शाहलगायतको टोली मध्यपुरथिमिमा

भदौ १५, २०७९

NTC
Premier Steels

फोहरमैला व्यवस्थापन गर्न काठमाडौँ उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा आज मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्गारिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरूले अवलोकन भ्रमण गरेका छन् ।

Muktinath Bank

उपत्यकाका फोहोरलाई व्यवस्थापन गर्न साझा अवधारणा बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वरका नगरप्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरूले फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरी जानकारी लिएको मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवलोकनपछि नगर प्रमुखहरूले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्नसक्ने गरी विकल्प खोजी गर्ने क्रममा मध्यपुर थिमि आएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

मध्यपुर थिमिमा चार वर्षअघि तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जापान भ्रमण गरी जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राविधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गरेका थिए। मध्यपुर थिमि वडा नं ४ र ५ बाट फोहोर सङ्कलन गरी मल बनाउँदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रविधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x