×

NMB BANK
NIC ASIA

धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर बाँडफाँट

भदौ १६, २०७९

NTC
Premier Steels

सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडकोे साधारण शेयरमा बाँडफाँट गरिएको छ । उक्त साधारण शेयरका लागि १८ लाख ६५ हजार ९२६ दरखास्त फारामबाट कुल २ अर्ब ४ करोड ७५ लाख ९८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । 

Muktinath Bank

प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३१ हजार कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई वितरणपश्चात बाँकी भएको ३ लाख ९ हजार २९५ कित्ता शेयर गत साउन २४ देखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा १८ लाख ६५ हजार ९२६ दरखास्त फारामबाट कुल २ अब ४ करोड ७५ लाख ९८० कित्ताको लागि आवेदन प्राप्त भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त निष्काशनमा आवेदन दिने १८ लाख ६५ हजार ९२६ जना आवेदकहरुमध्ये रित नपुगेका १ हजार २८६ जना आवेदकहरूलाई बाँडफाँटमा समावेश नगरी बाँकी १८ लाख ६४ हजार ६४० जना आवेदकहरुलाई एउटै समूहमा राखि ३० हजार ९२९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ९ हजार २९० कित्ता बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी रहेको ५ कित्ता शेयरको लागि बाँडफाँटमा परेका आवेदकहरूमध्येबाट थप ५ जना सफल आवेदक छनोट गरी प्रतिव्यक्ति १ कित्ताका दरले ५ कित्तासमेत गरी जम्मा ३ लाख ९ हजार २९५ कित्ता शेयर बाँडफाँट गरिएको छ । 


Advertisment
Nabil box
Kumari

नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा शेयर बाँडफाँट कार्य सम्पन्न गरिएको सनराइज क्यापिटलले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x