×

NMB BANK
NIC ASIA

पीडितको बयान : सन्दीपले २ वटा कोठा लिन मानेनन्, २ पटकसम्म बलात्कार गरे

भदौ २२, २०७९

NTC
Premier Steels

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ । 

Muktinath Bank

प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार, पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गरिसकिएको छ । 

Vianet communication

पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ ।

गौशाला प्रहरी स्रोतका अनुसार, काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेको ‘फ्यान’ थिइन् । 

सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको थियो । स्न्यापच्याटमार्फत नै  लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए । 

स्न्यापच्याट पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल हो । यसमा पठाएको सम्वाद हेर्ने बित्तिकै आफैं डिलिट हुने विकल्प हुन्छ ।

उनीहरूबीच पनि कुराकानीको माध्यम स्न्यापच्याट नै भएको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको गौशाला प्रहरी स्रोत बताउँछ । 

उनीहरूबीचको घटना लामिछाने केन्या जानु अघिल्लो दिनको रहेको बताइएको छ । 

सो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए ।

त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो ।

‘उताबाट फर्किएर आउँदा मध्यराति भइसकेको थियो,’ पीडितको भनाइ उदृत गर्दै गौशाला प्रहरीका एक अधिकृतले भने । 

त्यसपछि राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेको बताइएको छ ।

होस्टल पनि बन्द भइसकेपछि पीडित युवती उनीसँग होटलमा बस्न बाध्य भएको प्रहरी स्रोतले बताएको छ । 

त्यसपछि उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए । 

होटलमा २ वटा कोठा लिन पीडितले भनेपनि सन्दीपले नमानेको जाहेरीमा उल्लेख गरिएको छ । 

त्यसपछि राति लठ्याएर दुई पटकसम्म लामिछानेले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ । 

प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x