×

X
Nic Asia
Dabur
Khukuri

नाबालिग बलात्कारको आरोप

सन्दीप लामिछाने प्रकरण : गौशाला र नगरकोटको होटलबाट सीसीटीभी फूटेज संकलन गर्दै प्रहरी

काठमाडाैं | भदौ २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा प्रहरीले अनुसन्धान र प्रमाण संकलनको काम अगाडि बढाएको छ ।

LAxmi BAnk
nabil BANK inside

सन्दीपले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भनिएको होटलको सीसीटीभी फूटेज संकलन गर्न प्रहरी टोली खटिएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त गौशालाको टोली सीसीटीभी फूटेज संकलनका लागि खटिएको एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।

पीडितको बयानमा उल्लेख भएको गौशाला र नगरकोटका छुट्टाछुट्टै दुई होटलको सीसीटीभी फूटेज संकलन गर्ने प्रहरीको तयारी छ ।


Advertisment
Saurya island

प्रहरीका अनुसार पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर स्वस्थ्य परीक्षण गराइएको छ ।

जाहेरीमा १७ वर्षीया किशोरीलाई लामिछानेले २०७९ भदौ ६ गते राति गौशालास्थित होटलको कोठा नम्बर ३०५ मा लगी पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

Vianet communication
IME BANK INNEWS

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती करणी गरेको विवरण जाहेरीमा उल्लेख छ ।

लामिछाने क्यारेबीयन प्रिमियर लिग खेल्नका लागि अहिले वेस्टइन्डिजमा छन् । अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या पुगेका उनी त्यतैबाट वेस्टइन्डिज गएका हुन् ।

टीमका अन्य सदस्य भने आजै स्वदेश फर्किएका छन् ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज राति भएको प्रि(क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६(१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफ...

मंसिर २०, २०७९

  मोरक्को  विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा गोल ३–० गोल अन्तरले हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  म...

मंसिर २१, २०७९

आगामी महिना पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीसहरमा ३० औं त्रिवेणी कप खुल्ला फुटवल प्रतियोगिता गरिँदै छ । त्रिवेणी युवा क्लब बेंसीशहरले पत्रकार भेटघाट गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगि...

मंसिर २१, २०७९

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रक...

मंसिर १९, २०७९

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  ब्राजिलक...

मंसिर २१, २०७९

एशिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधवार आयोजित ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x