×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

एमाले-लोसपा चुनावी गठबन्धनको मौखिक सहमति, सीट बाँडफाँट गर्न कार्यदल बनाइने

भदौ २४, २०७९

NTC
Premier Steels

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धनको मौखिक सहमति भएको छ ।

Muktinath Bank

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमाले र लोसपाबीच गठबन्धन हुन लागेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै पार्टीका नेताहरूबीच पटक–पटक भएको भेटवार्ता तथा अनौपचारिक संवादमा गठबन्धन गर्ने सहमति भएको हो ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको भेटवार्तामा पनि त्यस विषयमा सहमति भएको छ ।

Vianet communication

नेपाली कांग्रेसले गठबन्धनका लागि लोसपालाई प्रस्ताव गरेपनि ठोस जवाफ नदिएपछि लोसपाले एमालेसँग गठबन्धन गर्न लागेको हो।

पछिल्लो २ महिनादेखि प्रधानमन्त्री देउवाले गठबन्धनमा आउनका लागि लोसपालाई बोलाएर पनि ठोस जवाफ नदिएपछि एमालेसँग गठबन्धन गर्न लागेको लोसपाका एक नेताले बताए।

ठाकुर-ओली भेट हुनुभन्दा अघि र पछि पनि एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता गोकुल बास्कोटा र लोसपा अध्यक्ष ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोबीच पटक–पटक भेटवार्ता भएको स्रोतको दाबी छ। 

‘हामीले कुराकानी गरेर अध्यक्ष कमरेड (केपी शर्मा ओली)सँग भेटघाटको समय मिलाइदिएका हौं,’ लोसपासँगको वार्तामा सहभागी एक नेताले शुक्रवार लोकान्तरसँग भने, ‘हिजो (बिहीवार)साँझ भेटवार्ता भएको हो । ठोस के कुरा भयो भन्नेमा म अपडेट छैन ।’

एमाले नेताहरूसँगको भेटमा लोसपाले नागरिकता विधेयक प्रमाणीकरणका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

दुई पार्टीका नेताबीच पटक–पटक भेटवार्ता भएर गठबन्धन गर्ने अनौपचारिक सहमति भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लोकान्तरसँग बताएका छन् ।

'दुई पार्टीका नेताहरूबीच पटक–पटक अनौपचारिक भेटवार्तापछि गठबन्धन गर्नका लागि औपचारिक कार्यदल नै गठन गर्ने कुरामा एक किसिमको समझदारी भएको हो,' महतोले लोकान्तरसँग भने।

मधेश प्रदेशका ३२ सीटमध्ये साविक राष्ट्रिय जनता पार्टी(राजपा ) नेपाल र साविक समाजवादी पार्टी (सपा)ले जितेका सीटमा लोसपाको दाबी छ ।

राजपाले जितेको १० सीट र सपाले जितेको ९ सीट गरी कुल १९ सीटमा लोसपाले दाबी गरेको छ। 'त्यो १९ सीटमध्ये लोसपाले जित्ने सीटमा लोसपाको स्वाभाविक दाबी हुन्छ,' महतोले थपे, '१९ वटै सीटमा लोसपाले जित्न सक्ने परिस्थिति नभए त्यसमध्ये  केही सीट छाड्न सकिन्छ ।'

अघिल्लोपटक वाम गठबन्धनले जितेका क्षेत्र भने एमालेले नै राख्ने छ ।

'मधेश प्रदेशबाहेक तराईका अन्य जिल्लामा पनि एमाले र लोसपाबीच गठबन्धन हुन्छ,' महतोले थपे, 'एकआपसमा तालमेल गरेर सीट बाँडफाँट हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x