×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

'हेभीवेट'का क्षेत्रमा अघि सरेका नयाँ अनुहार– देउवा, ओलीदेखि गगनसम्मलाई चुनौती

भदौ २४, २०७९

NTC
Premier Steels

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा चुनावमा उम्मेदवार बन्न चाहने नयाँ अनुहारहरू सार्वजनिक भइरहेका छन् ।

Muktinath Bank

मुख्यगरी स्थापित दलका शीर्ष नेतालाई विस्थापित गर्ने भन्दै कतिपयले उम्मेदवारी घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू स्वतन्त्र उम्मेदवारकारूपमा चुनावी मैदानमा होमिने तयारी गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार अभियानमा रहेका कतिपयले भने ‘पूर्व प्रधानमन्त्री हराऊ’ अभियान नै चलाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

मुख्य राजनीतिक दलका शीर्ष नेताहरूबाट देशले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले उनीहरूलाई आगामी चुनावमै राजनीतिबाट विस्थापित गर्नुपर्ने तर्क स्वतन्त्र युवा उम्मेदवारहरूले गरिरहेका छन् । 

Vianet communication

तिनै तर्क र उद्देश्यबाट प्रभावित भएर कतिपयले स्थापित मुख्य दलका शीर्ष नेताहरूकाविरूद्ध उम्मेदवारी दिने घोषणा गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी चुनावमा चुनौती दिने भनेर लेखक तथा विश्लेषक दीपक (युग) पाठकले उम्मेदवार घोषणा गरेका छन् ।

केपी ओलीले चुनाव जित्दै आएको झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने घोषणा पाठकले गरेका छन् ।

बाल्यकाल झापामा बिताएका पाठकले केही समय हेटौंडामा बिताए । पछिल्लो समय उनी काठमाडौंमा बस्दै आएका छन् । 

केपी ओली प्रधानमन्त्री रहँदा गरेको संसद् विघटनविरुद्ध पाठक बृहत् नागरिक आन्दोलनमा सहभागी भएका थिए । त्यसबाहेक उनी विभिन्न समयमा राजनीतिक अभियानहरूमा पनि सहभागी हुने गरेका छन् । 

केपी ओलीकै कारण अहिले राजनीति दक्षिणपन्थी धारमा पुगेको दाबी गर्ने पाठकले उनलाई चुनावबाट हराउन सके मात्रै ओलीले गरेका गलत कामको सजाय पाउने बताउने गरेका छन् ।

त्यसका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

२०७४ को चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा– ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गरेका थिए ।

एमाले र माओवादी केन्द्रको गठबन्धन बनेका बेला राप्रपाको समेत मत लिएर ओलीले चुनाव जितेका थिए । यसपटक पनि ओलीले राप्रपासँग चुनावी सहकार्यका लागि छलफल गरिरहेका छन् । 

ओलीलाई नै चुनौती दिन भन्दै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष एवं माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङ पनि अगाडि सरेका छन् । उनी सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने प्रयासमा छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्नका लागि डडेल्धुराबाट चुनाव लड्ने भनेर गुल्मीका युवा सागर ढकालले उम्मेदवार घोषणा गरेका छन् ।

आगामी चुनावपछि बन्ने सरकारमा ४० वर्षभन्दा कम उमेरको प्रधानमन्त्री देशले पाउने घोषणा गरेर ढकाल चुनाव प्रचारका लागि डडेल्धुरामा खटिइरहेका छन् । उनले राजनीतिबाट हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने अभियान समेत चलाइरहेका छन् ।

केही वर्षअघि बीबीसीको साझा सबाल कार्यक्रममा तत्कालीन प्रधानमन्त्री देउवालाई चिढ्याउने गरी प्रश्न सोधेपछि उनी चर्चामा आएका थिए ।

अक्सफोर्ड विश्वविद्यालयमा इन्जिनीयरिङ अध्ययन गरेका उनी प्रधानमन्त्री देउवालाई पराजित गरेर सक्रिय राजनीतिमा आउने भनेर चुनावी प्रचार गरिरहेका हुन् ।

अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालकाविरूद्ध अनुप बोहोराले उम्मेदवारी घोषणा गरेका छन् ।

माधव नेपालले काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको अवस्थामा उनीविरूद्ध चुनावी प्रतिस्पर्धा गर्ने घोषणा बोहोराले गरेका हुन् ।

तर, यसपटक माधव नेपाल रौतहट– १ बाट उम्मेदवार बन्ने एकीकृत समाजवादीभित्र चर्चा छ ।

बोहोराले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् । बिजनेस एडमिनिस्ट्रेशन अध्ययन गरेका बोहोरा व्यवसायी हुन् । 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनावी मैदानमा चुनौती दिने घोषणा गरेका छन् । पोखरेलले काठमाडौं– ५ बाट चुनाव जितेका थिए । यसपटक उनलाई चुनौती दिन करीब आधा दर्जन स्वतन्त्र उम्मेदवार तयार भएका छन् । 

पहिले विवेकशील र पछि विवेकशील साझा पार्टीमा आबद्ध भएर राजनीतिमा आएकी रञ्जु दर्शनाले काठमाडौं– ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । 

कलाकारिता पृष्ठभूमिबाट ख्याती कमाएका मधुसुधन पाठक ‘सीते बा’ पनि स्वतन्त्र अभियानमार्फत चुनावी मैदानमा होमिएका छन् ।

उनले काठमाडौंको क्षेत्र नम्बर ५ बाटै चुनाव जितेर सक्रिय राजनीतिमा आउने बताइसकेका छन् ।

त्यसैगरी युवा उद्यमी विजय कंडेलले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी विभिन्न सामाजिक गतिविधि र व्यापारमा संलग्न छन् । 

कंडेलले हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्मलगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यसअघि उनले काठमाडौंलाई धूलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियान चलाएका थिए ।

नेपाली कांग्रेसका महामन्त्री रहेका प्रभावशाली युवा नेता गगन थापाले चुनाव जित्दै आएको काठमाडौंको क्षेत्र नम्बर ४ मा इन्जिनीयर आकर्षण पोखरेलले थापालाई चुनौती दिने घोषणा गरेका छन् । 

गत असारको पहिलो साता कपनमा एक कार्यक्रम गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जीत देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने दाबी गरेका थिए ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले भनेका थिए, ‘मैले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु,’ उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईंहामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’

उक्त निर्वाचन क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक/ट्राफिक व्यवस्थापन, ढल तथा डुबान, पुल तथा खोला/खहरे व्यवस्थापन लगायतका समस्या समाधानको मार्गचित्र बनाएर समाधान खोज्ने बताएका छन् ।

२०७४ को चुनावमा काठमाडौं– ४ बाट थापाले एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरेका थिए । आगामी चुनावमा पनि एमालेले थापाका विरूद्ध भट्टराईलाई नै अघि सार्ने तयारी गरेको छ ।

सोही क्षेत्रमा 'शेयर सुन्दरी'को उपमा पाएकी राधा पोखरेल पनि उम्मेदवार बन्ने चर्चा छ ।

काठमाडौंको क्षेत्र नम्बर– १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएका छन् । 

२०७४ को चुनावमा सिंहले विवेकशील साझाका तत्कालीन संयोजक रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गरेका थिए । 

यसपटक भने सिंहलाई स्वतन्त्र उम्मेदवारहरूले पनि चुनौती दिने घोषणा गरेका छन् । रवीन्द्र मिश्र आफैं पनि फेरि काठमाडौं– १ बाटै चुनाव लड्ने तयारीमा छन् । 

त्यसबाहेक, सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर–१ बाट आगामी चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । सामाजिक, राजनीतिक अभियन्ता रहेका बम भूकम्प, कोरोना महामारी, संविधान र अकुपाई बालुवाटार जस्ता अभियानबाट चर्चित बनेका थिए । 

उनले भूकम्पका बेला राहत संकलन र वितरण गरेर चर्चा कमाएका थिए । कोरोना महामारीका बेला खाना खुवाउने, अक्सिजन जुटाउने, बिरामीको उद्धार गर्ने लगायतका कामले उनलाई चर्चित बनाएको थियो । उनले यही सामाजिक पूँजीलाई आधार बनाएर चुनाव लड्ने घोषणा गरेका छन् ।

राजनीतिमा हालिमुहाली गरिरहेका शीर्ष नेतृत्वलाई चुनौती चुनावी मैदानमा खडा हुनु ठूलो कुरा भएन । तर, जनमत आफ्नो पक्षमा पारेर राजनीतिका 'हेभीवेट'लाई पराजित गर्न सक्दा मात्रै उम्मेदवारीको सार्थकता रहन्छ ।

ठूला नेताहरूलाई चुनौती दिएर उम्मेदवार बनेका नयाँ अनुहारले 'हेभीवेट'लाई स्तब्ध बनाउन त्यति सजिलो भने देखिँदैन । 

पढ्नुहोस्, यो पनि :


hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x