×

NMB BANK
NIC ASIA

गठबन्धन कांग्रेसको रुचीको विषय होइनः पूर्णबहादुर खड्का

भदौ २४, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुंगो नलागेको बताएका छन् । भक्तपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मंसिर ४ को चुनावमा गठबन्धनसहित जाने भए पनि सिट बाँडफाँटको टुंगो भने अझै नलागेको बताए । 

Muktinath Bank

अहिलेको गठबन्धन कांग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उनले भने, ‘राजनीतिले यस्तो अवस्था सिर्जना गर्‍यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने कांग्रेस एक्लै चुनाव लड्ने अवस्था छैन, कांग्रेस एक्लै जान खोजे फेरि एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेसवादी दलको गठबन्धन हुने अवस्था देखियो, त्यसैले पनि कांग्रेसले गठबन्धन छाड्न सक्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेका दल गठबन्धन तालमेलको अवस्थामा पुगेको बताउँदै गठबन्धन कांग्रेसका लागि रुचि नभई बाध्यता भएको बताए । गठबन्धनमा सिट बाँडफाँट मिलाउँदा कांग्रेसले पाउने सिट संख्या घट्नसक्ने भन्दै उनले त्यस्तो अवस्थामा नेताले टिकट नपाउने अवस्थालाई बुझिदिन आग्रहसमेत गरे । 


Advertisment
Nabil box
Kumari

गठबन्धन गर्दा कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने र क्षति कम हुनेगरी नै गठबन्धनमा सिट बाँडफाँट बताउँदै उनले गठबन्धनका उम्मेदवार जो भए पनि जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

Vianet communication

मंसिर ४ गते पछाडि कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउँदै गठबन्धनसहित दुई तिहाई नजिकको सरकार बनाएर अगाडि बढ्ने उनको भनाइ थियो । आगामी निर्वाचनमा मतदाताको मन जित्नेगरी घरघरमा जान निर्देशन दिँदै उनले भने, ‘कांग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालीन भएर मतदाताको मन जित्ने गरी जाऔँ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज अम्बिका बस्नेतले संसद्को गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको नेपाली कांग्रेसलाई अबको निर्वाचनमा बढीभन्दा बढी कसरी जिताउने, संघमा १ सय ६५ र प्रदेशमा तीन सय ३० मै कांग्रेससहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिए । 

अहिले गठबन्धनमा सिट बाँडफाँटमा निकै कठिनाइ आइपरेको चर्चा गर्दै उनले टिकट पाउन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वभाविकै भएको बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x