×

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता

असोज ३, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । जसमा ३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । विसं २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

जिल्लामा चारवटा मतदानस्थल र चारवटा मतदान केन्द्र थपिएको छ । जिल्लाभर ८३ वटा मतदान स्थल र एक सय ६ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्ला प्रमुख शर्माले जानकारी दिनुभयो । जुम्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । यसअघि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ७९ वटा मतदान स्थल र एक सय दुई मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदाताको सङ्ख्या ६७ हजार सात सय ४४ रहेका थिए । 


Advertisment

निर्वाचन आयोगले प्रकाशित गरेको विवरणअनुसार कर्णाली प्रदेशभर १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र सङ्ख्या रहेको छ । जसमा प्रदेशको कूल जम्मा मतदाता सङ्ख्या १० लाख आठ हजार चार सय तीन रहेको छ  भने पुरुषको मतदाता सङ्ख्या पाँच लाख १० हजार चार सय २० र महिलाको मतदाता सङ्ख्या चार लाख ९७ हजार नौ सय ८० जना रहेको निर्वाचन आयोगले जनाएको छ । 


Advertisment

कर्णाली प्रदेशका १० वटा जिल्लामा १० हजार आठ सय ९१ मतदानस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र सङ्ख्या कायम गरिएको केन्द्रीय निर्वाचन कार्यालयले प्रकाशित गरिएको विवरणमा उल्लेख गरिएको छ ।

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x