×

NMB BANK
NIC ASIA

वर्षाले धानबालीमा क्षति पुगेका किसानले पाए क्षतिपूर्ति रकम

असोज ४, २०७९

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा गत वर्षको बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । नगरभित्रका २७० किसानले मंगलवार क्षतिपूर्ति रकम पाएका हुन् । राहत रकमस्वरूप पीडित किसानहरूलाई ८ लाख ९६ हजार  रुपैयाँ रकम वितरण गरिएको हो । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैयाँसम्म क्षतिपूर्ति रकम पाएका छन् ।

Muktinath Bank

भदौ १० गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सूचीकृत पीडित किसानहरूलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले किसानहरुका समस्यालाई हल समाधान गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरप्रमुख खाणले यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबाली सुकेर क्षति भएको भन्दै यस वर्ष पनि किसानलाई राहत वितरण गरिने जानकारी दिए । किसानहरूले लगाएको बाली पहेँलो हुने, कुहिनेलगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बाली शिविर गरिसकिएको र दशैंलगत्तै नगरभित्र के कति बालीमा क्षति भएको छ, सो–को विवरण संकलन गर्न लागि समिति गठन गर्ने तयारी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोको आधारमा राहत रकम वितरण गरिएको नगरपालिका कृषि अधिकृत डोमलाल भुसालले बताए । १० कठ्ठासम्म धानबाली भएका किसानलाई निम्न, ११ देखि ५० कठ्ठासम्म खेती गरेकालाई मध्य र सोभन्दा माथि धानबाली लगाएका किसानलाई उच्च वर्ग भनेर विभाजन गरेको थियो ।

Vianet communication

निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकमका लागि फर्म भरेको सबै किसानले रकम प्रदान गरिएको उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x