×

NMB BANK
NIC ASIA

‘प्रेम गीत ३’ हिन्दी भर्जन नेपालमा विदेशी फिल्मसरह, १५ प्रतिशत विकास कर तिर्नुपर्ने

असोज ५, २०७९

NTC
Premier Steels

अन्ततः चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्जन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ ।

Muktinath Bank

निर्माण पक्षले विदेशी फिल्मसरह रहने गरी प्रक्रियामा आएपछि चलचित्र विकास बोर्डले सेन्सरका लागि बुधवार सञ्चार मन्त्रालयमा सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विकास बोर्डले विदेशी फिल्मसरह सिफारिस गर्‍यो,’ वितरक मनोज राठीले लोकान्तरसँग भने, ‘अब फिल्म १५ प्रतिशत विकास शुल्क तिर्ने गरी प्रदर्शनमा आउँछ ।’ 


Advertisment
Nabil box
Kumari

निर्माण टीमले फिल्मको हिन्दी भर्जनले पनि नेपालीसरह सेवासुविधा पाउनुपर्ने माग गर्दै चलचित्र विकास बोर्डमा सेन्सर सिफारिसका लागि निवेदन दिएको थियो । आफूहरूले नेपाली फिल्म बनाएको र डब गर्दैमा विदेशी भन्न नमिल्ने निर्माण टीमको भनाई थियो ।

Vianet communication

विकास बोर्डले भने डब भर्जनलाई नेपाली फिल्म मान्न नसकिने र यदि हिन्दीमा रिलिज गर्ने हो भने विदेशी फिल्मसरह प्रक्रियामा आउन अनुरोध गरेको थियो । हिन्दी भाषामा स्वरांकन गर्दा लिनुपर्ने अनुमति पनि ‘प्रेम गीत ३’ले नलिएको विकास बोर्डको भनाई थियो ।

सरकारले विदेशी फिल्मलाई विकास शुल्कका रूपमा १५ प्रतिशत कर लिँदै आएको छ । यदि ‘प्रेमगीत ३’को हिन्दी भर्जन प्रदर्शनमा आउने हो भने विदेशी फिल्मसरह १५ प्रतिशत कर तिर्ने गरी आउनुपर्ने विकास बोर्डको जवाफ थियो तर निर्माण टीमले यो कुरामा आपत्ति जनाएको थियो । सोही कारण विवाद सिर्जना भएको थियो ।

फिल्मकर्मीहरू समेत तर्क–वितर्क गर्दै २ भागमा विभाजन भएका थिए । ‘प्रेम गीत ३’को नेपाली भर्जन सेन्सर भइसके पनि विवादका कारण हिन्दी भर्जन सेन्सर हुन सकेको थिएन । अन्ततः फिल्म विदेश फिल्मसरह प्रक्रियामा आएको हो ।

प्रक्रियामा आएसँगै विकास बोर्डले सेन्सरका लागि सञ्चार मन्त्रालय अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिलाई सिफारिस गरेको हो ।

चलचित्र विकास बोर्डले बुधवार सिफारिस गरेको हुनाले सम्भवत ‘प्रेम गीत ३’को हिन्दी संस्करण बिहीवार साँझसम्म सेन्सर हुने चलचित्र जाँच समितिका सदस्य सन्तोषकुमार थापाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x