×

NMB BANK
NIC ASIA

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

असोज ७, २०७९

NTC
सांकेतिक तस्वीर
Premier Steels

ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन–कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट कसरी अन्तरिक्षसम्म पुग्छ ? 

Muktinath Bank

अबको तीन वर्षपछि आफ्ना पुर्खाले विकास गरेका परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य–मुख्य नमूना कीर्तिपुरमा देख्न पाइने छ । त्यहाँस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान संग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार संग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत गरिँदैछ । अहिले संग्रहालयलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएका सबै क्षेत्र समेट्ने गरी कुल एक सय ५० रोपनी क्षेत्रफलमा ‘साइन्स सिटी’ बन्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार मनाइएको राष्ट्रिय विज्ञान दिवसका सन्दर्भमा कुरा गर्दै उनले यससम्बन्धी गुरुयोजना तयार पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइएकोसमेत जानकारी दिए । यस योजनाअनुसार काम शुरु भएपछि तीन वर्षभित्र भूमिगत कक्षहरूसहितको ठूलो क्षेत्रफलमा विज्ञानका उपलब्धिहरू राखिने छन् ।


Advertisment
Nabil box
Kumari

‘यही संग्रहालयमा ठूला–ठूला अक्वारियम, तारामण्डल र ग्रहहरू हेर्न सकिने अब्जरभेटरी, विश्वले विज्ञानमा गरिरहेका नयाँ–नयाँ उपलब्धिहरू तथा विज्ञानको इतिहाससमेत हेर्न पाइने छ’, शर्माले भने । यसबाहेक डाइनोसरको सम्पूर्ण विषयवस्तु थाहा दिने गरी एक डाइनोसर पार्क पनि बनाइने छ । अब्जरभेटरीबाट नेपालका आकाशमा उदाउने ग्रह र नक्षेत्रको अवस्थिति र गतिबारे प्रत्यक्ष ज्ञान हुनेछ । 
राष्ट्रियस्तरमा देशकै पहिलो र एक मात्र विज्ञान संग्रहालयका रूपमा रहेको यो विज्ञान संग्रहालयको उद्घाटन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल असोज १ गते गरेका थिए । संग्रहालयमा अहिले रोबोट, बिजुली र चुम्बकत्व, प्रकाश, दृष्टि र अप्टिकल भ्रम, ध्वनि र एप्लाइड मेकानिक्स, मानव विकास क्रम र शरीर विज्ञानका विभिन्न पक्षहरू राखिएका छन् । 

Vianet communication

यसबाहेक ग्रह नक्षत्र अध्ययनका लागि वेधशाला र विज्ञानका विभिन्न उपलब्धि समेटिएको सानो फिल्म हल पनि त्यहीँ छ । यो हलमा विज्ञानसम्बन्धी वृत्तचित्र र फिल्महरू प्रदर्शन गरिँदै आएको छ । यसबाट सर्वसाधारण र खासगरी विज्ञानका विद्यार्थीले लाभ लिइरहेका छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x