×

NMB BANK
NIC ASIA

इन्फोडेभलपर्सको क्लिक टू करिअर : आईटी उद्योगको काम सिकाइने

असोज १०, २०७९

NTC
Premier Steels

नेपालको प्रमुख आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरूका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको शुरुवात गरेको छ । यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरूलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्नेछ । 

Muktinath Bank

यस कार्यक्रमले आईटी उद्योग र एकेडेमियाबीचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ । कार्यक्रमलाई संस्थागत गर्न कार्यक्रमको आफ्नै वेबसाइट निर्माण गरिएको छ । जसमार्फत थप सूचना प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कार्यक्रमअन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँचभन्दा बढी कलेजहरूमा ‘क्लिक टू करिअर’  कार्यक्रम सञ्चालन गरिसकेको छ । कम्पनीले सञ्चालन गरेको परीक्षामार्फत करिब २०० विद्यार्थीहरूलाई सोमवारबाट विभिन्न विधामा प्रशिक्षण प्रदान गर्ने छ । सहभागीहरुलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टहरूमा संलग्न गराएर प्रशिक्षण दिइनेछ । इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ तथा मार्गदर्शन समेत गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

‘क्लिक टू करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सिओओ डा. राजीव सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिङ विधाहरूमा ६० घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरु संग काम गर्ने अनुभव प्रदान गर्नु हो । 

Vianet communication

यस कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ । यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई÷यूएक्स डिजाइन, ग्राफिक डिजाइन , बिजनेश एनालिस्ट र फ्ल्टर जस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासको लागि विद्यार्थीलाई सहयोग गर्दछ । 

यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमता अनुसार सहभागीहरुले रोजगारको अवसर पनि प्राप्त गर्नेछन् ।  कम्पनीले गत वर्ष विन्टर कोड क्याम्प पनि आयोजना गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x