×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचन

नेता व्यवस्थापनको थलो प्रदेशसभा: संघमा टिकट पाउन मुस्किल परेपछि मुख्यमन्त्री बार्गेनिङ

असोज १०, २०७९

NTC
Premier Steels

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ ।

Muktinath Bank

प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्त्री भइसकेका छन् । मन्त्री तथा मुख्यमन्त्री भएका अधिकांशले संघमा दाबी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १९ नेताले संघमा बल गरिरहेका छन् । संघमा जान चाहने नेताहरूमा पूर्व मुख्यमन्त्रीसहित मन्त्री तथा सांसदहरू रहेका छन् ।


Advertisment
Nabil box
Kumari

पूर्वदेखि वर्तमान मुख्यमन्त्रीसम्मका नेताहरूले संघ ताकिरहेका छन् । शेरधन राई र भीम आचार्य पूर्व मुख्यमन्त्री तथा राजेन्द्र राई बहालवाला मुख्यमन्त्री हुन् ।

Vianet communication

तीनैजना प्रदेशसभाबाट बिदा लिने मनस्थितिमा छन् । शेरधनले संघमा टिकट पाउने पक्का जस्तै छ भने भीम र राजेन्द्रको सम्भावना कम छ । आचार्य १० बुँदे सहमति गरी एमालेमा बसेका नेता हुन् ।

सोही कारण आचार्यलाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिने सम्भावना कम रहेको एमालेकै नेताहरू बताउँछन् ।

सुनसरी– २ बाट उनको नाम संघमा सिफारिश भएपनि उनलाई रेवतीरवण भण्डारीले टक्कर दिइरहेका छन् । भण्डारी एमाले सुनसरीका अध्यक्ष हुन् ।

राजेन्द्रको निर्वाचन क्षेत्र भोजपुर हो । भोजपुर संघीय निर्वाचन क्षेत्र एउटा मात्रै हो । भोजपुरमा गत चुनावमा वाम गठबन्धन हुँदा माओवादीका सुदन किराँती विजयी भएका थिए ।

यसपटक लोकतान्त्रिक गठबन्धन हुँदा पनि उनले नै टिकट पाउने सम्भावना छ ।

नेकपा विभाजित भएर पुरानै पार्टीमा फर्केपछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका ताप्लेजुङका नेता टंक आङ्बुहाङको नाम पनि संघमा सिफारिश भएको छ ।

आङ्बुहाङ यसअघि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री थिए । माओवादीले कारवाही गरेपछि उनको पद गुमेको थियो ।

एमालेकै प्रदेश सांसद हिराकुमार थापाको नाम झापा ४ बाट प्रतिनिधिसभामा सिफारिश भएको छ । थापा प्रदेश १ का पूर्वमन्त्री पनि हुन् । 

एमाले प्रदेश १ का अध्यक्ष समेत रहेका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तुलसीप्रसाद न्यौपानेको नाम पनि संखुवासभाबाट प्रतिनिधिसभामा सिफारिश भएको छ ।

सुनसरी– ४ बाट जगदिशप्रसाद कुसियतको नाम सिफारिस भइसकेको छ, उनी पनि प्रदेश १ का पूर्वमन्त्री हुन् । 

तेह्रथुमबाट तेजमान कन्दङ्वा, उदयपुर–१ बाट विमल कार्की, उदयपुर– २ बाट कला घले, खोटाङबाट उषाकला राई र ओखलढुंगाबाट अम्बीरबाबु गुरुङ प्रदेश छाडेर संघमा जाने तयारीमा छन् । 

कांग्रेसबाट संघमा सिफारिश हुनेमा प्रदेश– १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रदेश– १ का उद्योग, श्रम तथा रोजगार मन्त्री समेत रहेका प्रताप प्रकाश हाङ्माङ पनि छन् ।

कोइरालाको नाम सुनसरीको– २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सिफारिश भएको छ भने हाङ्माङको ताप्लेजुङबाट सिफारिश भएको छ । 

माओवादी केन्द्रका ४ जना सांसदको नाम संघमा सिफारिश भएको छ । इलाम– २ बाट धिरेन्द्र शर्मा, झापा– ३ बाट पूर्णप्रसाद राजवंशी, झापा– ४ बाट झलकसिंह दर्लामी र खोटाङबाट रामकुमार राई छन् ।

सिफारिशमा परेका दर्लामी हाल प्रदेश १ का कृषिमन्त्री हुन् भने राई खानेपानी तथा सिञ्चाइ मन्त्री छन् । 

नेकपा एकीकृत समाजवादीका तर्फबाट संघमा जान इच्छा राख्नेमा मुख्यमन्त्रीसहित एक मन्त्री रहेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राई र सामाजिक विकास मन्त्री राजन राई संघका लागि आकांक्षी हुन् ।

नेता व्यवस्थापनको थलो प्रदेश

संघमा जान इच्छा राख्ने नेताहरूलाई प्रदेशमा उठ्न नेतृत्वले दबाब दिन थालेको छ । नेताको व्यवस्थापनमा समस्या भइरहेका बेला संघमा दाबी गर्नेलाई प्रदेशमा नै उठ्न दबाब दिइएको हो ।

केन्द्रीय नेतृत्वले प्रदेशकै तयारीमा जुट्न भन्न थालेपछि नेताहरूले नयाँ शर्त राख्न थालेका छन् । मुख्यमन्त्री दिए मात्रै प्रदेशमा उठ्ने भनेर अधिकांशले नेतृत्वसँग बार्गेनिङ गरिरहेका छन् ।

नेपाली कांग्रेसबाट डा. डिला संग्रौला, अमृत अर्याल र भीम आचार्यको नाम मुख्यमन्त्रीका लागि चर्चामा रहेको छ ।

संग्रौलालाई शेखर कोइरालाले मुख्यमन्त्रीको आश्वासन दिएका छन् भने अर्याललाई सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् ।

गुट परिवर्तन गरेर केन्द्रीय सदस्य भएका भीम पराजुली पनि मुख्यमन्त्रीका लागि बाग्रेनिङमा छन् ।

मोरङ क्षेत्र नम्बर ४ बाट संघमा सिफारिश भएका उनले मुख्यमन्त्री दिए प्रदेशमा उठ्ने भनेर नेताहरूसँग बार्गेनिङ गरिरहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

कांग्रेसबाट नै अन्य दुई केन्द्रीय सदस्य पनि मुख्यमन्त्रीको लाइनमा रहेका छन् । 

केन्द्रीय सदस्य डा. संग्रौलाले संघमा टिकट नपाए मुख्यमन्त्री दिने पक्कापक्की गर्न सभापति शेरबहादुर देउवालाई भनेको चर्चा छ ।

संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा पनि दाबी गरेकी थिइन । नेता शेखर कोइरालाले पनि संग्रौलालाई मुख्यमन्त्रीका लागि समर्थन जनाइसकेको चर्चा कांग्रेस वृत्तमा छ ।

महिला तथा पढेका युवाहरू नेतृत्वमा आउनु ठीक भएको भन्दै कोइरालाले सहयोग गर्ने आश्वासन दिएको नेताहरू बताउँछन् ।

केन्द्रीय सदस्य अर्याल पनि संघमा टिकट नपाए मुख्यमन्त्री बन्ने दौडमा छन् । तथापि उनको नाम प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ र ५ बाट सिफारिश भइसकेको छ ।

डिला र अर्याल संस्थापन पक्षका हुन् । पराजुली भने कृष्ण सिटौला निकटका हुन् । 

माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा दुईजना आकांक्षी छन् । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो पनि मुख्यमन्त्रीको दौडमा छन् ।

उनले आर्थिक मामिला मन्त्रालय नै दुईपटक सम्हालेका छन् । आङ्बोले मुख्यमन्त्री दिने भए मात्रै प्रदेशमा उठ्ने भनेर अध्यक्ष प्रचण्डसँग बार्गेनिङ गरेका थिए ।

उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका सुरेश राई पनि मुख्यमन्त्रीका आकांक्षी रहेको चर्चा छ । मुख्यमन्त्री पाएमा संघ छाडेर प्रदेशमा आउने तयारीमा उनी छन् ।

उनको क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव जग्गनाथ खतिवडा उम्मेदवार बन्ने चर्चा छ ।

केही दिनअघि विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खतिवडाले उदयपुर क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट आफू उम्मेदवार हुने बताएका थिए । 

‘अघिल्लो चुनावमा सुरेशजी र मेरोबीचमा भद्र सहमति भएको थियो,’ उनले भने, ‘उहाँले पहिला गरेको सहमति तोड्दिन भनिसक्नु भएको छ ।’

एमालेबाट तीनजनाको नाम चर्चामा रहेको छ । हिक्मतकुमार कार्की, गुरु बराल र जीवन घिमिरे मुख्यमन्त्रीको लाइनमा छन् । 

बरालले मोरङ क्षेत्र नम्बर ३ मा संघमा दाबी गरेका थिए । तर भानुभक्त ढकालका अगाडि उनको केही चलेन । त्यसपछि उनले मुख्यमन्त्री पाउने पक्का भए प्रदेशमा उठ्ने बताएको चर्चा एमाले वृत्तमा छ ।

यता घिमिरेले भने स्थानीय तहको निर्वाचनमा मेयरमा दाबी गरेका थिए । तर उनले टिकट पाएनन् । उनले त्यतिबेला नै प्रदेशमा मुख्यमन्त्री पाए मेयर पद छाड्ने बताएका थिए ।

मुख्यमन्त्रीका अर्का आकांक्षी कार्की बराललाई प्रदेशमा आउनबाट छेक्ने रणनीतिमा छन् । बराल आएमा सिनियर नेता भएकाले मुख्यमन्त्री पद छाड्नुपर्छ भन्ने चिन्ता उनलाई छ । 

बराल पार्टी अध्यक्ष ओलीसँगै राजनीति गरेका नेता हुन् । घिमिरे भने १० बुँदेवाला भएकाले कार्कीलाई खासै डर छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x