×

NMB BANK
NIC ASIA

विद्यार्थीद्वारा शिक्षकको हत्या

तलाई अरूसँग बिहे गर्न दिन्नँ, म पनि गर्दिनँ भनेर शिक्षकले छात्रालाई धम्क्याएपछि‍...

असोज १३, २०७९

NTC
Premier Steels

जीवन नै बर्बाद बनाइदिने भन्दै विवाह गर्न नदिएको झोँकमा विद्यार्थीले शिक्षकको हत्या गरेको रहस्य खुलेको छ । 

Muktinath Bank

असोज ६ गते ओखलढुङ्गाको चिशंखुगढी– १ लेकखर्कस्थित स्थानीय विद्यालयका शिक्षक दीपक ठाकुर आफ्नो डेरामा मृत फेला परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई उनकै पूर्व विद्यार्थी २२ वर्षीया छलमाया धमलाले घरको झ्यालको चौकोसमा ठोक्काएर बेहोश बनाएपछि गम्छाले नाकमुख र घाँटीमा बेरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालले बताए । 


Advertisment
Nabil box
Kumari

‘घटनास्थलको अनुसन्धान गर्दा आरोपितले विवाद हुँदा झ्यालको चौकोसमा टाउको ठोक्काएको र त्यसपछि गम्छाले मुख थुनेर हत्या गरेको देखिन्छ,’ डीएसपी खनालले लोकान्तरसँग भने, ‘घटनास्थलमा भएका प्रमाण र आरोपितले दिएको बयान मिलेको छ ।’

Vianet communication

उनका अनुसार ठाकुर र छलमायाको विगत ६ वर्षदेखि प्रेम सम्बन्ध थियो । ठाकुरले उनलाई १५/१६ वर्षको उमेरदेखि चिनजान भएको र त्यसदेखि सम्बन्ध रहँदै आएको देखिएको छ । 

छलमायालाई ठाकुरले पछिल्लो समय फोनको म्यासेज र सामाजिक सञ्जालको म्यासेञ्जरमा तल्लो स्तरको गालीगलौज गर्दै एसएमएस पठाएपछि आरोपित छलमाया मानसिक तनावमा परेको देखिएको प्रहरीले जनाएको छ ।

‘तँ फलानोसँग लागेको, तेरो क्यारेक्टर यस्तो, फलानो तेरो मान्छे हो,’ भन्दै अपशब्द प्रयोग गरेको बयान उनले दिएकी छन् । एसएमएसहरू हेर्दा पनि त्यसको पुष्टि भएको प्रहरीले जनाएको छ ।

शिक्षकले ‘तँ काकासँग अनैतिक क्रियाकलाप गर्छेस्’ भन्ने खालका आरोप समेत लगाएको पाइएको छ ।

ठाकुर र छलमायाबीच यौनसम्बन्ध थियो कि थिएन भन्ने कुरा पुष्टि नभएको प्रहरीले जनाएको छ । तर उनको मोबाइलमा भएको एसएमएस र हत्यासम्म पुगेको अवस्थाले भने शारीरिक सम्बन्ध पनि भएको हुन सक्ने संकेत गरेको छ ।

तर, आरोपितले भने आफूहरूबीच शारीरिक सम्बन्ध नरहेको बयान दिएकी छन् । ‘उसले यौन प्रस्ताव गरेको थियो, तर मैले अस्वीकार गरेकी हुँ भन्ने बयान उनले दिएकी छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

शिक्षक ठाकुरले छलमायालाई विवाह पनि नगर्ने र यदि कसैसँग विवाह गरेको खण्डमा फोटोसपमा इडिट गरेर नग्न फोटो पठाइदिने धम्की दिएको पाइएको डीएसपी खनालले बताए ।

‘शिक्षकले छलमायालाई तँलाई म पनि विवाह गर्दिनँ र विवाह गर्न पनि दिन्नँ भनेर धम्की दिएको देखिन्छ,’ उनले भने, ‘यदि कसैसँग विवाह गरिस् भने बर्बाद बनाइदिन्छु भनेर धम्क्याउने गरेको देखिन्छ ।’

छलमायाले आफूलाई आफ्नै काका, दाजुभाइसँग अनैतिक सम्बन्ध रहेको भन्दै मनगणन्ते आरोप लगाउँदै आएकाले मानसिक तनाव झेल्न नसकेर आत्महत्यासम्मको प्रयास गरेको प्रहरीलाई बताएकी छन् । 

उनले ती शिक्षकको परिचय नखुलाइ यसबारे आफ्नो भाउजूलाई भने भनेको पाइएको छ । ओखलढुंगा घर भएर काठमाडौंमा ज्यालादारी गर्ने व्यक्ति भन्ने परिचय उनले दिएकी थिइन् ।

‘आरोपतिले आफूलाई पठाएको एसएमएसका बारेमा भाउजूलाई बताएकी रहिछन्, तर अर्कै व्यक्ति भनेर कुरा गरेकाले ठाकुरको विषयमा परिवारले जनाकारी नपाएको देखिन्छ,’ डीएसपी खनालले लोकान्तरसँग भने, ‘उनको नाम खुलाइदिएको भए त्यसका विषयमा कुरा बाहिर आएर हत्यासम्म पुग्ने अवस्था आउने थिएन ।’

छलमायाले शिक्षक ठाकुरले आफूलाई दिएको तनावका विषयमा उनकी श्रीमातीलाई पनि फोनमा बताएको देखिएको छ । तर उनकी श्रीमतीले आफ्नो श्रीमान् त्यस्तो नभएको भन्दै छलमायालाई उल्टै गाली गरेको अनुसन्धानमा देखिएको डीएसपी खनालले बताए ।

हत्याको दिन पनि ठाकुर र छलमायाबीच विवाद भएको देखिएको छ । उनीहरूले एकअर्काको सिमकार्ड भाँचेर फालेको समेत घटनामास्थलमा देखिएको छ ।

हत्या गरेपछि छलमाया आफ्नो मोबाइल घटनास्थलमा छाडेर भागेकी थिइन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा असोज ५ गते बेलुका ८ बजेको आसपासमा घटना भएको देखिएको छ ।

छलमाया त्यहाँबाट बेलुका साढे ८ बजे ६ सय रुपैयाँ भाडा तिरेर आफ्नो घर गएकी थिइन् ।

डीएसपी खनालका अनुसार अहिले प्रहरीले उनी मात्रै एक्लै थिइन् कि हत्यामा अरू कोही पनि संलग्न थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनलाई ८ गते बेलुका ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ८ सल्लेरीबाट पक्राउ गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x