मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुक्रवार सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरूपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गरे ।
यसैबीच नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूका कार्यशैलीका कारण जनतामा उत्साह हराएको बताएका छन् । उनले कुनै पनि देशभक्त नेपालीलाई अहिलेको समय सजिलोसँग बितिरहेको छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।
शुक्रबार दसैँको अवसरमा शुभकामना दिन एक भिडियो सन्देश जारी गर्दै शाहले अहिलेको राजनीतिक प्रणालीप्रति कटाक्ष गर्दै अनेक प्रश्न समेत उठाएका हुन् । ‘बहुदलीय शासन प्रणालीमा जनताको आशा, आकांक्षा अनुरुप राजनीतिक दलहरु संगठित हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ’, शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘ तीनबाट जनमनोभावनाको परिपोशित परिपाटी रहन्छ । तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको छ ।’
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीको शुद्धीकरणको लागि संघर्षको आवश्यकता बोध हुन थालेको बताएका हुन् ।
‘पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ । पार्टीलाई ठीक ठाउँमा र्पुयाउनुपर्ने बेला आएको छ’, थापाले भने ।
००००
सत्तारूढ पाँचदलीय गठबन्धनको घेराबन्दीका बीचमा चुनावी प्रतिस्पर्धामा जान लागेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट बहुमत ल्याउने र सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारकोरूपमा अगाडि सारेको छ ।
प्रतिनिधि सभाको २७५ सीटमध्ये सरकार गठनका लागि न्यूनतम १३८ सिट आवश्यक पर्छ । एमालेको बेन्चमा १३८ सिट र्पुयाउनका लागि उम्मेदवार चयन पनि सोहीअनुसार हुनुपर्ने एमाले नेताहरूले बताउने गरेका छन् ।
देशको राजधानी रहेको काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमध्ये कम्तिमा ५ निर्वाचन क्षेत्र एमालेले जित्ने विश्लेषणसहितको सूची एमालेमा तयार भएको छ ।
उम्मेदवार चयन र प्रभावकारीरूपमा चुनावी अभियान चलाउन सक्दा काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा जित्न सकिने विश्लेषणसहितको रिपोर्ट केन्द्रीय सचिवालयमा पुगेको हो । सो विषयमा बिहीबारको सचिवालय बैठकमा छलफल भएको बताइएको छ ।
००००
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । उनले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरूलाई जिताउन आग्रह गरे । उनले गठबन्धनका कारण देशको न्यायालय, कार्यपालिका तथा राज्यका अन्य अंगहरू चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
००००
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ ।
यही असोज ३ गते राति मोटरसाइकलमा आएका एक समुहले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । उक्त घटनाका सम्बन्धमा प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानका विधि र प्रविधि प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा सङ्लग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतकुमार बोहराले जानकारी दिए ।
००००
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गर्दै आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेको छन् । उनले ५ वटा राजनीतिक–सामाजिक र ७ वटा अर्थ–राजनीतिक एजेण्डाका साथ शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् ।
मिश्रले सांसदको हैसियतमा देशको दूरगामी हित, सार्वभौमिकता, स्वाधीनता, सुशासन, सेवा प्रवाह र समृद्धिसँग सम्बन्धित विषयहरु संसदमा बुलन्द पार्ने प्रतिबद्धता जनाएका छन् ।
साथै प्रतिनिधिसभामा सांसदको प्रमुख जिम्मेवारी नियम, कानुन तथा नीति, निर्माण गर्ने भएकाले तिनको तयारी र लेखनमा देशलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
००००
सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन ।
००००
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई संग्रहालयका रूपमा स्थापित गरेको हो ।
००००
राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । राखेपले शुक्रवार खेल तालिका सार्वजनिक गरेको हो ।
पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
००००
दशैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैं सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो ।
००००
नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...