×

NMB BANK
NIC ASIA

महँगीले चाडपर्वमै फुर्सदिला भए व्यवसायी

असोज १५, २०७९

NTC
Premier Steels

 “बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन,” सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले भने, “विगतका दसैंमा राम्रै व्यापार हुन्थ्यो, यस वर्ष व्यापार छैन ।” ठूला चाडपर्व सुरु भएसँगै व्यवसाय सुधार हुने कोइरालाको अपेक्षा थियो । 

Muktinath Bank

“बरु गत वर्ष कोरोना महामारीमा पनि ग्राहकको योभन्दा धेरै चहल–पहल थियो । अहिले दसैँ सुरु भइसक्दा पनि खासै व्यापार भएको छैन,” उनले भने, “अहिले पनि बजार सुनसान छ, व्यापार व्यवसायले गति नलिँदा घाटा दिन दुई गुणा रात चौगुणाले बढेको बढ्यै छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यू सुशील इम्पोरियमका सञ्चालक अनिता कोइराला यसपटक झन् व्यापार घटेको बताउँछिन् कोरोना सङ्क्रमणको समयमा राम्रो व्यापार भएको बताउँदै कोइरालाले भनिन्, “अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ । यसपटक व्यापारमा निकै मन्दी छाएको छ ।”


Advertisment
Nabil box
Kumari

दैनिक बिक्रीको हिसाब हेर्दा पसल कबल भाडा तिर्न पनि कठिन पर्ने अवस्था आएको उनको भनाइ छ। विगत वर्षमा बजारमा लत्ताकपडा लगायत चाडपर्वका लागि अन्य सामान किन्ने उपभोक्ताको भीड हुन्थ्यो, फेन्सी तथा तयारी व्यवसायी दोब्बरभन्दा बढी कारोबार गर्थे । अहिले त्यस्तो अवस्था नरहेको कोइरालाले बताइन्।

Vianet communication

कपडाको व्यापार गर्ने कोइराला अघिल्ला वर्ष कोलिया र पेटीमा ग्राहकको भीड लाग्ने गरे पनि यसपटक पसल सुनसान हुने गरेको बताउँछिन् ।  बजारको माहोल बुझेर यसपटक उनले नयाँ सामान कम हालेकी छन् । 

कोरोना सङ्क्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका फेन्सी व्यवसायी अजयकुमार गुप्ताले पनि अहिले किनमेल गर्ने घटेको बताए । व्यापार नहुँदा हालसम्म नयाँ सामान ल्याउन नसकेको उनले बताए । 

व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामान बेच्न नसकेको उनले बताए । “बैंकले ऋण दिएको छैन । किराना व्यवसायीलाई केही सहज छ, अन्य व्यवसायीलाई समस्या छ । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो नहोला । अन्य क्षेत्रको व्यापार भने निराशाजनक छ”, गुप्ताले भने। 

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजारमा यस वर्ष अपेक्षित कारोबार नभएको व्यवसायी बताउँछन् । चाडपर्व सुरु भइसक्दा बजारमा किनमेल गर्नेको चहलपल कम छ । बजारको कारोबार सामान्य अवस्थाकै जस्तो छ । फुर्सद निकाल्नै हम्मेहम्मे हुनुपर्ने समयमा दसैँकै बेला सोचेजस्तो व्यापार नभएपछि यहाँका व्यवसायी निराश बनेका छन् । 

विगतका वर्षमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो वर्ष राम्रो हुने उनीहरूको आशा थियो । तर, बजारमा अन्य बेलामा जस्तै छिटफुट मात्र कारोबार भइरहेको छ । महँगी बढेकाले पनि ग्राहक कम आएको हुनसक्ने व्यवयासी बताउँछन् । व्यापार नै न्यून हुन थालेपछि व्यवसायीहरूलाई पसल कबल भाडा नै तिर्न हम्मेहम्मे पर्ने अवस्था छ ।

“केही वर्ष पहिलेसम्म दसैँतिहारका समयमा व्यवसायीलाई ग्राहकको चापले सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । खाना खाने फुर्सदसमेत हुँदैन्थ्यो,” सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले भने, “व्यवसायी पसल कुरेर हाइ काढ्दै बसिरहेका भेटिन्छन् । चाडबाडका बेला व्यापार सुस्ताएपछि व्यवसायी मर्कामा परेका छन् ।” 

उनका अनुसार व्यवसाय गरेर दिन बिताउनै गाह्रो हुन थालेको छ । आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको सङ्घका अध्यक्ष कँडेलले बताए । विगतका दसैँमा दिनमै एक लाख हाराहारी हुने व्यापार यस पटक ३० हजारको हाराहारीमा खुम्चिएको छ । कर्णाली मलका व्यवस्थापक गणेश ढकालले पनि पर्व भित्रिसक्दा पनि बजारमा चहलपहल नबढेको बताए । 
कर्णालीकै प्रमुख व्यापारिक केन्द्र वीरेन्द्रनगरमा ठूला लगानीका व्यापार–व्यवसाय सञ्चालनमा छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x