×

NIC ASIA

उम्मेदवारी दर्तालगत्तै बेपत्ता परिवारलाई भेटेर ओनसरीले लिइन् आशिर्वाद

असोज २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

पूर्व सभामुख ओनसरी घर्तीले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं–२ बाट उम्मेदवारी दर्ता गरेलगत्तै बेपत्ता परिवारसँग भेटघाट गरेकी छन् । 

Muktinath Bank

थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्तालगत्तै घर्तीले आइतवार साँझ कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित बुद्धि पोखरेलको घर पुगेर उनका परिवारसँग भेटेकी हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी कार्यकर्ता पोखरेललाई तत्कालीन राज्य पक्षले २०६१ सालमा नियन्त्रणमा लिएर बेपत्ता पारेको थियो । त्यस क्रममा उनले पोखरेलका वृद्ध बुवाआमासहित परिवारका सदस्यसँग विजयको आशिर्वाद लिइन् । पोखरेल परिवारले सभामुखका रूपमा भूमिका निर्वाह गरिसकेकी घर्तीलाई उम्मेदवारका रूपमा पाउनु खुशीको कुरा भएको भन्दै विजयको शुभकामना दिएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

पोखरेलकी आमाले आफ्ना छोराछोरी नै पार्टी भएको भन्दै अभिभावकत्व लिइदिन भनिन् । जवाफमा घर्तीले आफूहरू शहीद, बेपत्तासहित आमजनताको विकास र समृद्धि प्राप्तिको चाहनाका लागि सक्रिय रहँदै आएको बताइन् ।

Vianet communication

माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्ती २०७२ सालमा संविधान सभाबाट संविधान जारी भएपछि रूपान्तरित प्रतिनिधि सभामा सभामुख थिइन् । त्यसअघि दोस्रो संविधान सभामा उनले उपसभामुखका रूपमा काम गरेकी थिइन् । एकपटक प्रत्यक्ष र २ पटक समानुपातिक पद्धति तर्फबाट सांसद भएकी घर्तीलाई सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको हो ।

गठबन्धनबाट घर्तीसँगै काठमाडौं–२ (१) मा कांग्रेसका ध्रुव केसी र (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उम्मेदवारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x