कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए । तर आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए। स्थानीय तहको निर्वाचनभन्दा एक हजार दुई सय ९२ मतदाता घटेको उनको भनाइ छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको सङ्ख्या घटेको पाइएको हो । मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको सङ्ख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । यहाँबाट तराईतर्फ बसाइँसराइको क्रम अत्यधिक रहेकाले मतदाता र जनसङ्ख्या घट्ने गरेको छ ।
यस्तै मतदाता सङ्ख्या जनसङ्ख्याको लैङ्गिक अनुपातसँग मिल्दोजुल्दो हुनुपर्ने भए पनि जिल्लामा भने फरक रहेको पाइएको छ । कार्यालय प्रमुख भट्टराईका अनुसार पाँचथरमा अहिले कायम भएका मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् । जबकि पाँचथरको विसं २०७८ को जनसङ्ख्याअनुसार पुरुषभन्दा महिलाको सङ्ख्या तीन सयभन्दा बढी छ । सो जनगणनाको तथ्याङ्कानुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ७४ हजार चार सय १९ छ । जसमध्ये पुरुष ८७ हजार ३३ र महिला ८७ हजार तीन सय ८६ छन् ।
जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदातामा महिलाको सङ्ख्या कम देखिएको हो । अहिले कामय भएको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या सात हजार आठ सय कम छ ।
यस्तै आगामी निर्वाचनका लागि पाँचथरमा एक मतदान केन्द्र र मतदानस्थल थप भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रहेको सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रलाई फुटाइ सोही वडाको सरस्वती आधारभूत विद्यालय कम्फ्युटारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो । अब पाँचथरमा एक सय दुई मतदान केन्द्र र एक सय ७७ मतदानस्थल कायम भएका छन् । आठवटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...