चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
असोज २५, २०७९
रुसको मुख्यभूमिलाई क्राइमियासँग जोड्ने कर्च पुलमा युक्रेनीहरूले शनिवार ट्रक बम आक्रमण गरी पुल आंशिक रूपमा ध्वस्त बनाएको अनि चारजनाको मृत्यु पनि गराएको स्थापित भएपछि रुसले युक्रेनका विभिन्न शहरमा सोमवार (१० अक्टोबर) भयानक क्षेप्यास्त्र आक्रमण गरेको छ ।
राजधानी किएभ लगायतका शहरका गैरसैन्य संरचनाहरूमा समेत रुसले आक्रमण गरेको छ । रुसले दर्जनौं क्षेप्यास्त्रका साथै इरानमा बनेका ड्रोनहरू समेत प्रहार गरी नागरिक तथा विद्युतीय संरचनामा प्रहार गरेको जानकारी युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दिएको भनी द वाल स्ट्रीट जर्नलले खबर दिएको छ । रुसीहरू युक्रेनमा त्रास र अव्यवस्था फैलाउन चाहन्छन् अनि यहाँको ऊर्जा प्रणालीलाई नष्ट गर्न चाहन्छन् भनी जेलेन्स्कीले आरोप लगाए ।
त्यस्तै सीबीएस न्युजले दिएको खबरअनुसार, युक्रेनी सेनाप्रमुख भ्यालरी जालुझ्नीले युक्रेनमा रुसले ७५ वटा क्षेप्यास्त्र प्रहार गरेको तर तीमध्ये ४१ वटालाई आफूहरूको वायु प्रतिरक्षा प्रणालीले रोकेको जानकारी दिए ।
जेलेन्स्कीको कार्यालयमा समेत आक्रमण गरिएको खबर कतिपय सञ्चारमाध्यमले दिएका छन् । उनी बंकरमा लुकेकाले सुरक्षित रहेको बताइएको छ । पछि जेलेन्स्कीले किएभको एक सडकमा निस्केर सेल्फी भिडियो बनाएका थिए । त्यसमा उनले रुसबाट अनेकौं क्षेप्यास्त्र प्रहार भएको भन्दै रुसको निन्दा गरेका छन् । रुसले युक्रेन राज्यको अस्तित्व नै पृथ्वीबाट नामेट पार्न खोजेकाले ऊ आतंकवादी राष्ट्र भएको आरोप जेलेन्स्कीले लगाएका छन् ।
यस आक्रमणमा १९ जनाको मृत्यु भएको अनि अन्य १०५ जना घाइते भएको आरम्भिक आँकडा युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले मंगलवार सार्वजनिक गरेको छ । देशका कुल १२ क्षेत्र तथा राजधानी किएभमा रहेका महत्त्वपूर्ण र नागरिक संरचनामा प्रहार गरिँदा ३० भन्दा बढी आगलागीको घटना भएको उक्त निकायले जनाएको छ । आगोहरू निभाइसकिएको पनि उनले जानकारी दिएको छ ।
राजधानी किएभको क्लित्स्च्को पुलमा समेत रुसी क्षेप्यास्त्रले प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।
गत जुन महिनापछि पहिलोपटक किएभमा रुसले आक्रमण गरी आफ्नो आक्रोश व्यक्त गरेको हो ।
विगत सात महिनामा आफ्नो शक्तिअनुरूपको सैन्य कारवाही नचलाएको रुसले हिजो यसरी भयानक आक्रमण गरी युक्रेन सरकारलाई कठोर सन्देश दिनुमा कर्च पुलमाथिको आक्रमण मात्र कारण हैन ।
त्यसअघि रुसको राजधानी मस्को नजिकको स्थानमा रुसी दार्शनिक अलेक्जेन्डर डुगिनकी छोरी दारिया डुगिनाको हत्या युक्रेनीहरूले गराएको कुरा पनि स्थापित भएको थियो । अमेरिकी संस्थापनको भित्री कुराको सटीक रिपोर्टिङ गर्ने द न्युयोर्क टाइम्सले गत अक्टोबर ५ मा प्रकाशित गरेको खबरअनुसार, डुगिनालाई कार बम आक्रमणमार्फत हत्या गर्ने आदेश युक्रेनी अधिकारीहरूले दिएको विश्वास अमेरिकी गुप्तचर निकायले गरेको छ ।
आफूहरूलाई उक्त हत्याका विषयमा कुनै पूर्वजानकारी नदिइएको र अमेरिका उक्त हत्यामा संलग्न नरहेको अमेरिकी गुप्तचर अधिकारीहरूले स्पष्ट पारेका छन् । उल्टो, युक्रेनको यस कदमले युद्धलाई थप चर्काउने डर उनीहरूले लिएको न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।
यसरी रुसको केन्द्रमै पुटिनसमर्थक डुगिनाको हत्या युक्रेनीहरूले गरेपछि युक्रेनविरुद्ध कारवाही चर्काउन पुटिनमाथि दबाब परिरहेको थियो । अझ, रुसले युरोपतर्फ ग्यास पठाउने नर्ड स्ट्रीम र नर्ड स्ट्रीम २ पाइपलाइनहरूमा क्षति पुग्नेगरी पश्चिमाहरूले बाल्टिक सागरमा विस्फोट गराएपछि रुसले प्रतिकारका लागि कठोर कारवाही चलाउनुपर्ने दबाब बढेको थियो ।
यी तीनवटा घटनासँगै रुसको बेलगोरोड क्षेत्रमा युक्रेनीहरूले गरेको प्रहार, नेटोले युक्रेन सरकारलाई दिएको लामो दूरीको हतियार र युक्रेनमा लडिरहेका रुसी सैनिकहरूलाई कब्जामा लिएर गरिएको वीभत्स हत्याका कारण पनि पुटिनलाई विशेष सैन्य कारवाहीबाट एक कदम अघि बढी प्रतिआतंकवादी कारवाही गर्न रुसीहरूले जोड दिइरहेका थिए ।
तर पुटिनले धैर्य देखाएर जाडो महिना लागेपछि कठ्यांग्रिएको भूभागको फाइदा उठाउँदै युक्रेनी सैनिकहरूविरुद्ध भयंकर फौजी कारवाही गर्ने अनुमान कतिपय विश्लेषकहरूले गरेका थिए । पंक्तिकारले अघिल्लो लेखमा यसको चर्चा गरेको छ ।
पढ्नुहोस्, यो पनि :
यद्यपि क्राइमियालाई रुसमा मिसाएको ऐतिहासिक घटनाको सम्झना दिलाउने कर्च पुलमाथिको आक्रमणले चाहिँ युक्रेनविरुद्ध तत्कालै कठोर कारवाही गर्न पुटिनमाथि भयंकर दबाब पर्यो । त्यसलाई पुटिनमाथि तथा रुसको सुरक्षा संरचनामाथिको निजी आक्रमणका रूपमा रुसले लिएको भूराजनीतिक विश्लेषक पेपे एस्कोबार लेख्छन् । त्यस घटनापछि पुटिनले तत्कालै राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान गरी प्रतिकारवाही चलाउनका लागि अनुमति दिए ।
सात महिनासम्म कुरेर किन बल्ल कठोर कारवाही चलाउन रुस प्रेरित भयो भन्ने विषयमा विभिन्न अनुमान गरिएका छन् । यसबीचमा पश्चिमी सञ्चारमाध्यमहरूले रुससँग क्षेप्यास्त्रको अभाव रहेको र उसले सोभियतकालीन हतियार प्रहार गरिरहेको खबर दिइरहेका थिए ।
मस्कोसँग साँच्चै सटीक प्रहार गर्ने क्षेप्यास्त्रको अभाव थियो भन्ने कुरा पत्याउन सकिन्न किनकि युक्रेनका विभिन्न सैन्य संरचनामा रुसले सटीक प्रहार गरेर भारी मात्रामा विदेशी सहयोगका हतियार नष्ट गरिरहेको थियो । तर उसका क्षेप्यास्त्र सकिँदै गएको र अनि अहिले क्षेप्यास्त्र तयार भएपछि उसले युक्रेनका महत्त्वपूर्ण स्थानलाई तारो बनाएको हुन सक्छ ।
अनि युक्रेन सरकारको बुद्धि फिरेर युद्ध अन्त्य गर्नका लागि सम्झौता गर्ला भन्ने आशा पनि पुटिनले गरेका थिए होलान् । हुन पनि उनले आफूहरू वार्ताका लागि तयार रहेको बारम्बार बताउँदै आएका छन् । गत मार्च महिनाको अन्त्यमा टुर्कियेको इस्तानबुलमा रुस–युक्रेन वार्ता टुंगोमा पुग्न लागिसकेको थियो तर बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनले पुटिनलाई युद्धभूमिमा हराउन सकिन्छ भनी जेलेन्स्कीलाई वार्ता भाँड्न लगाएका थिए ।
यसबाहेक रुसले युक्रेनका विभिन्न संरचनामा घुसपैठ गरेका आफ्ना गुप्तचरहरूलाई जोगाउनका लागि पनि क्षेप्यास्त्र प्रहार नगरेको हुन सक्ने अनुमान विश्लेषक ल्यारी जोनसनले गरेका छन् । हिजो किएभमा रहेको शेभचेनकिभ नामक स्थानमा युक्रेनको गुप्तचर निकाय एसबीयूको मुख्य कार्यालयमा समेत रुसले प्रहार गरेको बताइएको छ ।
उक्त निकायले नै क्राइमियाको कर्च पुलमा आक्रमण गराएको रुसीहरू विश्वास गर्छन् । त्यस गुप्तचर निकायमा गोप्य रूपमा घुसपैठ गरेका आफ्ना गुप्तचरहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएर रुसले त्यसको कार्यालयलाई क्षतिग्रस्त बनाएको अनुमान गरिएको छ ।
यसरी युद्ध शुरू भएदेखि अहिलेसम्म युक्रेनको सैन्य संरचनालाई मात्र तारो बनाएको रुसले हिजोबाट चाहिँ नागरिक संरचनालाई पनि तारो बनाउन थालेको छ । किएभ, लभिभ, खार्किभ, नीप्रोपेट्रोभ्स्क, क्रिभोए रोग लगायतका शहरमा रहेका विद्युतीय संरचनाहरूमा रुसी क्षेप्यास्त्रले क्षति पुर्याएको खबर छ । तीमध्ये कतिपय शहरमा अहिले पनि विद्युत् आपूर्ति ठप्प छ ।
विगत सात महिनामा सर्वसाधारणको सकेसम्म कम क्षति होस् भन्ने विषयमा सचेत रहेको रुसले अब त्यो हिचकिचाहट समेत त्यागेको संकेत पाइएको छ । विद्युतीय संरचनामा प्रहार गरी युक्रेनी शहरहरूलाई अँध्यारो पारिदिने र आउँदै गरेको जाडोमा मानिसहरूलाई कठ्यांग्रिन बाध्य बनाउने रुसको योजना हुन सक्छ । त्यसरी कठ्यांग्रिन बाध्य मानिसहरू जेलेन्स्की सरकारविरुद्ध उठेर युद्ध टुंग्याउन दबाब देलान् भन्ने रुसको आकलन हुन सक्छ ।
गत जुलाई महिनामै पुटिनले युक्रेनमा गम्भीर रूपमा कारवाही थालिनसकेको भनी खतरनाक भविष्यको चेतावनी दिइसकेका थिए । उनको यस चेतावनीलाई युक्रेन सरकार र पश्चिमाहरूले खेलाँचीमा लिए ।
तर हिजोको आक्रमणपछि पुटिन रुसको उद्देश्यपूर्तिमा गम्भीर छन् भन्ने सन्देश गएको छ । युक्रेनलाई नेटोमा जोडिन नदिने अनि रुसको अस्तित्वगत सुरक्षामा नेटोले तेर्स्याएको जोखिमलाई निस्तेज पार्ने रुसको उद्देश्य हो ।
अझ त्यसमाथि पुटिनले युक्रेनमा सैन्य कारवाहीको कमान्ड सम्हाल्नका लागि एयरोस्पेस फोर्सेसका कमान्डर जनरल सर्गे सुरोभिकिनलाई नियुक्त गरेको खबर छ । विश्लेषक एस्कोबारका अनुसार, सुरोभिकिन सन् २०१७ देखि रुसको एयरोस्पेस फोर्सेसका कमान्डर हुन् ।
सिरियामा चलाएको सैन्य कारवाहीको गम्भीर नेतृत्व गरेकोमा उनलाई हिरो अफ रसिया उपाधिले सम्मानित समेत गरिएको छ । उनले चेचेन्यामा सन् १९९० को दशकमा भएको विद्रोह दबाउनका लागि चलाइएको कारवाहीको धरातलीय अनुभव समेत बटुलेका छन् ।
अमेरिकाले इराकमा चलाएको जस्तो ‘शक यान्ड अ’ सैन्य कारवाहीमा सुरोभिकिन माहिर मानिन्छन् । सिरियामा आतंकवादीहरूका विरुद्ध उनको नेतृत्वमा गरिएको सैन्य कारवाहीको चर्चा हुने गर्छ । कतिपयले उनलाई सिरियाको कसाही समेत भन्ने गरेका छन् ।
चेचेन्याका पुटिनसमर्थक शासक रमजान कादीरोभले सुरोभिकिनको नियुक्तिको स्वागत गरेका छन् जबकि यसअघि खार्किभमा रुसीहरू पछि हट्दा कादीरोभले रुसी सैन्य नेतृत्वको कटु आलोचना गरेका थिए । आफ्ना चेचेन लडाकूहरूलाई खटाएर मारिउपोलबाट नवनाजीहरूलाई भगाएका कादीरोभलाई पुटिनले कर्नेल जनरलको पदमा बढुवा गरेका छन् । त्यो रुसको सैन्य दर्जामा तेस्रो सर्वोच्च पद हो ।
तिनै कादीरोभले एक बयान दिँदै रुसले युक्रेनमा अहिलेसम्म युद्ध लडेकै छैन, अब गम्भीरतापूवर्क लड्छ भनी युक्रेनी तथा पश्चिमाहरूलाई कठोर सन्देश दिने हिसाबमा एउटा भिडियो समेत सार्वजनिक गरेका छन् । उनले आफ्ना किशोर छोराहरूलाई पनि युक्रेनमा लड्न पठाउने बताएका छन् ।
यसरी कादीरोभलाई बढुवा गरी अनि सुरोभिकिनलाई कमान्डर बनाई पुटिनले औपचारिक घोषणाविना नै विशेष सैन्य कारवाहीलाई प्रतिआतंकवादी कारवाहीको दर्जामा स्तरोन्नति गरेका छन् । सुरोभिकिन कमान्डर बनेपछि किएभमा हिजो चलाएको भयानक कारवाहीले नै यस युद्धको त्रासद भविष्यको संकेत दिइसकेको छ ।
रुसले भयानक आक्रमण गरेपछि जेलेन्स्कीले हिजो दिनभरि पश्चिमी मुलुकका नेताहरूलाई फोन गरी थप भारी हतियार उपलब्ध गराउन अनुरोध गरेको भनी आरटीले खबर दिएको छ । जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउन पनि उनले माग गरेका छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले जेलेन्स्कीसँग फोनमा कुरा गर्दै रुसी आक्रमणको निन्दा गरेका छन् अनि युक्रेनलाई हवाई प्रतिरक्षा उपकरण उपलब्ध गराउने प्रतिज्ञा गरेका छन् । अमेरिकाले युक्रेनलाई आफ्नो अत्याधुनिक क्षेप्यास्त्र पेट्रियट मिसाइल ब्याट्री पठाएको छैन किनकि त्यसको सञ्चालनका लागि अमेरिकी सैनिकहरू नै चाहिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाइ छ ।
तर अमेरिकाले युक्रेनलाई जमीनबाट आकाशमा मार हान्ने नासाम्स नामक आठवटा क्षेप्यास्त्र दिएको आरटी लेख्छ । त्यसका साथै पेन्टागनले अमेरिकी हतियार कम्पनी रेथनसँग यही क्षेप्यास्त्र बनाउनका लागि १८ करोड डलर बराबरको सम्झौता गरिसकेको खबर छ । सन् २०२४ को अगस्ट महिनासम्म यी हतियारहरू उपलब्ध हुने बताइएको छ ।
अर्थात्, अमेरिका यस युद्धलाई लम्ब्याइरहन चाहन्छ र युक्रेन–रुसबीच कुनै पनि सम्झौताको गुञ्जायस दिन चाहँदैन । अमेरिकाको यो संकल्प बुझेकैले रुस पनि अब सैन्य कारवाहीलाई एक कदम अघि बढाउन उद्यत भएको छ ।
गैरसैन्य संरचनामा समेत आक्रमण गरी सर्वसाधारणलाई पुग्ने आघातको परवाह रुसले नगर्ने संकेत पाइएकाले युद्ध थप त्रासद बन्ने पक्का भएको छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...