×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचन २०७९

दीपक मनाङे मनाङ ‘ख’बाट प्रदेश सभामा निर्विरोध निर्वाचित

असोज २६, २०७९

NTC
Premier Steels

मनाङबाट प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिए राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेश सभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । 

Muktinath Bank

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङेसँगै दोर्जे लामाले पनि उम्मेदवारी दिएका थिए । लामाले उम्मेदवारी फिर्ता लिनका लागि निवेदन दिएका हुन् । लामोको उम्मेदवारी फिर्ता भएपछि मनाङेको एकल उम्मेदवार बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए । उनले उम्मेदवारी फिर्ताको निवेदन दिएपछि मनाङे प्रदेश सभामा एक्लो उम्मेदवार बनेका छन् । अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पूरा गरेर उनलाई निर्विरोध निर्वाचित गर्ने घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए । 


Advertisment
Nabil box
Kumari

कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले शुरूमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने तयारी गरेका थिए । तर, अन्तिम समयमा उनले गठबन्धन छाडेको घोषणा गरेका थिए । उनले गठबन्धन छाडेको घोषणा गरेपछि एमालेको समर्थनमा उम्मेदवारी दिने बताएका थिए । एमालेले पनि उनीविरुद्ध उम्मेदवार दिएको थिएन । मनाङेको विश्वासमा परेका सबै दल उक्त प्रदेश सभामा उम्मेदवारविहीन बनेका हुन् । 

Vianet communication

मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला उनले एमालेको समर्थन चुनाव जितेका थिए । एमाले सरकारमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । तर, पार्टीको आन्तरिक विवादका बेला भने उनले एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेनन् । उनकै कारण गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको थियो । उनी सत्ता गठबन्धनको सरकारमा पनि युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

यसपटककाे निर्वाचनमा निर्विराेध निर्वाचित हुने उनी हालसम्म पहिलाे र एकमात्र उम्मेदवार बनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x