×

NMB BANK
NIC ASIA

दशैं सकिएसँगै आउन थाले तिहारका गीत

असोज २६, २०७९

NTC
Premier Steels

तीज, दशैं, तिहारजस्ता पर्वमा सोहीलक्षित गीतहरू सार्वजनिक हुँदै आएका छन् । कतिपय कलाकारहरूले दशैं तिहारमा दुवै पर्वलाई जोडेर गीतहरू ल्याउने गरेका छन् । कतिपयले भने दशैंमा दशैंलक्षित र तिहारमा तिहारलक्षित गीतहरू ल्याउने गरेका छन् । 

Muktinath Bank

यतिबेला दशैं सकिएसँगै तिहारलक्षित गीतहरू देखिन थालेका छन् । केही कलाकारहरूले तिहारलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरिसकेका छन् । तिहारलाई लक्षित गरेर विशेषगरी देउसीभैलो गीतहरू बढी आउने गरेका छन् । यस्तैमा पशुपति शर्मादेखि एलिना चौहानसम्मले स्वर दिएका तिहार गीतहरू युट्युबमा सार्वजनिक भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपति शर्मा, शान्तीश्री परियार, पूजा देवकोटा र सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘देउसी भैलो’ शीर्षकको तिहार गीत सार्वजनिक भएको छ । दुर्गा पौडेलको शब्द, पशुपति शर्माको संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् । 


Advertisment
Nabil box
Kumari

दुर्गा पौडेलको कन्सेप्ट एवं निर्देशनमा बनेको भिडियोमा पशुपति शर्मा, अञ्जु निरौला, आयुशा गौतम, जीवन श्रेष्ठ, जविस श्रेष्ठसँगै पूजा देवकोटा र सुप्रिम मल्ल ठकुरी प्रस्तुत छन् । 

Vianet communication

यस्तै, गायिका एलिना चौहानले ‘आँगनमा आयौं देउसिरे’ बोलको तिहार गीत ल्याएकी छन् । दीपक शर्माको शब्द एवं संगीत, कृष्ण बिकको एरेन्ज रहेको गीतमा एलिनासँगै रवी ओड र किरण भुजेलले स्वर दिएका छन् । 

मौसम हिमालीको निर्देशनमा तयार यस गीतमा एलिना, रवी, किरणसँगै सरोज राना प्रजा, समारिका ढकाल, स्मारिका ढकाल लगायत प्रस्तुत छन् । 

गायक पुरुषोत्तम पौडेलले पनि तिहार गीत सार्वजनिक गरेका छन् । ‘झिलिमिली तिहार’बोलको गीतमा पुरुषोत्तमसँगै सुनिता बुढा क्षेत्री, पुजा देवकोटा र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् । 

यस गीतको भिडियोमा भने गायक÷गायिकासँगै अस्मिता रणपाल, दिब्या न्यौपाने, कृष्ण सापकोटा, रमेश केसी, सन्ध्या पौडेल लगायत प्रस्तुत छन् । राम केसीको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । अन्य केही तिहारलक्षित गीतहरू समेत सार्वजनिक भएका छन् । केही कलाकारहरू तिहार गीत सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x