×

NMB BANK
NIC ASIA

भैरहवा विमानस्थल चलाउन मुस्किल, जजिराको दैनिक उडान एक महिना पनि टिकेन !

असोज २६, २०७९

NTC
Premier Steels

भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालनमा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मुश्किल परिरहेको छ ।

Muktinath Bank

विमानस्थल निर्माण र जग्गा अधिग्रहणसहितमा ३२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । विमानस्थल सञ्चालनमा आएको ५ महिनासम्म पनि एउटा मात्रै अन्तर्राष्ट्रिय वायुसेवाको उडान हुनु, त्यसमा पनि तालिका कटौती हुनु र नयाँ वायुसेवाको रुचि कम हुनुले प्राधिकरणलाई थप कठिनाइ हुने देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो विमानस्थल सञ्चालनसँगै २ जेठबाट उडान शुरू गरेको कुवेतको वायुसेवा जजिराले एक महिनामा नै उडान तालिका कटौती गरेको छ । सातामा ३ वटा उडानबाट शुरू गरेको जजिराले दैनिक उडान गरेको एक महिनामा नै प्राविधिक कारण देखाएर उडान सातामा २ वटामा झरेको छ ।  


Advertisment
Nabil box
Kumari

जजिराले उडान शुरू गरेको ४ महिनापछि ३१ भदौबाट दैनिक उडान शुरू गरेको थियो । दैनिक उडान शुरू गरेको तीन सातामात्रै पुगेको  छ ।

Vianet communication

जजिराले दैनिक उडान शुरू गरेको एक महिना नपुग्दै असोज २६ (बुधवार)बाट दैनिक उडान रोकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

उनका अनुसार आजैबाट दैनिक उडान कटौती भएको छ ।

अब यसले ३ दिन पछि (२९ असोज)लाई मात्रै उडान राखेको छ । दाहालले भने, ‘वायुसेवाले अपरेसन रिजन देखाएको छ । थप कारण स्पष्ट भने पारेको छैन् ।’ 

उडान कटौती गर्नुमा यात्रु नहुनु र अरू समस्या समेत देखिएको दाबी दाहालको  छ ।

वायुसेवा कम्पनीको आफ्नै कारण हुनसक्ने र दैनिक उडान कटौती केही समयलाई मात्रै हुने दाहालको विश्वास छ । त्यसपछि पुनः उडान सुचारु हुन सक्ने दाहालले बताए ।

भैरहवाबाट उडानमा देखिएका केही प्राविधिक समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने चुनौती छ । भैरहवामा श्रम कार्यालय खुलेको भएपनि दोहोर्‍याएर जानेलाई मात्रै श्रम स्वीकृति दिइएको छ । पहिलोपटक जानेलाई श्रम स्वीकृति दिइएको छैन । 

भारतीय नागरिकको नो अब्जेक्सन लेटर (एनओसी), हवाई रुट व्यवस्थापनमा सहजता हुन नसक्दा पनि अपेक्षा अनुसारको उडान भैरहवाबाट हुन नसकेको दाहालले बताए । 

यो विमानस्थलमा आगामी १३ कात्तिकदेखि हंगेरीको बिज एयरलाइन्सले उडान गर्ने इच्छा देखाएको छ । यसले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावी–काठमाडौं हप्तामा ३ वटा उडान गर्ने तय भइसकेको छ । यो समयमा दैनिक उडान गरिरहेको जजिराले उडान कटौती गर्नुलाई गम्भीर रूपमा हेरिएको छ ।

भैरहवाबाट उडानमा अन्य निकाय र राज्य विभिन्न संयन्त्रले सहजीकरण नगरिदिएको गुनासो प्राधिकरणको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भैरहवाबाट उडान गर्न सबै पक्षलाई सहजीकरण नगरिदिँदा समस्या भएको बताउँछन् । 

उनले राज्यका सबै पक्षको सहयोगले विमानस्थल सञ्चालन सहज हुने भएकाले सोहीअनुसार सहजीकरण गरिदिन आग्रह गरे । निरौलाले भने, ‘प्राधिकरणले आफूले गर्नुपर्ने दायित्व पूरा गरिरहेको छ । विमानस्थल चलाउने विषय बनाएर मात्रै हुँदैन । राज्यका सबै निकायको सहयोग पनि चाहिन्छ ।’

प्राधिकरणले भने यो विमानस्थल सञ्चालन गर्न वायुसेवाले १५ नोभेम्बरदेखि पाउने विन्टर शेड्युल स्वीकृति गर्दा भैरहवा उडान गर्ने योजना पनि पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्ने बताएको छ । यस्तो व्यवस्था अनुसार प्राधिकरणले काठमाडौंमा दैनिक २ भन्दा बढी उडान गर्ने वायुसेवालाई एउटा उडान भैरहवामा गर्नुपर्छ भनेको छ । यो विषयमा सम्बन्धित वायुसेवा सकारात्मक रहेको दाबी निरौलाको छ । 

उनका अनुसार भैरहवाबाट उडान बढाउनका लागि श्रम स्वीकृतिमा सहजीकरण, वायुसेवा निगमले प्राधिकरणले भनेजस्तै ग्राउन्ड ह्यान्डलिङ छूट, यातायातले यात्रुलाई सहज आवतजावतको सुविधा दिनेसहितको व्यवस्था गर्नुपर्ने अवस्था छ ।

राज्यको विदेशी ऋण लिएर सञ्चालन गरेको यो राष्ट्रिय गौरवको आयोजनामा अन्य निकायको सहयोग नहुँदा अहिले केही चुनौती देखिएको पनि निरौलाले बताए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x