×

प्रतिनिधिसभा निर्वाचन

पूर्वका सशक्त बागी : लिङ्देन, सुनिल थापादेखि अशोक राईसम्मलाई चुनौती !

असोज २७, २०७९

माथि बायाँबाट क्रमश: मनोज मेयाङ्वो, योगेन्द्र मण्डल, हेमराज भण्डारी, डम्मर गिरी र रामकुमार राई

प्रदेश १ का पाँच निर्वाचन क्षेत्रका बागी उम्मेदवारले जीत हारमा प्रभाव पार्ने अनुमान गर्न थालिएको छ । 

तीमध्ये ३ निर्वाचन क्षेत्रमा एमालेसहितको गठबन्धनलाई असर पार्ने देखिएको छ भने दुई निर्वाचन क्षेत्रमा सत्ताधारी गठबन्धनलाई असर पर्ने देखिन्छ । 


Advertisment

बागी उम्मेदवारले ‘हेभीवेट’ नेतालाई समेत प्रभाव पार्ने अनुमान गर्न थालिएको छ ।  


Advertisment

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनदेखि सुनिल थापा तथा अशोक राईसम्मलाई बागी टाउको दुखाइको विषय बनेका छन् ।

झापा ३ मा लिङ्देनलाई असर 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उम्मेदवारी दिएका एमाले नेता डम्बरबहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् ।

झापा एमाले र राप्रपाको गठबन्धन भएको जिल्ला हो । गिरीले उम्मेदवारी फिर्ता नलिएपछि झापा क्षेत्र नम्बर १ मा समेत असर पर्ने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।

लिङ्देनसँग असन्तुष्ट रहेका दमकका मेयर राम थापा निकटका कार्यकर्ताहरूले ओलीको रणनीतिमै गिरीलाई उठाइएको हुन सक्ने आरोप लगाउन थालेका छन् । 

गिरी उम्मेदवारी दर्ता गराएर मोबाइल अफ गरी भारततर्फ लागेपछि निर्धारित समयमा उम्मेदवारी फिर्ता गराउने प्रयास सफल हुन सकेन ।

गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छाडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने सहमति भएको थियो । 

गिरी एमालेका प्रदेश १ कमिटी सदस्य तथा स्थानीय तह निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेदवार हुन् । राजेन्द्रका भाइ रवीन्द्रसँग गिरी पराजित बनेका थिए । 

झापा क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । गिरीको उम्मेदवारीले सिटौलालाई राहत मिलेको छ । 

सुनसरी– १ मा अशोकलाई तगारो बन्दै मनोज 

सुनसरी क्षेत्र नम्बर १ मा एमाले–जसपा गठबन्धनलाई एमालेबाट बागी उठेका उम्मेदवारले धक्का दिने अनुमान गर्न थालिएको छ ।

एमालेले जसपाका नेता अशोक राईलाई सघाउने निर्णय गरेपछि धरानका पूर्व मेयर समेत रहेका एमालेका नेता मनोज मेयाङ्वोले बागी उम्मेदवारी दर्ता गराएका थिए ।  

भाषणमा धरानलाई वामपन्थीको शहर भन्ने अनि वामपन्थी विचार छाडेका नेताहरूलाई टिकट दिएका कारण आफूले विद्रोह गरेको उनले बताए । उनले खरायो चिह्न पाएका छन् ।

सुनसरी १ बाट जयकुमार राईको नाम सिफारिश गरिएको थियो । एमालेले जसपासँग गठबन्धन गर्दा सो क्षेत्र जसपालाई दिइएपछि एमालेका नेता कार्यकर्ता नेतृत्वप्रति असन्तुष्ट बनेका थिए ।

एमालेको आधार इलाका मानिने धरानमा पार्टी नेतृत्वले गलत व्यक्तिलाई टिकट दिएका कारण गत स्थानीय तहको निर्वाचनमा पनि पराजय भोग्नु परेकाले एमाले जोगाउन आफ्नो उम्मेदवारी भएको समेत उनले बताए ।

उनलाई धरानका जनताले भिजन भएको नेता भन्ने गरेका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मुक्सामहाङ म्याङ्वो चुनावी मैदानमा छन् । मनोजको उम्मेदवारीले अशोकलाई प्रभाव पर्ने देखिएको छ ।

मोरङमा जसपा सशंकित

मोरङ ५ नम्बर क्षेत्रमा एमालेले जसपालाई सघाउने सहमति भएको थियो ।

यस क्षेत्रबाट एमालेको सहयोगमा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । जसपालाई एमालेले सहयोग गरेपछि एमालेका नेता योगेन्द्र मण्डलले पनि उम्मेदवारी दिएका छन् ।

यो जसपाका अध्यक्ष उपेन्द्र यादवको गृह क्षेत्र पनि हो । जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष मण्डल राजनीतिका लागि नयाँ खेलाडी हुन् ।

राजनीतिभन्दा पनि सामाजिक कामले उनलाई चिन्ने गरिन्छ ।

उनले यो क्षेत्रमा उम्मेदवार बन्नकै ५ वर्षदेखि उनले तयारी गरेका थिए । यो क्षेत्रमा एमाले कमजोर मानिन्छ । रंगेली नगरपालिका पनि यही क्षेत्रमा पर्छ ।

गत स्थानीय तहको निर्वाचनमा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले नगर नै एमालेको कब्जामा पुर्‍याएका थिए । त्यसको मुख्य योजनाकारका रूपमा मण्डललाई लिने गरिन्छ ।

मण्डलले नेतृत्व गरेको लघुवित्त संस्थामा ऋण लिएका नगरवासीको ऋण बगडियाले तिरिदिएको चर्चा हुने गरेको छ । मण्डल पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ऋणीको थोरै हुनेको सावा र धेरै हुनेको ब्याज छूट गरिदिने तयारीमा रहेको नेताहरू बताउँछन् । 

शिवकुमार मण्डल नै यसपटक पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन उनी  निर्वाचित भएका थिए  । उनी माओवादी केन्द्रका हुन् ।

यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । मण्डलेको उम्मेदवारीले जसपा सशंकित बनेको छ । मण्डललाई एमालेकै नेताको समर्थनमा उठाइएको चर्चा छ । एमालेले मोरङमा जसपालाई धोका दिएको जसपाकै नेताहरूले बताउन थालेका छन् । 

एमाले–जसपाबीच मोरङको प्रतिनिधि सभाको एउटा क्षेत्र र प्रदेश सभाको तीनवटा क्षेत्र जसपाले लिने सहमति भएको थियो । तर, प्रतिनिधिसभा अन्तर्गत मोरङ– ५ मा बागी उम्मेदवारी दिएका एमालेका योगेन्द्र मण्डलसहित प्रदेश सभाका अन्य दुई जनाको उम्मेदवारी कायमै छ । 

एउटै गठबन्धनबाट दुईवटै दलको उम्मेदवारी कायम रहेपछि मोरङमा एमाले–जसपाबीचको गठबन्धन नै धरापमा पर्ने अनुमान गर्न थालिएको छ । 

मोरङका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ तथा प्रदेशसभाको ४ ‘ख’, ५ ‘ख’, र ६ ‘ख’ जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने दुई पार्टीबीच सहमति भएको थियो ।

तर मनोनयन गर्ने दिन एमालेले मोरङको क्षेत्र नं ४ ‘ख’ मा जीवन घिमिरे र ६ ‘ख’ मा परशुराम बस्नेतलाई टिकट दिएको थियो । दुईवटै क्षेत्रमा एमालेले उम्मेदवारी दिएपछि जसपा थप सशंकित बनेको छ ।

धनकुटामा सुनीललाई संकट 

धनकुटामा बागीका कारण सत्ता गठबन्धनलाई प्रभाव पर्ने अनुमान गर्न थालिएको छ । धनकुटाका हेमराज भण्डारीले माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धन हुँदा धनकुटाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्ने बुझेका भण्डारीले उम्मेदवारी दर्ता हुनु एक हप्ताअगाडि नै माओवादीबाट राजीनामा दिएका थिए । 

उनीसहित प्रदेश कमिटी तथा जिल्ला कमिटीका नेताहरूले संयुक्त राजीनामा दिएका थिए । राजीनामा दिएका केही नेता भने माओवादीमै फर्केका छन् ।

धनकुटामा प्रतिनिधिसभामा एमालेबाट राजेन्द्र राई तथा सत्ता गठबन्धनबाट कांग्रेस नेता सुनिल थापा चुनावी मैदानमा आइसकेका छन् ।

भण्डारीको उम्मेदवारीले आफू जित्नेभन्दा पनि गठबन्धनलाई असर पार्ने गठबन्धनमै रहेका नेताहरू बताउँछन् । भण्डारीले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

भण्डारीको उम्मेदवारीले एमालेका राईलाई राहत पुग्ने अनुमान गरिएको छ ।   

जगन्नाथलाई पनि चुनौती

उदयपुरमा पनि बागीका कारण गठबन्धनलाई असर पर्ने देखिएको छ ।

उदयपुर क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका विरुद्ध रामकुमार राई बागी उठेका छन् । उनी कांग्रेसका क्षेत्रीय सभापति हुन् । 

यसअघिको चुनावमा वाम गठबन्धन हुँदा यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता सुरेश राई निर्वाचित भएका थिए । अहिले यो क्षेत्र नेकपा एसको भागमा परेको छ । 

जनमत कमजोर रहेको नेकपा एसका नेतालाई यो क्षेत्र दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । गठबन्धनमा बागी उम्मेदवारी परेपछि एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीले केही राहत महसूस गरेका छन् ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x