×

NMB BANK
NIC ASIA

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरू हुँदै, कुन–कुन टिम छन् सहभागी ?

असोज ३०, २०७९

NTC
Premier Steels

आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज (आइतवार)बाट अष्ट्रेलियामा शुरू हुँदैछ ।

Muktinath Bank

भिक्टोरियामा आइतवार पहिलो राउण्ड अन्तर्गत समूह 'ए' का दुई खेल हुँदैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा शुरू हुनेछ ।


Advertisment
Nabil box
Kumari

आइतवार नै हुने दोस्रो खेलमा समूह 'ए' का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् ।  जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।

Vianet communication

यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड  खेल्नेछन् । 

पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह 'ए' मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।

दुई समूहका शीर्ष २२ टोली सेमिफाइनलमा पुग्ने छन् ।

सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह 'ए' को बिजेता र पहिलो राउण्ड समूह 'बी' को उपबिजेता रहनेछन् ।

समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बंगलादेश,पहिलो राउण्ड समूह 'बी' को बिजेता र पहिलो राउण्ड समूह 'ए' को उपबिजेता रहने छन् ।

यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x