×

NIC ASIA

रोकथामलाई उपचारभन्दा राम्रो मानिन्छ । किनभने यसले हामीलाई औषधिमार्फत हुने अन्य हानिबाट बचाउँछ ।

Muktinath Bank

रोकथाम कुनै पनि समस्याबाट टाढा रहनका लागि सुरक्षित तरिका हो । यसका लागि हामीले जीवनभर स्वस्थ र अनुशासित जीवनशैली कायम गर्न आवश्यक हुन्छ । जबकि हाम्रो लापरवाहीले हामीलाई औषधि वा अन्य उपचारको प्रयोग गरेर उपचार गर्न त सक्छ तर पनि उपचारले हामीलाई पूर्ण रूपमा निको पार्न भने सक्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोकथामले हामीलाई खतराबाट टाढा र स्वस्थ्य रहन सहयोग गर्छ । ‘उपचारभन्दा रोकथाम उत्तम छ’ भन्ने वाक्यांश सन् १५०० तिर डच दार्शनिक डेसिडेरियस इरास्मसले प्रयोग गरेको मानिन्छ । यसलाई आइन्स्टाइनले बडो मार्मिक ढंगले ‘बुद्धिजीवीहरूले समस्याहरू समाधान गर्छन्, प्रतिभाशालीहरूले तिनीहरूलाई रोक्छन्’ भनेका छन् भने बेन्जामिन फ्र्याङ्कलिन ‘उपचारमा एक पाउन्ड लाग्ने रोगलाई एक पेन्समा रोकथाम गर्न सकिन्छ’ भनेका छन् । यो अब विश्वका प्रायः सबै विकसित देशहरूमा आधुनिक स्वास्थ्य हेरचाहको आधारभूत सिद्धान्त नै भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

हाम्रो शरीर जस्तै समाज वा देशलाई पनि स्वस्थ्य र तन्दुरुस्त राख्न आवश्यक हुन्छ । कुनै नराम्रो काम भइसकेपछि त्यसलाई ठीक पार्नुभन्दा पहिले त्यसलाई रोक्न सजिलो हुन्छ । तसर्थ समस्या समाधान गर्नुभन्दा समस्या नआओस् भन्ने ख्याल गर्नु राम्रो हो तर कतिपय समस्याहरू आकलन गर्न वा रोक्न असम्भव पनि हुन्छन् । त्यसैले त्यस्ता समस्याहरू सामना गर्दै कसरी कम क्षति व्यहोर्न सम्भव होला भन्नेतिर लाग्नुपर्ने हुन्छ ।

Vianet communication

विकसित समाजमा घट्ने घटनाहरू पनि त्यति नै परिस्कृत र गम्भीर प्रकारका हुन्छन् । बालबालिका र महिला सुरक्षाका लागि राज्य र जनस्तरबाट अपनाइने रोकथामका उपायहरू व्यापक र प्रभावकारी हुँदाहुँदै पनि आङ नै जिरिङ्ग हुने खालका धेरै अपराधहरू हुने गर्छन् । सन् २०१६ देखि बेलायतको पब, बार वा अन्य त्यस्तै स्थानहरूमा कसैलाई कुनै खतरा, असुरक्षा वा यौन दुर्व्यवहारबाट सुरक्षित हुनु परेमा ‘आस्क फर एन्जेला’ शब्द प्रयोग गर्न सकिने अभियान शुरू भएको थियो । यो अभियानमा सहभागी व्यवसायमा कसैले ‘एन्जेला’ शब्द प्रयोग गरेमा त्यहाँको कर्मचारीले तुरुन्तै त्यस्तो व्यक्तिलाई सुरक्षा प्रदान गर्न अवस्थाअनुसार अर्को कोठामा लाने, ट्याक्सी बोलाएर घर पठाउने, पीडकलाई स्थान छाड्न सूचना दिने वा प्रहरीलाई खबर गर्नुपर्नेबारे तालिम दिइएको हुन्छ । यो अभियानको नाम ‘एन्जेला क्रम्प्टन’ (जो सन् २०१२ मा घरमा कस्तो रंग लगाउने भन्ने सामान्य विषयमा विवाद हुँदा उनको पतिबाट हत्या भएको थियो) को नामबाट नामकरण गरिएको हो । पछि अमेरिकाले पनि यो अभियानलाई पछ्यायो । त्यहाँ भने अलि फरक र सजिलो प्रयोग गरियो । कसैले ‘एन्जेल शट निट’ भनेमा सम्बन्धित व्यक्तिको कारसम्म पुग्न सहयोग गर्ने, ‘एन्जेल शट विथ आइस’ भनेमा ट्याक्सी बोलाएर पठाउने र ‘एन्जेल शट विथ लाइम’ भनेमा तुरुन्तै प्रहरी बोलाउने गरिन्छ । 

सन् १९८८ मा बेलायतको विगन नजिकै एक युवती हेलेन म्याककोर्टको अपहरणपछि हत्या भएको थियो । अन्य सम्पूर्ण प्रमाणले इयान सिम्सलाई अपराधी प्रमाणित गरे पनि हेलेनको शव भने प्राप्त हुन सकेन । इयानलाई आजन्म कैद फैसला भयो । हेलेनकी आमाले छोरीको हत्याराले कुनै पनि बहानामा कैदमा छुट नपाओस् भनेर एउटा अभियान शुरू गरेकी थिइन् । कसैको हत्या हुनु ठूलो अपराध हो, त्यसमा पनि मारिएको व्यक्तिको लाश कहाँ लुकाइएको थियो नभन्नु झन् ठूलो क्रूरता हो, त्यसैले त्यस्ता अपराधीहरूलाई परोल (सजाय कम गर्ने) कानूनको आधारमा सजाय छुट दिनु हुँदैन । हेलेनकी आमाले तयार पारेको ३ लाख ४३ हजार समर्थकहरू सहितको याचनामाथि संसदमा बहस भई सन् २०१६ अक्टोबर ११ का दिन सबै सांसदहरूको समर्थनमा ‘हेलेन कानून’ पास भएको थियो । यो कानूनले अपराधीहरूलाई आफ्नो कार्यको थोरै भए पनि प्रायश्चित गर्ने मौका मिल्ने र ज्यान गुमाएकाहरूको अवशेषसम्म देख्न पाए परिवारका सदस्यहरूलाई थोरै भए पनि सान्त्वना मिल्ने आशा गरिएको छ ।

सन् २००० जुलाई १ तारेखका दिन आफ्नो बाजेको घरमा खेलेर बसेकी ८ वर्षीया बालिका सारा पेनलाई ४२ वर्षीय रोय ह्वाइटिङले अपहरण गरी बलात्कार पश्चात मारेका थिए । उनलाई पक्राउ गरेको १६ दिनपछि नजिकैको मकै बारीमा बालिकाको लाश फेला पर्‍यो । अभियुक्त ह्वाइटिङले यसअघि पनि ८ वर्षीया बालिकालाई बलात्कार गरेको अपराधमा ४ वर्ष जेल जीवन बिताएर आएका रहेछन् । यो मुद्दामा उनलाई ४० वर्ष कैद सजाय तोकिएको छ । यो घटनापछि बालिकाकी आमाको अनवरत प्रयासपछि ‘सारा कानून’ इंग्ल्याण्ड र वेल्समा ४ अप्रिल २०११ देखि लागू गर्न सफल भइन् । यस कानूनअनुसार इंग्ल्याण्ड र वेल्समा बसोबास गर्ने आमाबुवा, हेरचाहकर्ता वा अभिभावकहरूले उनीहरूको बच्चासँग सम्पर्कमा रहने वा आफू नजिक बसोबास गर्ने व्यक्तिहरूबारे जानकारीका लागि पुलिसलाई औपचारिक रूपमा सोध्न सक्नेछन् । यो कानूनको आधारमा शुरू भएको पहिलो वर्ष नै करीब २०० बालबालिकाहरूलाई सम्भावित दुर्घटनाबाट बचाउन सकेको सरकारले जनाएको थियो । यो कानूनअनुसार बाल यौन अपराधीहरूको  अपराधको प्रकृतिअनुसार विशेष तथ्यांक तयार पारी २ वर्षदेखि जीवनभरसम्म आवश्यकताअनुसार सम्बन्धित पक्षलाई त्यस्तो व्यक्तिबारे जानकारी गराउने काम थालनी भएको हो ।

सन् २०१६ को जुलाई १७ गते एक युवती नतासाको १५ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी आफ्ना बुवासँग निस (इटाली) जान हिथ्रो पुगेकी थिइन् । उडान अगाडि केही खान बेलायतमा नाम चलेको क्याफे पसल ‘प्रेट अ म्यांगर’बाट एउटा बगेट किन्छिन् । उनलाई केही कुरामा एलर्जी भएको कारण ती खानाहरू भए/नभएको सोधनी पनि गरेकी थिइन् तर जवाफमा त्यस्तो केही मिसावट नभएको बताएपछि नखानुपर्ने कारण थिएन । जहाजमा उनलाई गाह्रो हुन्छ र २ वटा एलर्जी विरुद्धको खोप लगाइदिन्छन् तर निस पुग्दासम्म उनको मृत्यु भइसकेको हुन्छ । उनले खाएको बगेटको पिठोमा तोरीको गेडा मिसाइएको र त्यो नै  नताशाको मृत्युको कारण बन्यो । उनका बुवाआमाले अब आइन्दा कसैको पनि यस प्रकारको मृत्यु नहोस् भनि क्याम्पेन चलाउँछन् । अनवरत प्रयासपछि १ अक्टोबर २०२१ मा नताशाको नाममा थप कानून बन्यो । बेलायतभर नै लागू हुने कानूनले गर्दा खानामा एलर्जी हुनेहरूका लागि थप सुरक्षा भएको छ । यो कानून बनेपछि सबै खाना वा पेय पदार्थमा एलर्जीहरू बोल्ड अक्षरमा हाइलाइट गरिएको प्याकमा अनिवार्य लेखिनुपर्ने भएको छ ।

१४ जुन २०१७ मा केन्सिङ्टन, लन्डनमा रहेको अग्लो ग्रेनफेल टावरमा धेरै घण्टासम्म आगलागी हुँदा ७२ जनाको ज्यान गयो भने सयौं व्यक्ति घाइते भए । यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आवासीय तथा ३० वर्षपछिको सबैभन्दा ठूलो आगलागी थियो । ग्रेनफेल टावरको आगलागी र त्यसको परिणामले सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक सरोकारको व्यापक चिन्ता बढाएको छ । यससँग सम्बन्धित धेरै पक्षसँगको प्रत्यक्ष्य सम्पर्कपछि बेलायती भवन निर्माण कानूनमा नै व्यापक परिमार्जन भयो । सरकारले आफ्नो ‘सुरक्षित भविष्यको निर्माण’ नीति शुरू गरेको छ, जुन भवन नियमन र अग्नि सुरक्षामा व्यापक सतर्कता अपनाउन आवश्यक हुन्छ । अब आइन्दा १८ मिटरभन्दा अग्लो भवन विद्यालय, कलेज, छात्रावास, अफिसमा प्रयोग गर्ने सामग्रीहरू अग्नि निरोधक हुनुपर्ने भयो । उक्त भवनमा बढी क्षति हुनुको मुख्य कारण त्यहाँ प्रयोग गरिएको प्लास्टिक क्ल्यडिङ भएकाले देशैंभरका अग्ला घरहरूबाट त्यस्तो सामग्री हटाउन झण्डै ५ बिलियन पाउन्ड खर्च लागेको थियो । 

विश्वका सबै विकसित देशहरूले आफ्ना देशका नागरिकलाई विभिन्न क्षेत्रमा स्वास्थ्य र सुरक्षित राख्न आफ्नो बजेटको ठूलो हिस्सा छुट्याएका हुन्छन् । उदाहरणका लागि बेलायत सरकारले सन् २०२१/२२ को बजेटमा आगलागी सुरक्षा सेवाहरूमा ३.१५ बिलियन पाउन्ड (झण्डै ४ खर्ब ६४ अर्ब नेपाली) सार्वजनिक खर्च उल्लेख गरेको छ । यो अन्य व्यापार व्यवसाय वा व्यक्तिगत रूपमा गरिने खर्च बाहेकको हो भने यो खर्च झन् धेरै हुने देखिन्छ । यतिधेरै रोकथाम गर्दा पनि सन् २०१९/२० मा बेलायतमा आगलागीबाट मृत्यु हुनेहरूको संख्या ३११ थियो । यो संख्या ८० को दशकपछि सबैभन्दा धेरै सन् १९८५/८६ मा ९६७ थियो । सन् २०१८/१९ मा बेलायतमा कार्यस्थलमा भएको दुर्घटना र अस्वस्थताका कारण १६.२ बिलियन पाउन्ड (१७ खर्ब) खर्च भएको थियो । खराब स्वास्थ्यका कारण कूल खर्चको लगभग ६६% (१०.६ बिलियन) र चोट पटकका कारण कूल लागतको लगभग ३४% (५.६ बिलियन) खर्च भएको थियो । सन् २०१९/२० मा बेलायतमा काम गर्ने क्रममा कूल १११ कामदारको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ ले कम हो । यो संख्या अन्य वर्षको तुलनामा कम देखिन्छ ।

सन् २०१८ मा मात्र स्वास्थ्य सेवामा २१४.४  बिलियन पाउन्ड (झण्डै ३२ खर्ब) खर्च भएको थियो, जुन प्रतिव्यक्ति ३ हजार २२७ पाउन्ड अर्थात् झण्डै ५ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

सबै क्षेत्रमा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै विभिन्न रोकथामका अनिवार्य कानून निर्माण गरिएका हुन्छन् । सबै विषयको पूर्व अनुमान गर्न नसकिने हुँदा कुनै घटना घटिसकेपछि देखिएका कमी–कमजोरीहरूलाई दोहोरिन नदिन थप कानूनहरूको व्यवस्था गर्ने गरिन्छ । कानूनलाई सबैले पालना गर्नु अनिवार्य हुन्छ भनेर मात्रै पुग्दैन । तसर्थ जसले जुन क्षेत्रमा काम गर्ने हो त्यस सम्बन्धी सम्पूर्ण जानकारीहरू प्रदान गर्ने र तोकिएका निश्चित विषयगत तालिमसहित प्रमाणपत्र लिनु अनिवार्य हुन्छ । एक पटक लिएको तालिम वा जानकारी समयअनुसार थपिँदै गरेका कानूनहरूबारे पनि जानकारी लिनुपर्ने हुँदा त्यस्तो प्रमाण पत्रहरू कहिलेसम्म मान्य हुन्छ भन्ने किटानी गरिएका हुन्छन् । थप तालिमसहित प्रमाणपत्र नवीकरण गर्ने गरिन्छ । समाज विकासको क्रमसँगै यो प्रक्रिया चलिरहने नै छ । 

(लामो समयदेखि बेलायतमा बसोबास गर्दै विविध विषयमा कलम चलाउँदै आएका लेखक नेपालका अधिवक्ता हुन् ।) 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x